ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुलुकका लागि ‘कठिन’ समयमा मतदान गर्न पुटिनको रुसी जनतासँग आग्रह


एबीसी न्यूज

काठमाडौं १ चैत । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले मुलुकका लागि ‘कठिन’ समयमा आएको साताको अन्त्यमा हुने निर्वाचनमा मतदान गर्न रुसी जनतासँग बिहीबार आग्रह गर्नुभएको छ । लामो समयसम्म सेवारत पुटिनले एक पटक पुनः सत्तामा आफ्नो पकड बलियो बनाउन चाहनुभएको छ ।

क्रेमलिनले पुटिन यसै साताको अन्त्यमा हुने निर्वाचनबाट अर्को छ वर्षको कार्यकाल सुरक्षित गर्न तयार हुनुभएको भन्दै निर्वाचनले युक्रेनमा रुसको आक्रमणपछाडि समाजको हात रहेको देखाउने बताएको छ ।

“म आश्वस्त छु स् हाम्रो मुलुक कस्तो कठिन अवस्थाबाट गुज्रिरहेको छ र हामी करिब सबै क्षेत्रमा कति जटिल चुनौतीहरूको सामना गरिरहेका छौँ भन्नेबारे तपाईंहरूले बुझ्नुभएको छ”, मतदानको पूर्वसन्ध्यामा रुसी जनतालाई सम्बोधन गर्दै पुटिनले भन्नुभयो, “उनीहरूलाई गरिमापूर्वक जवाफ दिन र कठिनाइहरू सफलतापूर्वक पार गर्न हामीले एकताबद्ध र आत्मविश्वासी बन्न जारी राख्नुपर्छ ।”

मार्च १५ देखि १७ सम्म हुने निर्वाचनमा हुने जितले उहाँलाई कम्तीमा सन् २०३० सम्म क्रेमलिनमा बस्न अनुमति दिनेछ । यो १८औँ शताब्दीमा क्याथरिन दि ग्रेटपछि कुनै पनि रुसी नेताको तुलनामा उहाँको शासन अवधि लामो हो ।

“म स्पष्टरूपमा भन्छु आजको निर्वाचनमा भाग लिनु भनेको देशभक्ति भावनाको अभिव्यक्ति हो”, पुटिनले भन्नुभयो । उहाँले युक्रेनबाट हालै कब्जा गरिएका चार क्षेत्रका साथै सन् २०१४ मा मस्कोले कब्जा गरेको क्रिमिया प्रायद्वीपमा पनि मतदान हुने बताउनुभयो ।

रुसी नेताले भन्नुभयो, “मोर्चामा हाम्रा लडाकूहरूले पनि मतदान गर्नेछन्, उनीहरूले साहस र वीरता प्रदर्शन गर्दै मातृभूमिको रक्षा गर्नेछन् र निर्वाचनमा भाग लिएर हामी सबैका लागि उदाहरण स्थापित गर्नेछन् ।” निर्वाचन पूर्वकेजिबीका एजेन्ट ९पुटिन० का लागि अत्यधिक आत्मविश्वासको समयमा आएको छ ।

युक्रेनमा रुसी सेनाले महिनौँमा पहिलो पटक युद्धक्षेत्रमा बढत हासिल गरेको छ र पुटिनका सबैभन्दा कट्टर आलोचक एलेक्सी नभाल्नीको गत महिना आर्कटिक कारागार कोलोनीमा मृत्यु भएको छ । राससरएएफपी

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com