ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी स्टिल कम्पनी निप्पोनलाई बिक्री गर्ने पक्षमा नरहेको राष्ट्रपति बाइडेनको भनाइ


एबीसी न्यूज

काठमाडौं २ चैत । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी स्टिल कम्पनीलाई जापानको निप्पोन स्टिललाई बिक्री गर्ने प्रस्तावको विपक्षमा आफू रहेको बताउनुभएको छ ।

जापानका प्रधानमन्त्री फुमियो किशिदालाई ह्वाइट हाउसको राजकीय भ्रमणका लागि स्वागत गर्नुभन्दा एक महिना पहिले राष्ट्रपति बाइडेनले १४ अर्ब १० करोड अमेरिकी डलरको अधिग्रहणसम्बन्धी प्रस्तावमा विमत रहेको बताउनुभएको हो ।

यसको अर्थ राष्ट्रपति बाइडेनको नजर नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्पविरुद्ध केन्द्रित देखिएको छ । दुवै पार्टीका सांसदहरूले एक विदेशी मालिकलाई विशाल अमेरिकी उत्पादन कम्पनी बिक्री गर्ने योजनाको विरोधमा युनियनहरूसँग मिलेर काम गरेका छन् ।

युएस स्टिल कम्पनी पेन्सिलभेनिया राज्यको पिट्सबर्गमा अवस्थित छ । उक्त राज्यमा राष्ट्रपति बाइडेनले सन् २०२० को निर्वाचनमा ट्रम्पमाथि विजय गर्नुभएको थियो । यस वर्ष फेरि बाइडेनको ट्रम्पसँग प्रतिस्पर्धा हुने करिबकरिब निश्चित भएको छ ।

राष्ट्रपति बाइडेनले एक विज्ञप्ति जारी गर्दै भन्नुभएको छ, “हामीले अमेरिकी स्टिल कम्पनीहरूलाई जोगाउनुपर्छ । मैले हाम्रा स्टिलकर्मीहरूलाई भनेको थिएँ यसमा मेरो सहयोग रहनेछ ।”

उहाँले भन्नुभएको छ, “यूएस स्टिल एक शताब्दीभन्दा बढी समयदेखि एक प्रतिष्ठित अमेरिकी कम्पनीका रूपमा काम गर्दै आएको कम्पनी हो र अमेरिकाका लागि यो कम्पनी रहनु महत्वपूर्ण छ ।”

तर बाइडेनले डिसेम्बरमा घोषणा भएदेखि नै यसले राष्ट्रिय सुरक्षा हितलाई कसरी असर गर्छ भन्ने संघीय समीक्षाको अधीनमा रहेको यो सम्झौतालाई आफूले अवरोध गर्ने स्पष्ट रूपमा बताउनुभएको छैन ।

जापानी सरकारका प्रवक्ता योशिमासा हयाशीले शुक्रबार टोकियोलाई बाइडेनको बयानबारे जानकारी भए पनि व्यक्तिगत कम्पनीको व्यवस्थापनको विषयमा टिप्पणी गर्न अस्वीकार गरेको बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “जापान–अमेरिका गठबन्धन पहिलेभन्दा बलियो छ र राष्ट्रहरूले ‘नियममा आधारित स्वतन्त्र र खुला आर्थिक व्यवस्थाको रखरखाव र सुदृढीकरण’ लगायत धेरै क्षेत्रमा सहयोग जारी राख्नेछन् ।”

निप्पोन स्टिल र युएस स्टिलले एक संयुक्त वक्तव्य जारी गर्दै उनीहरूको साझेदारीले ‘जापान र संयुक्त राज्य अमेरिकाबिचको घनिष्ठ गठबन्धन“ प्रतिविम्बित गरेको बताएका छन् ।

“हामी लेनदेनको प्रशासनको जाँचको स्वागत गर्दछौं । यो लेनदेनको वस्तुनिष्ठ र व्यापक समीक्षाले यसले अमेरिकी रोजगारी, प्रतिस्पर्धा र आर्थिक र राष्ट्रिय सुरक्षालाई बलियो बनाउँछ भन्ने देखाउँछ,” वक्तव्यमा भनिएको छ ।

निप्पोन स्टिलले एक छुट्टै विज्ञप्ति जारी गर्दै भनेको छ, “यो सम्झौताले अमेरिकी स्टिल, युनियन कामदार र समग्र अमेरिकी स्टिल उद्योगलाई स्पष्ट लाभ प्रदान गर्दछ ।”

यूएस स्टिलको शेयर शुक्रवार ६।४ प्रतिशतले घटेको छ भने शुक्रवारको निप्पोन स्टिलको शेयर ०।११ प्रतिशतले घटेको छ । प्रस्तावित बिक्री संयुक्त राज्य अमेरिकामा एक राजनीतिक हतियार बनेको छ ।

गत फेब्रुअरीमा ट्रम्पले आफूले ह्वाइट हाउसमा दोस्रो कार्यकाल जितेमा उक्त ‘भयानक’ सम्झौता रोक्ने बताउनुभएको थियो । बाइडेनको चुनावी घोषणापत्रमा अमेरिकी उत्पादनको पुनर्निर्माण गर्ने प्रतिबद्धताको केन्द्रमा पनि यो सम्झौता उल्लेख गरिएको छ । राससरएएफपी

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com