ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फागुन २१ पछि राष्ट्रिय सभामा माओवादी पहिलो, एमाले र समाजवादी बराबार हुने


ABC NEWS
पुस २३, २०८० सोमबार  ७ : ४९ बजे

काठमाडौं २३ पुस । राष्ट्रिय सभाको माघ ११ गते तय भएको चुनावले दलहरुको हैसियत फेरबदल गर्ने भएको छ।

विज्ञहरुको थलोका रुपमा रहेको स्थायी प्रकृतिको मानिने राष्ट्रिय सभामा ६ वर्षे पदावधि पूरा गरेका १९ जना विदाई भएर नयाँ चुनिँदा पहिलो दल एमाले तेस्रो बन्ने देखिएको छ।

राष्ट्रिय सभामा १७ सिट सहित पहिलो दल रहेको नेकपा एमाले ८ सिटमा सीमित भएर तेस्रोमा झर्दा १४ सिटसहित दोस्रो दल रहेको माओवादी १७ सिटसहित पहिलो बन्नेछ। यस्तै, १० सिटसहित तेस्रोमा रहेको नेपाली कांग्रेस दोस्रो दल बन्नेछ। नेकपा एकीकृत समाजवादी पार्टीको पनि सिट संख्या ८ नै हुनेछ।

सत्ता गठबन्धनभित्र धोकाधडी नभए माओवादी केन्द्र राष्ट्रिय सभामा सबैभन्दा ठूलो दल बन्ने निश्चित छ। माओवादीबाट राष्ट्रिय सभामा ३ जनाको पदावधि आउँदो फागुन २० गतेबाट सकिँदैछ। गठबन्धनका दलले रिक्त सिट आफैँले राखेर एमालेबाट रिक्त हुने ८ सिटको भागबण्डा गरेका छन्। कांग्रेसले पाँच र माओवादीले ३ सिटमा प्रतिस्पर्धा गर्नेछन्।

माओवादीले बागमतीबाट श्रीकृष्ण अधिकारी, गण्डकीबाट मनरुपा शर्मा सुवेदी, कर्णालीबाट विष्णु विक, लुम्बिनीबाट झक्कुप्रसाद सुवेदी, सुदूरपश्चिमबाट रेणु चन्द र कोशीबाट चन्द्रादेवी कार्कीलाई उम्मेदवार बनाएको छ। अहिले माओवादी केन्द्रबाट १४ जना राष्ट्रिय सभामा छन्।

विना पोखरेल, महेशकुमार महरा र हरिराम चौधरीको ६ वर्षको अवधि सकिँदैछ। रिक्त हुने तीन र बाँकी ३ सिट जितेको अवस्थामा राष्ट्रिय सभामा माओवादी पहिलो दल बन्छ।
एमालेलाई धक्का
नयाँ संविधान जारी भएपछि राष्ट्रिय सभा ५९ सदस्यीय बनाइएको छ। जसमा तीन जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुने व्यवस्था छ। बाँकी ५६ सदस्य प्रत्यक्ष निर्वाचन विधिबाट छानिन्छ।

२०७४ माघ २४ मा सम्पन्न निर्वाचनमा एमालेका २७ जना राष्ट्रिय सभामा चुनिए। दोस्रोमा नेपाली कांग्रेसका १३ र तेस्रो माओवादी केन्द्रका १२ जना निर्वाचित भए।

उनीहरुमध्ये केहीले २ वर्षे, ४ वर्षे र ६ वर्षे कार्यकाल पाए।

एमालेबाट निर्वाचित गणेशप्रसाद तिमिल्सिना अध्यक्ष चुनिए। २०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी बन्यो। नेकपाको ३९ सिट भयो ।

२०७६ फागुनमा १९ जनाको २ वर्षे पदावधि सकियो। दुईवर्षे कार्यकाल सकिनेमध्ये एकजना मनोनीत थिए, बाँकी १८ सिटका लागि ०७६ माघ दोस्रो साता चुनाव भयो।

यो चुनावमा कांग्रेसले ७ सिट गुमायो। एक सिट जनता समाजवादी पार्टी ९जसपा०ले गुमायो। नेकपाले रिक्त ८ सहित थप ८ सिट जित्यो र राष्ट्रिय सभामा नेकपाका ४७ सदस्य भए।

नेकपा फुटेपछि एमाले र माओवादी पूर्ववत अवस्थामा फर्किए। त्यतिबेला अध्यक्षसहित एमालेका ३१ र उपाध्यक्षसहित माओवादीका १६ सदस्य राष्ट्रिय सभामा रहे।

२०७८ भदौ ९ गतेदेखि एमालेलाई झट्का लाग्यो। ३१ सांसद रहेको एमालेबाट माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी गठन गरे। राष्ट्रिय सभाका ७ सदस्य एकीकृत समाजवादीमा लागे। एमालेमा बाँकी रहे २४ सदस्य ।

माघ ११ गते चार वर्षे कार्यकाल पूरा गरेकामा एमालेकै ८ सदस्य थिए। जसमा एकजना मात्र जित्दा ७ सदस्य पराजित भए। यसरी एमाले राष्ट्रिय सभा १७ सिटमा खुम्चियो।

एमालेलाई धक्का लगाउन कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच बनेको गठबन्धनले मुख्य भूमिका खेल्यो। एकैवर्ष एमालेले विभाजन र चुनावबाट १४ जना राष्ट्रिय सभा सदस्य गुमाएको थियो।

राष्ट्रिय सभामा १४ सदस्य रहेको माओवादी दोस्रो शक्ति बन्यो। १० सदस्य रहेको कांग्रेस तेस्रो र आठ सदस्य रहेको एकीकृत समाजवादी राष्ट्रिय सभाको चौथो शक्ति रहँदा जसपाका तीन, लोसपाका एक, राष्ट्रिय जनमोर्चाका एक, स्वतन्त्र एक र मनोनीत तीनजना थिए।

यसपटक ६ वर्षे कार्यकाल पूरा गरेका १९ सदस्यको चुनाव माघ ११ मा हुँदैछ।

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनासहित एमालेका ८ सदस्यको ६ वर्षे पदावधि सकिँदैछ। सत्ता गठबन्धनका कारण एमालेलाई एक सिट जित्न पनि कठिन देखिन्छ।

सत्ता गठबन्धनका चार दलको बर्चस्व रहेकोले जितका लागि यी दलका उम्मेदवारलाई कठिनाइ नहुने आँकडाले देखाउँछ। तर, कांग्रेसको आन्तरिक विवादको प्रभाव चुनावमा देखिनसक्ने भय भने उनीहरुमा छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुपन्देही अदालतले रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नगर्ने आदेश

रुपन्देही निर्वाचन: ६ जना पूर्वमन्त्रीको भिड, चुनावी प्रतिस्पर्धा तातिरहेको छ

सम्बन्धित

लुम्बिनीका २६ क्षेत्रमा महिला उम्मेदवार १० प्रतिशतभन्दा कम, रास्वपाको शून्य

रुपन्देही अदालतले रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नगर्ने आदेश

रुपन्देही निर्वाचन: ६ जना पूर्वमन्त्रीको भिड, चुनावी प्रतिस्पर्धा तातिरहेको छ

जेनजी आन्दोलनमा फरार अभियुक्तको तीन महिने राजधानी आतंक, मुख्य योजनाकार गोली लागेर पक्राउ

नीति बिना यात्रा, एजेन्डा बिना भाषण : बालेन्द्रको देश दौडाहा के संकेत हो?

मकवानपुर–१ मा पटक–पटक चुनाव लडेका पुराना उम्मेदवारलाई नयाँ अनुहारको चुनौती

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com