ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओलीको जीवनचित्र : गरिब पृष्ठभूमि र कम पढेको इतिहास तर सबैभन्दा तीक्ष्ण प्रधानमन्त्री


ABC NEWS

Prime Minister Pushpa Kamal Dahal (left) holds meeting with main opposition party CPM-UML Chairman KP Sharma Oli at Speaker’s Office in Singha Durbar, Kathmandu, on Thursday, May 4, 2017. Courtesy: PM’s Secretariat

– शुभशंकर कंडेल – झापा विद्रोहका एकजना कमाण्डर तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दोस्रो पटक प्रधानमन्त्रीमा नियुक्त भएका छन् । मुलुकका दुई ठूला कम्युनिस्ट पार्टीको गठवन्धनले करिब दुई तिहाई सिटमा चुनाव जितेका कारण ओली सहजै प्रधानमन्त्री बन्ने पहिलो कम्युनिस्ट प्रधानमन्त्री समेत भएका छन् । ओलीको यस अघि नयां संविधान घोषण गरे लगत्तै माओवादी अध्यक्ष प्रचण्डकै समर्थनमा २०७२ असोज २४ गते पहिलो पटक प्रधानमन्त्री भएका थिए । ओलीको सत्तारोहण यात्रामा विचित्र संयोग के परेको छ भने प्रचण्डको प्रस्तावमा प्रधानमन्त्री बनेका ओली प्रचण्डकै प्रस्तावका अविश्वासका कारण २०७३ साउन २३ गते सत्ताच्युत भएका थिए । त्यसको झण्डै डेढ वर्षमा ओली र प्रचण्ड एउटै पार्टी नेकपा मात्र बनाउन सहमत मात्र भएका छन् ओली दोस्रो पटक पनि प्रचण्डकै प्रस्तावमा प्रधानमन्त्री बन्न पुगेका छन् ।
राजनीतिक स्थिरता र आर्थिक सम्वृद्धिको मार्ग चित्र बनाएर दोस्रो पटक प्रधानमन्त्री बनेका ओलीको जीवन समेत कम रोचक छैन ।
जीबनको शैशव अवस्थामै के हुने वा के बन्ने भन्ने बारेमा मानसपटलमा कुनै रेखाचित्र नबन्दै विद्रोही स्वाभावको उपजका रुपमा कम्युनिस्ट आन्दोलनको समिपमा पुगेका ओली चौंध वर्षको कारावास पाएका थिए । पंचायती प्रशासनले ओलीलाई खतरनाक विद्रोहीका रुमपा गोलघरको एकान्तवासदेखि नौं पटक विभिन्न जेलमा सारेको थियो ।

ओलीले आफै अगुवाई गर्न नपाए पनि पृष्ठभागबाट भूमिका खेलेको ०६२–६३को आन्दोलनले राजतन्त्रलाई धारासायी बनायो । राजतन्त्र समाप्त पार्ने कडीका रुपमा रहेको १२ बुंदे सहमतिका प्रमुख मध्ये एक मस्यौदाकार ओली ओली उपप्रधानमन्त्री बने । शान्तिप्रकृया सुरु भएयता दश वर्ष ओली माओवादीका कट्टर आलोचक थिए । कोही चुईंक्क गर्न नसकेका बेला तिख्खर ढंगले माओवादीको आलोचना गर्ने शैलीले एकातिर लोकप्रियता र अर्कोतिर खलनायकीकरण गरेको थियो । तर परिस्थितिको बेग ओलीले यसरी बदले कि त्यही माओवादीकै समर्थमनमा पहिलो पटक प्रधानमन्त्री भएर राष्ट्रियताको झण्डा उठाए ।
त्यही माओवादीकै समर्थन र सहकार्यकमा बाम तालमेल गरेर देशलाई कम्युनिस्ट बनाए । त्यही माओवादीका सुप्रिमो प्रचण्डलाई आफ्नो निकटस्थ सहयात्री बनाएर नेपाली कम्युनिस्ट आन्दोलनकै सबैभन्दा शिर्ष नेता बन्न सफल भए ।

‘राजनीति सरल रेखामा हिँड्दैन’ भन्ने मन्यता मुलुकको राजनीतिमा एकपटक फेरि सिद्ध भएको छ । राजनीतिलाई सम्भावनाको खेल भन्ने उक्तिलाई व्याख्या गर्न रुचाउने प्रचण्डको स्वभाव र शैलीलाई ओलीले फुत्कनै नसक्नेगरी च्याप्पै समाते । एकीकृत पार्टी मात्र बनाएनन् देश नै कव्जा गरे ।

उनी आठ वर्षदेखि मृगौंला रोगसंग लड्दै आएका छन् । शारिरिक प्रतिकूलताका बेला ओलीले झण्डैं पांच दशक लामो राजनीतिक जीवनलाई शिखरमा मात्र पु¥याएका छैनन् देशलाई नै समाजवादी बाटोमा लैजानै ड्राइभिङ सिटमा पुेगका छन् ।

आफ्नो नेतृत्वमा संविधान ल्याएका बहालवाला प्रधानमन्त्री सुशील कोइरालालाई पराजित गरेर सिंहदरवारको बागडोर हासिल गरेका ओलीको राजनीतिक व्यक्तित्व ह्वात्तै चुचुरोतिर लागिरहेको छ।

उनी २०७१ असार ३१ गत्े उनको जीवनकै अन्तिम अवस्था रहेको भन्ने जस्तो व्यापक प्रचारबाजीका बीचबाट एमाले अध्यक्ष भएका थिए । सोह्र वर्ष एमालेको एकछत्र नेतृत्व गरेका र प्रधानमन्त्री समेत भइसकेका माधवकुमार नेपाललाई पराजित गरेर ओली पार्टी अध्यक्ष बनेका हुन् ।


त्यसो त अध्यक्ष हुने बाटो ओलीले २०७० माघमा एमाले संसदीय दलको नेतामा विजयी भएपछि स्पष्ट भइसकेको थियो । त्यतिबेला संसदीय दलको नेतामा निर्वाचित हुन ओलीलाई फलामको च्यूरा चपाएर सरह भएको मानिएको थियो । तात्कालीन पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालसंग माधव नेपाल पक्ष पनि मिसिएको थियो । अर्कातिर एमालेलाई २०६४ सालको चुनावको हारलाई उल्ट्याएर पहिलो पार्टी कांग्रेस बराबरै सिट ल्याएको औपचारिक जस खनाललाई थियो । तर ओलीलाई आफ्नो विचारले पार्टी पन्पिंदै गएको स्थापित गर्न संसदीय दलको नेता हुनै पर्ने थियो । भयो त्यस्तै ।

मुलुकको इतिहासमा ओली सम्भवत ः सबैभन्दा विपन्न पृष्ठभूमिका सर्वोच्च कार्यकारी पदमा पुग्ने व्यक्ति मात्र नभई कम औपचारिक शिक्षा लिएका सबैभन्दा तीक्ष्ण राजनीतिज्ञ पनि हुन् ।

आमा गुमाएर टुहुरो भएका उनले वाल्यकालदेखि नै विषम परिस्थितिको सामना गर्न सिकेका थिए । झापामा भएको अलिकति खेती पनि बाढीले बगाएपछि ओली परिबारबाट अलग भएर किशोर अवस्थामा कम्युनिष्ट नेता रामनाथ दाहालको आश्रयमा बसेका थिए ।

एमालेलाई सरकारमा जान हतारिएको, सधैं सत्ता चाहिने जस्ता आरोप लागेका बेला ओली भन्थे–एमाले जस्केलाबाट सरकारमा जाँदैन । झ्यालबाट पनि जानु पर्दैन । चुनावी बाटोबाट मूल ढोकाबाट मात्र जानेछ यो अभिव्यक्ति थियो गत असार १५ गतेको । भयो त्यस्तै ।

केपी ओलीको संक्षिप्त जीवनयात्रा :

जन्मः २००८ फागुन ११

जन्म स्थानः तेह्रथुम, आठराई, इवागाउं

बसाइँसराईंः झापा

औपचारिक शिक्षाः एसएलसी उत्र्तिण

पत्नीः राधिका शाक्य

कम्युनिष्ट पार्टीसंग सम्पर्क : २०२३ साल

कमयुनिष्ट पार्टीको सम्पर्क :२०२६ साल

जेल जीवन : लगातार १४ वर्ष (झण्डै तीन वर्ष गोलघरमा एकान्त कारावाससहित)

पंचायती प्रशासनले जेलजीवनका क्रममा केपी ओलीलाई नौं पटक ठाउंसारी गरेको थियो ।

जेलजीवनको बसाई यस्तो थियो :

२०३० मंसीरदेखि २०३२ वैशाख : सेन्ट्रल जेल गोलघर

२०३२ वैशाख : नख्खु

०३३ मंसीरदेखि २०३६ जेठ : केन्द्रीय कारागार गोलघर

२०३६ जेठदेखि २०३७ चैत : केन्द्रीय कारागार

२०३७ चैतदेखि २०३९ माघ :नख्खु जेल

२०३९ माघदेखि २०४२ कात्तिक : पोखरा

२०४२ कात्तिकदेखि २०४३ मंसीरः स्याङ्जा जेल

२०४३ मंसीरदेखि २०४३ माघ : हनुमानढोका

२०४३ माघदेखि २०४४ असार : भद्रगोल जेल

पार्टीका महत्वपूर्ण जिम्मेवारी

२०२९ : नेपाल कम्युनिस्ट पार्टी झापा आन्दोलन कमिटी प्रमुख

२०४४ : केन्द्रीय कमिटी सदस्य

२०४६: लुम्बिनी अञ्चल प्रमुख

२०४७ : प्रजातान्त्रिक राष्ट्रिय युवा संघको संस्थापक अध्यक्ष

२०५० : प्रमुख, दासढुंगा दुर्घटना छानबिन समिति

२०४९ देखि २०७१ : स्थायी कमिटी सदस्य

सार्वजनिक ओहोदा

२०४८ ः प्रतिनिधि सभा सदस्य

२०५१ ः प्रतिनिधि सभा सदस्य

२०५६ः प्रतिनिधि सभा सदस्य

२०७० ः संविधान सभा सदस्य
२०७४ ः प्रतिनिधि सभा सदस्य

राजकीय जिम्मेवारी

२०५१ : एमाले अल्पमत सरकारमा गृहमन्त्री

२०६३ : उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री

२०७० :एमाले संसदीय दलको नेता

२०७२ असोज २४ : गणतन्त्र नेपालको प्रधानमन्त्री

२०७४ फागुन ३ : दोस्रो पटक गणतन्त्र नेपालको प्रधानमन्त्री

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

‘राजनीतिक कुलत’बारेको सैद्धान्तिक दृष्टिकोण

प्राध्यापक कृष्ण पोखरेलसँगको विशेष अन्तर्वार्ताः जेनजी आन्दोलन र वर्तमान राजनीतिको उपज

यसरकारण जनयुद्धसँग जेन–जी आन्दोलन जोडिएको छः प्रचण्ड

जेन–जी पुस्ताको आक्रोश निरन्तर चल्ने आँधी हो

नेपाल सङ्क्रमणकाल: भारतले केवल मौन समर्थन मात्र दिनुपर्छ

ओली बहिर्गमनसँगै राष्ट्रपतिको कोर्टमा बलः तत्काल सर्वपक्षीय छलफल र निकास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com