ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रहरी महानिरीक्षक भन्छन् : रवि लामिछानेबारे सांकेतिक उजुरी आएको छ, कुनै तथ्य प्रमाण छैन


एबीसी न्यूज
चैत्र १४, २०८० बुधबार  २ : ४४ बजे

काठमाडौं १४ चैत । सहकारी ठगीको विषयमा पोखरामा ठाडो उजुरी आएको तर तथ्य र प्रमाण नभएको नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवरले बताएका छन् ।

राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा महानिरीक्षक कुँवरले पोखरामा ठाडो उजुरीमा रवि लामिछानेको नाम पनि रहेको तर तथ्य र प्रमाण नरहेको स्पष्ट पारे ।

सहकारी समस्या पछिल्लो समय व्यापक रूपमा आइरहेको र सहकारी विभागको सिफारिसमा मुद्दा चलाइरहेको भनेपछि महानिरीक्षक कुँवरले पोखरामा रवि लामिछानेको विरुद्धमा ठाडो उजुरी आएको बताएका हुन् । ठाडो उजुरीमा नाम रहेकाहरू कानुनी दायरामा पर्ने अवस्था नरहेको पनि कुँवरले बताए । ुठाडो उजुरीको रूपमा कानुनी दायरमा पार्ने अवस्था छैन । सांकेतिक रूपमा आएको छ, रवि लामिछानेको नाममा त्यसमा कुनै तथ्य, प्रमाण आएको छैन,ु महानिरीक्षक कुँवरले भने ।

ठाडो उजुरीमा तथ्य नआएको महानिरीक्षक कुँवरले दोहोर्‍याएका थिए । महानिरीक्षक कुँवरले सहकारीको समस्या व्यापक भएको पनि बताए । सहकारीका कारण कतिपयको आर्थिक अवस्थामा समस्या आएको उनले बताए । सहकारी समस्या समाधान गर्नका लागि माथिल्लो तहबाट नै नीतिगत रूपमा विभिन्न काम भएको बताए ।

पोखराको सूर्यदर्शन सहकारीका सञ्चालक जीबी राईलाई पक्राउ गर्न प्रयत्न भए पनि सफल हुन नसकेको कुँवरले बताए । उनले जीबी राई मलेसियामा रहेको र उक्त देशसँग सुपुर्दर्गी सन्धि नभएकाले ल्याउन समस्या भइरहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दुई तिहाइबाट दुई सिट टाढा रास्वपा, नयाँ संसद्को अंकगणित यस्तो

समानुपातिक एक करोडभन्दा बढी मत गणना, छ दलले मात्रै कटाए ‘थ्रेसहोल्ड’ (तालिका)

सम्बन्धित

दुई तिहाइबाट दुई सिट टाढा रास्वपा, नयाँ संसद्को अंकगणित यस्तो

लामिछानेविरुद्धको अभियोग फिर्ताविरुद्धको रिट पूर्ण इजलासमा पठाउने आदेश

समानुपातिक एक करोडभन्दा बढी मत गणना, छ दलले मात्रै कटाए ‘थ्रेसहोल्ड’ (तालिका)

धरानमा पार्किङ गरिएका ६ बसमा आगलागी, ३ जलेर नष्ट

इरानको परमाणु भण्डार कब्जा गर्ने सैन्य कारबाहीको तयारीमा अमेरिका !

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना: कसको कति मत?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com