ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त सुरक्षा गस्ती


admin
श्रावण ६, २०७४ शुक्रबार   ३ : ०७   बजे

नवलपरासी, ६ साउन । दुवै देशको सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने उद्देश्यले नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त सुरक्षा गस्ती गरिएको छ ।

नवलपरासीको गुठीप्रसौनीको सीमा क्षेत्रमा नेपाल र भारतका सुरक्षाकर्मीको संयुक्त गस्ती गरिएको हो ।

सीमा स्तम्भ संख्या ५०० देखि स्तम्भ संख्या ४९७ सम्म संयुक्त गस्ती गरिएको सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट गुठी प्रसौनीले जनाएको छ । सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट गुठी प्रसौनी र सशस्त्र सीमा बल एसएसबी झुलनीपुरले संयुक्त गस्ती गरेका छन् ।

सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट गुठी प्रसौनीका सशस्त्र प्रहरी निरीक्षक पदमबहादुर पुनको नेतृत्वमा रहेको गस्ती टोली र सशस्त्र सीमा बल एसएसबी झुलनीपुरको सशस्त्र प्रहरी निरीक्षक गजेन्द्रसिंहको नेतृत्वमा रहेको संयुक्त गस्ती टोलीले सो गस्ती गरेको हो ।

संयुक्त गस्ती टोलीमा नेपाल सशस्त्र प्रहरीबाट ११, सशस्त्र सीमा बल एसएसबीबाट पाँच र नेपाल प्रहरीबाट तीनजना सुरक्षा कर्मीको संयुक्त सहभागिता रहेको थियो ।

तालाबन्दीपछि सेवाग्राही मर्कामा

नवलपरासीको कावासोती नगरपालिकामा जनप्रतिनिधिले नै अनिश्चितकालीन तालाबन्दी गरेपछि सेवाग्राही मर्कामा परेका छन् ।

आर्थिक वर्ष २०७४÷७५ को नीति तथा कार्यक्रम एकलौटीरुपमा ल्याइएको आरोप लगाउँदै नौवटा वडाध्यक्षले संयुक्तरुपमा चार दिनदेखि कार्र्यालयमा तालाबन्दी गरेका कारण कामकाज प्रभावित हुन पुगेको हो ।

विशेषगरी तालाबन्दीका कारण कार्यकारी अधिकृत शाखा र लेखा शाखाबाट हुने सबै काम प्रभावित बनेका छन् । प्रमुख, उपप्रमुख बहुमतका आधारमा आव २०७४÷७५ को वार्षिक नीति बजेट तथा कार्यक्रम एकलौटी ढंगबाट पारित गरेको नौवटा वडाका वडाध्यक्षले आरोप लगाउँदै तालाबन्दी गरेका हुन् ।

प्रमुख र उपप्रमुखले आफूहरुको सल्लाहबिना बजेट तथा कार्यक्रम सार्वजनिक गरेको प्रति असहमति प्रकट गर्दै तालाबन्दी गरिएको कावासोती नगरपालिका वडा नं ३ का वडाध्यक्ष अमृत श्रेष्ठले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

समसामयिक राजनीतिक विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group