ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनले २०२७ सम्म ताइवान आक्रमण गर्ने शक्ति बटुल्दैछ: अमेरिका


एबीसी न्यूज

एजेन्सी/ अमेरिकी सेनाका एक कमान्डरले चीनले २०२७ मा ताइवानमाथि आक्रमण गर्ने क्षमता हासिल गर्नेगरी तयारी गरिरहेको बताएका छन्। अमेरिकी संसदको आर्म्ड सर्भिस कमिटीमा बयान दिँदै इन्डो प्यासिफिक कमान्डका कमान्डर एड्मिरल जोन अकिलिनोले बुधबार यस्तो बताएका हुन्।

चीनको रक्षा बजेट बढेर २२३ अर्ब डलर पुग्नु र दोस्रो विश्वयुद्ध समाप्तिपछि कहिल्यै नदेखिएको गतिमा उसले सेना र आणविक हतियार निर्माण गर्नुले त्यही देखिएको उनको भनाइ छ।आफूले अमेरिकी सेनाको इन्डो–प्यासिफिक कमान्ड सम्हालेको तीन वर्षमा चिनियाँ जनमुक्ति सेनाले ४ सय वटाभन्दा बढी लडाकु विमान र २० वटाभन्दा बढी ठूला युद्धपोत थपेको उनको भनाइ छ। त्यस्तै, चीनले २०२० यता ब्यालिस्टिक र क्रुज क्षेप्यास्त्रको संख्या पनि दोब्बर पारेको अकिलिनोले बताए।

‘सबै संकेतहरुले के देखाउँछन् भने राष्ट्रपति सी चिनफिङको निर्देशनमुताबिक पीएलए २०२७ सम्म ताइवान आक्रमणका लागि तयार हुँदैछ,’ उनले भने, ‘आदेश आए ताइवानलाई मुख्यभूमिसँग बलपूर्वक एकीकरण गर्ने क्षमता त्यो अवधिमा हासिल गर्न तयार हुँदै गरेको पीएलएका गतिविधिले देखाउँछन्।’

ताइवानमाथि आक्रमणको सैन्य अभ्यास पनि चिनियाँ सेनाले गरिरहेको उनको भनाइ छ। राष्ट्रपति सीले २०२७ सम्ममा चिनियाँ सेना ‘उत्तम सेना’ बनाउने लक्ष्य राखेका थिए। यसलाई लिएर अमेरिकी सांसद, सरकारी अधिकारी र सैन्य कमान्डरहरुले अनेक आकलन गर्दै आएका छन्। चीनले २०२७ मा ताइवान कब्जा गर्नसक्ने अड्कल पनि गरिँदै आएको छ। अकिलिनोले एक वर्षअघि त्यो अड्कल मात्र भएको बताएका थिए। तर, चीनले ताइवानसँग सैन्य द्वन्द्व नचाहेको अमेरिकी गुप्तचर निकायको निष्कर्ष छ।

ब्लुमबर्ग

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com