ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

केजरीवाल पक्राउबारे प्रतिपक्षी दल- मोदीले लोकतन्त्र मृत बनाउन खोजे


एबीसी न्यूज

काठमाडौं ९ चैत । लोकसभा निर्वाचनको सम्मुखमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीपछि भारतमा प्रतिपक्षी दलहरूमाझ आक्रोश पैदा भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले विपक्षीलाई निषेध गर्न खोजेर लोकतन्त्रलाई मृततुल्य बनाउन खोजेको भन्दै प्रतिपक्षी दलहरू आक्रोशित भएका हुन् ।

वित्तीय अपराध सम्बन्धमा अनुसन्धानका लागि भन्दै केजरीवाललाई बिहीबार साँझ पक्राउ गरिएको थियो । यो पक्राउको चर्को विरोधसँगै प्रतिपक्षी दलहरूले प्रधानमन्त्री मोदीविरुद्ध संघर्ष सुरु गर्नेसम्म बताएका छन् ।

बिहीबार बिहान मात्रै प्रमुख प्रतिपक्षी कंग्रेसले लोकसभाको सम्मुखमा आफ्नो दलको खाता सरकारले बन्द गरिदिएको बताएको थियो । प्रतिपक्षीहरूमाथि निरन्तर प्रहारको आरोप खेपिरहेको भाजपा सरकारले बिहीबार साँझै केजरीवाललाई गिरफ्तार गर्‍यो ।

केजरीवालको गिरफ्तारीपछि दिल्लीमा अप्रत्यासित संवैधानिक संकटसमेत निम्तिएको छ । बहालवाला मुख्यमन्त्री गिरफ्तार भएसँगै त्यहाँ संवैधानिक संकट निम्तिएको हो । आम आदमी पार्टीले भनेको छ–‘हामी सरकार छोड्ने छैनौं बरु जेलबाटै सरकार चलाउने छौं ।’

भारतीय प्रवर्द्धन निर्देशनालय ईडीले मदिरा नीति कार्यान्वयन सम्बन्धमा घोटाला गरेको भन्दै सन् २०२२ देखि केजरीवालमाथि अनुसन्धान गरिरहेको थियो । आर्थिक घोटाला गर्दै निजी बिक्रेताहरूलाई लाभ हुनेगरी नीति बनाएको सम्बन्धमा उनीमाथि अनुसन्धान भइरहेको थियो ।

गिरफ्तारअघि ईडीले केजरीवाललाई बयानका निम्ति ९ पटक बोलाएको थियो । मुख्यमन्त्री रहेका केजरीवालले बयानमा जान अस्वीकार गरेका थिए । उनीसँगै आम आदमीका उच्चपदस्थ नेतृत्व जेल पुगेका छन् । त्यसमा पूर्वउपमुख्यमन्त्री मनीष सिसोडिया र पूर्वमन्त्रीद्वय सत्यन्द्र जैन र सन्जय सिंह रहेका छन् । उच्च नेताहरूको गिरफ्तारीसँगै दिल्ली र पन्जाबमा नेतृत्व गरिरहेको दल संकटमा परेको छ ।

आम आदमी पार्टीले सरकारले राजनीतिक प्रतिशोधका आधारमा आफ्ना नेताहरू गिरफ्तार गरेको बताएको छ । ‘प्रधानमन्त्रीको मनमा जे लाग्छ, त्यही गर्छन् । यो सरकारले दुई जना मुख्यमन्त्रीलाई गिरफ्तार गरेको छ । अरु मुख्यमन्त्री पनि गिरफ्तार हुनसक्छन्’, दिल्लीका स्वास्थ्यमन्त्री सौरभ भारद्वाजले वक्तव्यमा भनेका छन् ।

गत महिना मोदी सरकारले झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनलाई गिरफ्तार गरेको थियो । झारखण्ड मुक्ति मोर्चा पनि भाजपा विरोधी गठबन्धनमा आबद्ध रहेको दल हो । लोकसभा निर्वाचनको सम्मुखमा प्रतिपक्षी पार्टी र नेताहरूमाथिको दमन भाजपाकै लागि जोखिम हुनसक्ने कतिपय विश्लेषकले तर्क गरेका छन् । यो कदमपछि प्रतिपक्षी दलहरू थप सशक्त र एकजुट हुने उनीहरूको आकलन छ ।

केजरीवाल पक्राउविरुद्ध प्रदर्शनमा उत्रिएका ३४ वर्षीय देवेन्द्र सिंहले मोदी सरकारले ज्यादती गरेको बताएका छन् । ‘भारतीय लोकतन्त्रको कुरुप प्रदर्शन योभन्दा अरु हुन सक्दैन । बहालवाला मुख्यमन्त्रीलाई यातना दिंदै मोदीले कस्तो प्रतिशोध लिन लागेका हुन् रु’ उनको प्रश्न छ ।

केजरीवालले सन् २०११ मा आम आदमी गठन गरेका थिए । केजरीवाल स्वयम् भ्रष्टाचार विरोधी अभियानमा सक्रिय भएर आएका पात्र हुन् । ७० सिटको राज्य सभामा आम आदमी सन् २०१५ मा ६७ र सन् २०२० मा ६२ सिट जितेको थियो ।

सन् २०१९ को लोकसभामा दिल्लीबाट आम आदमी कुनै सिट भने जित्न सकेन । अहिले केजरीवालको लोकप्रियताप्रति मोदी सरकार डराएको टिप्पणी हुन थालेको छ । यसले भाजापलाई नै घाटा हुने राजनीतिक विश्लेषक असिम अलीले अलजजिरासँग भनेका छन्– ‘मोदी सरकारले अहंकारी मात्रै नभएर अधिनायकवादी शैली अपनायो । यसले भाजपालाई नै घाटा छ । अब लोकसभामा या त आम आदमीप्रति सद्भावको मत आउँछ वा भाजपाप्रति आक्रोश व्यक्त गर्न कंग्रेसमा मतदान बढ्ने सम्भावना छ ।’

गिरफ्तारीको सर्वत्र विरोध
केजरीवालको गिरफ्तारीलाई अन्तर्राष्ट्रिय मानवअधिकारवादी संघसंस्थादेखि प्रतिपक्षी दलहरूले समेत चर्को विरोध गरेका छन् । एम्नेस्टी इन्टरनेशनल इण्डियाले विज्ञप्ति मार्फत भनेको छ– ‘सरकारले कानुनी छिद्रहरूलाई प्रतिपक्षी र विरोधीहरूमाथि ज्यादतीको सहारा बनाएको छ । कानुनको पालना अन्य व्यक्तिको अधिकारको सम्मान गरेर गरिनुपर्छ ।’

सन् २०१४ मा नरेन्द्र मोदी सत्तामा आएसँगै केन्द्रीय अनुसन्धान निकाय र ईडीले ९५ प्रतिशतभन्दा बढी मुद्दा प्रतिपक्षी दलसँग सम्बन्धित विषयका हेरेका छन् ।

कडा जवाफ दिने प्रतिपक्षी गठबन्धनको चेतावनी

केजरीवालको गिरफ्तारीको कडा उत्तर दिने चेतावनी प्रतिपक्षी दलहरूले दिएका छन् । केजरीवाल पक्राउको विरोधमा प्रमुख प्रतिपक्षी भारतीय कंग्रेसका नेता राहुल गान्धीले भनेका छन् –‘साधु तानाशाहले भारतीय लोकतन्त्रलाई मृत बनाउन खोजेका छन् ।’

तृणमूल कंग्रेसले पनि केजरीवाल पक्राउको विरोध गरेको छ । ‘बहालवाला मुख्यमन्त्री र प्रभावशाली प्रतिपक्षी नेताहरूलाई गिरफ्तार गरेर कसरी निष्पक्ष चुनाव हुनसक्छ रु’ तृणमूल कंग्रेसका नेता देरेक ओ ब्राइनले भनेका छन् ।

तामिलनाडुका मुख्यमन्त्री एमके स्टलिनले मोदी फासीवादतर्फ उन्मुख भएको बताएका छन् । यस्तै केरलाका मुख्यमन्त्री पिनरयी विजयनले भनेका छन्– ‘निर्वाचनअघि प्रतिपक्षी दलहरूमाथिको निशाना ज्यादतीपूर्ण छ ।’

उत्तरप्रदेशका पूर्वमुख्यमन्त्री अखिलेश यादवले यो गिरफ्तारीले मोदी सरकारविरुद्ध नयाँ संघर्ष सुरु गर्ने बताएका छन् । ‘प्रतिपक्षी नेतालाई जेल हालेर वा दमन गरेर आफू शक्तिशाली बन्न खोज्ने प्रपञ्च विरुद्ध भारतमा नयाँ संघर्ष सुरु हुनेछ’, उनले भनेका छन् ।

प्रारम्भिक सर्वेक्षणहरूले ५४३ सिटमा हुन गइरहेको निर्वाचनमा भाजपाले सहज जित निकाल्ने देखाइरहेका छन् । भाजपाले ४०० सिट ल्याउने लक्ष्य राखेको छ । केजरीवालको गिरफ्तारी र प्रतिपक्षी विरुद्धको ज्यादती यही लक्ष्य हासिलका निम्ति भएको आरोप आम आदमी पार्टीले लगाएको छ । ‘उनीहरूले केजरीवाललाई गिरफ्तार गर्न सफल भए तर आम आदमीको सिद्धान्तलाई उनीहरूले हरण गर्न सक्दैनन्’, त्यस दलले भनेको छ ।

यता भाजपाले केजरीवालको गिरफ्तारी जायज भएको बताएको छ । भाजपाका प्रवक्ता साम्बित पत्राले भनेका छन्– ‘अरविन्द केजरीवाल व्यक्ति होइनन्, विचार हुन् । खराब विचारले समाजको हानि गर्छ । यो गिरफ्तारी जायज छ । घोटालालाई माफी दिन सकिंदैन ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com