ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आयरल्यान्ड ‘ए’ लाई नेपालले दियो १९९ रनको चुनौती


एबीसी न्यूज

काठमाडौं १३ चैत । नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी–२० आई खेलमा आयरल्याण्ड वुल्भ्सको ए टोली सामु जितका लागि १ सय ९९ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ९८ रनको योगफल तयार पारेको हो।

चौथो विकेटका लागि गुल्सन झा र कप्तान रोहित पौडेलले ७१ रनको साझेदारी गरेपछि नेपालले विशाल योगफलको आधार खडा गरेको थियो।

 

३२ बलमा १ चौका र ४ छक्का प्रहार गरेका गुल्सन ४६ रन बनाउँदा वेन ह्वाइटको बलमा कप्तान निल रकको हातबाट क्याच आउट हुन पुगे।

त्यसअघि ओपनर आशिफ शेख ११ रन बनाउँदा म्याथु फोस्टरको बलमा क्याच आउट भए। अर्का ओपनर कुशल भुर्तेल २५ रन बनाउँदा क्याच आउट नै भए। कुशलले १६ बलमा २ चौका र २ छक्का प्रहार गर्दा फोस्टरको बलमा नै आउट हुन पुगे।

अनिल शाह १२ रन बनाउँदा पेभेलियन फर्के। कप्तान रोहित पौडेल ३३ रन बनाउँदा आउट हुन पुगे। उनले २४ बलमा ५ चौका हाने।

विष्फोटक ब्याटिङ गर्दै १३ बलमा १ चौका र ४ छक्का प्रहार गरेका कुशल मल्ल ३४ रन बनाउँदा क्याच आउट नै हुन पुगे।

सन्दीप जोरा २१ रनमा क्याच आउट भए। विवेक यादव ७ रनमा अविजित रहे।

लामो सट खेल्ने धुनमा रहँदा आयरल्याण्डविरुद्ध नेपालका ७ ब्याटर क्याच आउट भए।

आयरल्याण्डका लागि म्याथु फोस्टर र बेन ह्वाइटले समान २ विकेट लिए। फियोन हान्ड र गाभिन होइले समान एक विकेट आफ्नो नाममा गरे।

पाहुना टोली आयरल्याण्डले घरेलु टोलीविरुद्ध केहीबेरमा जवाफि ब्याटिङ गर्नेछ।

पहिलो खेलमा आयरल्याण्डलाई ६ विकेटले हराएको नेपाल लगातार दोस्रो खेलमा जित निकाल्दै सिरिज आफ्नो पक्षमा पार्न चाहान्छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

सम्बन्धित

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com