ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओली र प्रचण्डबीच षडयन्त्र र छलकपट देख्ने आंखामा प्रेम छचल्कियो


ABC NEWS

काठमाडौं, ७फागुन । एमाले र माओवादी बीचको एकता टुंग्याउन बसेको गत बुधबारका असफल मानभवन बैठकबाट बाहिरिंदै गर्दा पुष्पकमल दाहाल प्रचण्ड भन्दै थिए ‘ सांच्चिकै हामी त धेरै सोझा रहेछौं कि क्या हो ? उनीहरु कतै चलाखी धुत्यार्यंईको तिकडममा त छैनन् भन्ने पो देखियो त ।’ ठीक त्यसैगरी बैठकबाट एउटै संसदीय दल बनाएर संसदमा बहुमतप्राप्त दलको नेताका रुपमा भोलिपल्ट शितल निवास जाने आशामा रहका ओलीले पनि झण्डै पहिले आफूले प्रधानमन्त्री पदबाट बाहिरिंदा व्यक्त गरेकै शव्द उच्चारण गर्न पुगेका थिए । उलने भने ‘साथीले कुरा बुझ्नु भएन । यताका पनि त्यस्तै छन् । साह्रै कमलो मन तुन्दैछु ।’
यसबाट बाहिर दुई पार्टीबीच ९५ प्रतिशत कुरा मिलेको बामदेव गौतमले प्रतिक्रिया दिएका थिए । गौतमको भनाईलाई सोही बैठकका सहभागी एक एमाले नेता भन्दै थिए बामदेव शुरबीरले के बुझेर त्यसो भने कुन्नि ? बास्तवमै मन अमिलो बनाएर निस्केको उनीहरुको भाव मात्र होइन भोलिपल्ट विहान प्रचण्डले आफ्नो हेडक्वाटर भनिने बैठकमा गरेको व्रिफिंगले एकता टुट्नै लागेको धेरैले बुझे । माओवादी कार्यकर्ता र सोसलमिडियाका जवानहरुले एमालेको सत्तोसराप र आफ्नो नेतृत्वले गल्ती गरेको रोदनको विस्कुन छरिरहेका थिए । त्यही बेला फेरि प्रचण्ड एमाले संसदीय दल पुगेर सबै कुरा मिलिहाल्छ । अहिले सरकार बनाउने काम रोक्नु हुन्न भन्दै सहमति दिएर उनी सिन्धुली हानिए । प्रचण्ड सिन्धुली पुगेर विहान आफ्ना निकटस्थ नेताहरुलाई बताएको कुनै कुरा बोलेनन् । एकताका प्रति नै दृढता दोहराए ।
तर ओलीको सपथ ग्रहण समारोहमा राष्टपतिको टेवलनेर झुम्मिएका प्रचण्ड सहितका माओवादी नेताहरुको अनुहारमा कुनै चमक थिएन । सबै खिसिक्क परेका थिए ।
त्यो बीचमा एकताका लागि जे गर्नु पर्ने हो त्यो काम धेरैतिरबाट भइरहको थियो । भोलिपल्ट विहानको छलफलमा फेरि दुवै जनाले समीक्षा गरे । नेपालमा ओली र प्रचण्डको माथि कोही छ भन्दा कसैलाई अचम्म लाग्ला । तर उनीहरुको पनि माथि कोही थियो र त्यहांबाट पनि एकताबाट दायांवायां नगर्न चेतावनी बढेपछि आइतबार दुवैको मन कालो चामलको भातसंगै प्रफुल्ल बन्न पुग्यो । कुरा त उही थियो । केवल मन तुन्ने र चित्त बुझाउने भाव चाहिएको थियो । एकता प्रक्रियाको बीचमा ओलीले सबैभन्दा ठूलो योगदान के गरेका छन् भने उनी बाहिर फिटिक्कै बोलेका छैनन् । यदि ओलीले पनि प्रचण्डकै जस्तो गरेर राम्रै नियत र मन बनाएर भएपनि बोलेको भए एकताको डोरी धेरै चांडो चुंडिने निश्चित थियो । किन कि ओलीको बोलीमा उत्पन्न हुने प्रवाह र प्रयोग हुने उपमा र सन्दर्भलाई जसरी पनि अथ्र्याउन मिल्छ । उता प्रचण्डका हिम्मतिला सेनाहरु ओलीको कुनै गोली जस्तो बोली फेला पार्न पाए एकताको डोरी हुर्याउन पाइने थियो भन्ने प्रतिक्षामा बसिरहेकै थिए ।

आइतबारको दुई नेताबीचको छलफलमा पनि मानभवन बैठकका बेला लिपिबद्ध गरिएका कुरा भएका छन् । दुवै पार्टीका ‘मार्गनिर्देशक सिद्धान्त’ लाई एकताको महाधिवेशनमार्फत छिनोफानो लगाउने गरी एमाले माओवादीले पार्टी एकतालाई अन्तिम रूप दिने पूर्व सहमतिमा नै बखेडा नझिक्न सहमत भएका छन्।

एकीकृत पार्टीको दुई अध्यक्ष केपी ओली र प्रचण्ड ले संयुक्त नेतृत्व गर्ने, दुई पार्टीबीच एकीकृत पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद लेनिनवाद मान्ने सहमति भएको छ ।

प्रधानमन्त्रीको निजी निवास बालकोटमै शनिबार छलफल गरेका दुई अध्यक्षले आइतबार भने झापाका विवादित मेडिकल कलेजका व्यापारी दुर्गा प्रसाईंको भक्तपुर सानोठिमीस्थित निवासमा पाँच घण्टासम्म ‘लन्च मिटिङ’ गरे । देशका प्रमुख नेताहरुले विभिन्न स्वार्थ बोकेका व्यवसायीको घरमा बैठक गरिने कुरा प्रति तिव्र विरोध र प्रतिक्रिया देखिएका छन् । यो नेपालको लपस्तरो राजनीतिक संस्कृतिका भद्धा प्रहसन नै हो ।
त्यस्तो बेलामा अझ विडम्वना के हुने गरेको छ भने त्यसरी नेताहरु आफ्नो निवासमा आइदिंदा वा विचौलियाहरुले ओली र प्रचण्डलाई भेटेका बेला तिनै दलका मझौला तहका सांसदहरुलाई ‘आइ एम विथ ओली’, ‘आइ एम टकिंग विथ प्रचण्ड’ भनेर एसएमएस गर्दै आफ्नो पावरको ध्वांस दिन्छन् । यस्तो तरिका बदल्नै पर्दछ ।

एकताका क्रममा विवादमा आएको जनताको बहुदलीय जनवाद (जबज) र एक्काइसौं शताब्दीको जनवादका विषयलाई छलफलमा लगेर अब एकताको महाधिवेशनबाट अन्तिम छिनोफानो लगाउने विषयमा दुई अध्यक्षबीच सहमति जुटेको छ ।

शान्तिपूर्ण प्रतिस्पर्धात्मक बाटोबाट सामाजिक आर्थिक विकासको लक्ष्य राखी समाजवादको आधार तयार पार्ने गरी एकीकृत पार्टीको कार्यदिशा निर्माण गर्नेमा दुई अध्यक्षबीच यस अघि नै सहमति भैसकेको छ ।

स्रोतका अनुसार एकीकृत पार्टीको राजनीतिक दस्ताबेज निर्माणकै क्रममा अब एक(अर्काको विगतको इतिहासको सम्मान गर्दै दस्ताबेजीकरण गर्ने र नमिलेको विषयमा टिपोट बनाई महाधिवेशनमा लगेर टुंग्याउने विषयमा पनि सहमति जुटेको छ । यो कामका लागि राजनीतिक तथा सांगठनिक कार्यदल बनाएर माहाधिवेशनसम्मै काम गराउने तयारी रहेको छ ।

एमाले उपाध्यक्ष वामदेव गौतमले दुई पार्टी एक भइसकेको भन्दै अब एकताको ‘ता’ मात्रै बाँकी रहेको बताए। आइतबारको ठिमी बैठकपछि एमाले दलको कार्यालय सिंहदरबारमा पुगेका ओली(दाहाललाई आफू नेतृत्वको कार्यदलको प्रतिवेदन बुझाएपछि सञ्चारकर्मीसँग गौतमले आज(भोलितिरै एकता प्रक्रिया टुंगिने प्रतिक्रिया दिएका थिए।

‘दुई पार्टी अब एक भइसक्यो, एकताको ‘ता’ मात्र बाँकी छ, आज भोलितिरै टुंगिन्छ’, ।
दुई अध्यक्षबीच एकीकृत पार्टीलाई दुई अध्यक्षात्मक प्रणालीमा लगेर संयुक्त नेतृत्व गर्ने, पदाधिकारी दुई जना मात्र रहने, बैठकको अध्यक्षता आलोपालो गर्ने र पदीय मर्यादा पनि अध्यक्षता गर्ने को पहिलो नम्बरमा हुने गरी मिलाउने, ११ सदस्यीय स्थायी समिति बनाउने, दुई अंकसम्मको केन्द्रीय समिति बनाउने, दुई वर्षभित्रै एकताको महाधिवेशन गर्ने विषयमा सहमति गर्दै थप स्पष्ट गरिएको बताइएको छ ।

आइतबारको छलफलपछि प्रचण्डले भनेका थिए बसेर कुरा गर्दा त केही समस्या नै छैन । एकदमै ठिक छ । शायद प्रचण्डले यस्तै भएर हुनसक्छ कुरा मिल्यो भन्ने नटुंगिने गरेका कारण शनिबार ओलीसंगको भेट लगत्तै महोत्तरी पुगेर एकता भांड्न षडयन्त्र भइरहेको बताएका थिए । प्रचण्डको अभिव्यक्तिले दुई पार्टी बीचको एकता भांड्ने बाह्य शक्तिलाई अब त्यस्तो हर्कत नर्गन अपिल गरेको बुझिएको छ ।
सम्भवत आज एकताको ठोस प्रारुप घोषणा हुन कसैले नरोक्ने बताइएको छ । गत बुधबार नै इतिहासमा पहिलो पटक माधव नेपाल सबैभन्दा बढ्ता बहुदलीय जनवादी बनिदिंदा त्यो रातको योजना तुहिएको एमाले नेताहरुले नै बताइरहेका छन् । माधव नेपालहरु पार्र्टीभित्र पछिल्लो समय घनश्याम भुसालको रोमान्टिक जनवादको कार्यदिशामा रमाइलो मानिरहेका थिए । तर एकता निश्कर्षमा पुर्याउने अन्तिम भनिएको बैठकमा नेपाल जबज विना स्वर्गको ढोका बन्द हुने तहमा पुग्दा एकता अवरुद्ध भएपनि भोलिपल्ट नेपालले पनि ओलीकै गाडी शेयर गर्ने अबसर पाए । उपाहारमा ओलीले सर्ललक्कै विराटनगरको मेयरमा टिकट दिन आनाकानी गरेको आरोप खेपेका व्यक्ति लाल बाबु पण्डितलाई मन्त्री बनाउन राजी भए । पण्डित मन्त्री भएर नराम्रो केही भएको छैन तर नेपाल समूहकै यस्तै यू टर्नले योगेश भट्टराईको मन्त्री बन्ने बाटो छेक्यो भने एमालेजनहरुमा निराशा छाउंछ कि ?
स्रोतका अनुसार आज बस्ने एकता संयोजन समितिको बैठकले निश्कर्ष निकाल्ने दावी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

‘राजनीतिक कुलत’बारेको सैद्धान्तिक दृष्टिकोण

पार्टी चलाउन युवा पुस्ताको ढंग भएन, पुरानाका उछलकुद रहस्यमय छ : डा रिजाल(भिडियो वार्ता)

जेन–जी पुस्ताको आक्रोश निरन्तर चल्ने आँधी हो

जेनजी पुस्ता के चाहन्छ ? दुनियाभरको अनुभवले के भन्छ ?

के हो चिनिया सुरक्षा अवधारणा, किन समर्थन गरे ओलीले ?

सीसँग गुनासोको जबाफमा चिसो मौनता, सुरक्षाको चर्को झट्का !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com