ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपसभामुख जोशीद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण


admin

कैलाली, ६ फागुन । प्रदेश नं ७ को उपसभामुखमा निर्वाचित निर्मला बडाल (जोशी) ले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

आज प्रदेश नं ७ को संसद् सभाहलमा बसेको संसद् बैठकमार्फत निर्विरोध निर्वाचित घोषणापछि सभामुख अर्जुनबहादुर थापाले जोशीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो ।

शनिबार वाम गठबन्धनका तर्फबाट उपसभामुखमा उम्मेदवारी दर्ता गराउनुभएकी जोशीलाई अन्य कसैको उम्मेदवारी नपरेपछि निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो । जोशी नेकपा (माओवादी केन्द्र)को तर्फबाट दार्चुलाबाट प्रदेशसभा सदस्यमा समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित हुनुभएको हो ।

मुख्यमन्त्रीसहित मन्त्रीद्वारा पदबहाली 

प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टसहित विभिन्न मन्त्रीले आज पदबहाली गर्नुभएको छ । मुख्यमन्त्री भट्टले धनगढीको रातोपुलस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गरेसँगै अन्य मन्त्रीले पदबहाली गर्नुभएको हो ।

पद बहालीपछि मुख्यमन्त्री भट्टले प्रदेश नं ७ मा रहेको जल, जडीबुटी, कृषियोग्य जमिन, पर्यटकीय क्षेत्रलगायत विकासका सम्भावनाको उजागर गरी सुशासन तथा भ्रष्टाचार न्यूनीकरण गर्ने कार्य नै आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभयो । उहाँले विकासका यी सम्भावनालाई सदुपयोग गर्दै प्रदेश नं ७ लाई विकासमा १ नं प्रदेश बनाउनतर्फ आफू कटिबद्ध भएर लाग्ने बताउनुभयो ।

यसैगरी आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाह, भौतिक योजना तथा विकास मन्त्री पठानसिंह बोहरा, आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहरा, सामाजिक विकास मन्त्री दीर्घ सोडारी, पर्यटन उद्योग, वन तथा वातावरण मन्त्री माया भट्ट र भूमि व्यवस्थापन कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले पदबहाली गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कैलालीमा अवैध काठसहित ३ जना पक्राउ

ग्यास लिक भएर आगलागी हुँदा वृद्धको मृत्यु

सुदूरपश्चिममा प्रदेश सभामा एमालेको घेराउ र प्रदर्शन

सुदूरपश्चिममा गठबन्धनबीच मिल्यो भागबन्डा, कसले कति मन्त्रालय पाए ?

ढुंगाले लागेर यार्सागुम्बा संकलकको मृत्यु

डडेलधुरामा पखाला : एकको मृत्यु, एक सय ४८ प्रभावित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com