ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट- एपीएफको विजयी सुरुआत


एबीसी न्यूज

काठमाडौं, ५ पौष । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टिम एपीएफ क्लबले सुखद सुरुआत गरेको छ ।

बिहीबार मूलपानीस्थित मूलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशविरुद्ध ९ विकेटको सहज जित निकालेको हो ।

सुदूरपश्चिमले प्रस्तुत गरेको ८८ रनको लक्ष्य एपीएफले १६।१ ओभरमा एक विकेट गुमाएर पूरा गर्‍यो ।

एपीएफी ओपनर ज्योति पाण्डेले ४९ रन बनाइन् । इन्दु वर्माले ३१ रन थपिन् । एपीएफकी कप्तान सीताराना मगर भने चार रनमा आउट भएकी थिइन् ।

सुदूरपश्चिमका लागि एकमात्र विकेट ईश्वरी विष्टले लिइन् ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८७ रनको योगफल खडा गरेको थियो ।

सुदूरपश्चिमकी कविता जोशीले २२ रन बनाइन् । सम्झना खड्काले १२ रन थपिन् । यसबाहेक, अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

एपीएफकी सोनु खड्काले दुई विकेट लिइन् । सुमन विष्ट, करुणा भण्डारी र इन्दु वर्माले एक–एक विकेट लिए ।

आजदेखि सुरु भएको प्रतियोगितामा कुल आठ टिमको सहभागिता छ । राउन्ड रोबिन लिग पद्धतिमा सञ्चालित प्रतियोगिताको शीर्ष चार टिम प्लेअफमा प्रवेश गर्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com