बाबियाचौर(म्याग्दी), ७ साउन । पहाडी जिल्ला म्याग्दीबाट गत आर्थिक वर्ष २०७३७४ मा करिब पाँच मेट्रिकटन जडीबुटी निकासी भएको छ ।
म्याग्दीका वनजंगलमा संकलन गरिएका १५ प्रजातिका चार हजार ७८४ दशमलव ७ केजी जडीबुटी निकासी भएको जिल्ला वन कार्यालयले जनाएको छ । यसैगरी एक हजार २०० केजी अल्लो निर्यात भएको छ ।
जडीबुटी निकासीका लागि अनुमति दिएबापत रु दुई लाख ५७ हजार ५५ राजश्व संकलन भएको सहायक वन अधिकृत राजकुमार ठाकुरले जानकारी दिनुभयो । एक हजार ५०० केजी विषजरा, ६०० केजी नागवली पाउडर, २८६ केजी साधारण च्याउ, ६४० केजी भिरमह, ३०० केजी सुगन्धवाल, ४४९ केजी सतुवा निकासी भएको छ ।
यसैगरी बहुमूल्य जडीबुटी यार्सागुम्बा ३ दशमलव ७ केजी मात्र निर्यात भएको छ । म्याग्दीबाट निकासी भएका अन्य जडीबुटीमा मैन, निरमसी, कुट्की, अत्तिस, सिलाजित, लौठसल्ला, पदमचाल र वनलसुन रहेका छन् ।
आर्थिक वर्ष २०७२÷७३ मा विभिन्न १५ प्रजातिका १० हजार ६६८ किलो जडीबुटी निकासी भएको थियो । यसैगरी वनपैदावार र जडीबुटीजन्य उद्योगको प्रवद्र्धनका लागि वन कार्यालयले यसमा रु २० लाख अनुदान सहयोग गरेको छ ।
बेनी नगरपालिका– ९ मा रहेको निलपहरा सामुदायिक वन उपभोक्ता समूह र बेनपा– ३ मा रहेको हिमाली अल्लो कपडा बुनाइ उद्योगले रु दशदश लाख अनुदान पाएका हुन् ।
प्रतिक्रिया दिनुहोस्