ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश नम्बर ७ को मुख्यमन्त्रीमा भट्टको दाबी पेस


admin

 

कैलाली, २ फागुन। प्रदेश नम्बर–७ को मुख्यमन्त्रीका लागि माओवादी केन्द्रका संसदीय दलका नेता त्रिलोचन भट्टले प्रदेशप्रमुख समक्ष दाबी पेस गरेका छन् ।

नेकपा एमाले र माओवादी केन्द्रका ३७ जना सांसदको समर्थन रहेको संयुक्त हस्ताक्षरको पत्रसहित भट्टले मुख्यमन्त्रीका लागि प्रदेशप्रमुख मोहनराज मल्लसमक्ष बुधबार दिउँसो दाबी पेस गरेका हुन् ।

प्रदेशसभाका बहुमत सांसदहरुको समर्थन आफूलाई रहेकाले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गरिएको प्रदेशप्रमुखलाई बुझाइएको पत्रमा उल्लेख गरिएको छ ।

प्रदेश–७ मा माओवादी केन्द्रको नेतृत्वमा सरकार बनाउने सहमति एमाले–माओवादीबीच यसअघि भएको थियो । माओवादीले मुख्यमन्त्रीको उम्मेदवार भट्टलाई बनाउने निर्णय गर्दै उनलाई संसदीय दलको नेता यसअघि नै चयन गरेको थियो ।

धनगढीबाहिर रहेका कारण एमाले सांसद हर्कबहादुर कुँवर र निर्मला बडालले मुख्यमन्त्रीमा समर्थन रहेको पत्रमा हस्ताक्षर गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कैलालीमा अवैध काठसहित ३ जना पक्राउ

ग्यास लिक भएर आगलागी हुँदा वृद्धको मृत्यु

सुदूरपश्चिममा प्रदेश सभामा एमालेको घेराउ र प्रदर्शन

सुदूरपश्चिममा गठबन्धनबीच मिल्यो भागबन्डा, कसले कति मन्त्रालय पाए ?

ढुंगाले लागेर यार्सागुम्बा संकलकको मृत्यु

डडेलधुरामा पखाला : एकको मृत्यु, एक सय ४८ प्रभावित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com