ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुई नयाँ खोप थपिदै


admin
श्रावण ६, २०७४ शुक्रबार   ३ : १३   बजे

काठमाडौँ, ६ साउन । सरकारले यसै वर्षबाट ‘रोटा भाइरस’ र पोलियो विरुद्वको खोप ‘एफआइपिभि’ थप्ने तयारी गरेको छ ।

स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य महाशाखा खोप शाखाका अधिकृत वसन्त श्रेष्ठले आगामी मङसिरसम्ममा दुईवटा खोप कार्यान्वयनमा ल्याउने तयारी गरेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,‘‘ पहिले पोलियो विरुद्व आएपिभि खोप दिँदै आएकमा विश्वमै त्यसको अभावका कारण नयाँ एफआइपिभि खोप सुरु गर्न लागिएको हो ।’’
आइपिभि खोप १४ महिना उमेरका बालबालिकलाई लगाइन्थ्यो भने नयाँ खोप छ हप्ता र १४ महिनाको उमेरमा गरी दुई पटक लगाउनुपर्छ ।

‘ग्लोबल एलाइन्स फर भ्याक्सिन’ एण्ड एमिनाइजेसन (गाभी)को सहयोगमा दुबै खोप सुरु गर्न लागिएको हो । नेपालमा बालबालिकालाई लगाइने ११ प्रकारका खोपमा पनि गाभीले ७० प्रतिशत सहयोग गर्दैआएको छ ।

झाडापखाला विरुद्वको खोप रोटा भाइरस पनि यसै वर्षबाट कार्यान्वयनमा ल्याउने तयारी गरिए पनि खोप ल्याएर राख्ने स्टोर कोल्ड चेन तयार नभएको अधिकृत श्रेष्ठले बताउनुभयो ।

सन् २०१६ मा नै रोटा भाइरसको खोप सञ्चालनमा ल्याउने भनिए पनि व्यवस्थापकीय तयारी नहुँदा ढिलाइ हुँदैआएको छ । सरकारले राष्ट्रिय खोप कार्यक्रममार्फत बालबालिकालाई ११ वटा खोप निःशुल्क उपलव्ध गराउँदै आएको छ ।
देशका ८७ प्रतिशत बालबालिका मात्र खोपको पहुँचमा रहेको भनिए पनि २०१६ मा गरिएको सर्वेक्षणमा ७८ प्रतिशत बालबालिका मात्र खोपको पहुँचमा रहेको तथ्याङ्क छ ।

अहिले पनि १०० जनामा १० बालबालिकाले कुनैपनि खोप पाएका छैनन् । त्यसैगरी ६६ हजार बालबालिका खोपको पहुँचमा पुगेपनि सबै खोप नपाउने अवस्थामा रहेको स्वास्थ्य मन्त्रालयको भनाइ छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा राजेन्द्र पन्तले आगामी तीन वर्षभित्र कलेरा र टाइफाइडविरुद्व खोप भित्र्याउने तयारी गरिहेको बताउनुहुन्छ ।

राष्ट्रिय खोप कार्यक्रम नेपालका बालबालिकालाई खोपको पहुँचमा पु¥याई देशलाई खोपको अभावका कारण हुने मृत्युदर रोक्ने महत्वपूर्ण तथा प्रभावकारी कार्यक्रम बन्दै आएको छ ।

विश्व स्वास्थ्य सङ्गगठनले २४ प्रकारका खोपलाई सूचिकृत गरेपनि नेपालमा ११ प्रकार खोप मात्र उपलब्ध छ । खोप कार्यक्रम नेपालको सफल स्वास्थ्य कार्यक्रममध्येको एक हो । छ लाख ६० हजार बालबालिकाका लागि दिइने निःशुल्क खोपका लागि वार्षिक रुपमा रु दुई अर्ब खर्च हुँदै आएको छ । यसमा प्रत्येक बालबालिकालाई रु पाँच हजार खर्चहुन्छ ।

रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

समसामयिक राजनीतिक विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group