ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तीन विद्यार्थी नेताहरु सरकारी छाप र जरायोको सिङसहित पक्राउ


abc tv

पोखरा । नेपाल विद्यार्थी संघका नेता तीन विद्यार्थी नेता विभिन्न सरकारी कार्यालयको छाप र जरायोको सिङसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पोखरा–१९, पुरनचौर घर भई पोखरा–९ नयाँबजार बस्ने २८ वर्षीय सतिश बास्तोला, चिप्लेढुंगा बस्ने २५ वर्षीय सुजन गिरी र पोखरा ९ बस्ने विवेक श्रेष्ठ छन् । उनीहरू सरकारी छाप कीर्ते गरी नक्कली कागजात बनाउने कार्यमा संलग्न रहेको अनुमान प्रहरीको छ ।

बास्तोला पृथ्वीनारायण क्याम्पस, नेवि संघका पूर्वसभापति एवं नेविसंघ फोर्सका निवर्तमान सभापति हुन् । फागुन १ गते मात्रै बास्तोलाको पदावधि सकिएर नयाँ समिति बनेको थियो ।

पोखरा वडा नं. ९, नयाँबजारमा रहेको ब्लू होम डेकोर नामक पसलमा विभिन्न सरकारी कार्यालयहरु, वडा कार्यालयहरु समेतका छापहरु तथा जंगली जनाबर जरायोको सिङ समेत लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदाम र लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले छापा मारेको थियो ।

सो क्रममा २४ थान छापहरु र जरायोको जस्तो देखिने सिंङ २ थान फेला परेको थियो । छापहरु बनाउन प्रयोग भएको मेसिन थान १, मनिटर थान १, सीपीयू थान १ सहित बरामद गरी तीनै जनालाई पक्राउ गरी कास्की जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको कास्की प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com