ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आइतबारदेखि सबै मन्त्रालय सञ्चालनमा आउने


एबीसी न्यूज
माघ २७, २०७४ शनिबार  १० : ३४ बजे

पोखरा, २७ माघ ।  प्रदेश नं ४ का सबै मन्त्रालय आइतबारदेखि सञ्चालनमा आउने भएका छन् ।सो प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आन्तरिक मामिला तथा कानून, आर्थिक मामिला तथा योजना, उद्योग पर्यटन वन तथा वातावरण, भूमि व्यवस्था, कृषि तथा सहकारी, भौतिक पूर्वाधार विकास र सामाजिक विकास मन्त्रालय स्थापना भइसकेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता झलकराम सुवेदीका अनुसार केही मन्त्रालयमा सचिवले जिम्मेवारी सम्हालिसक्नुभएको छ भने आर्थिक मामिला मन्त्रालयका सचिव विष्णुराज ढकाल, भौतिक पूर्वाधार मन्त्रालयका सचिव भरतप्रसाद अर्याल र सामाजिक विकास मन्त्रालयका सचिव कृष्णमुरारी न्यौपानेले आइतबार जिम्मेवारी सम्हाल्नुहुनेछ ।

यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रमुख सचिवका रुपमा लक्ष्मण अर्यालसहित सचिवद्वय लालमणि ओझा र धर्मराज कुइँकेलले जिम्मेवारी सम्हालिसक्नुभएको छ भने आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिवमा फणीन्द्रमणि पोखरेल र उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिवमा डा बुद्धिसागर पौडेलले जिम्मेवारी सम्हाल्नुभएको छ ।

मन्त्रालयमध्ये मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा आन्तरिक मामिला र आर्थिक मामिला मन्त्रालय सीप विकास केन्द्रको नवनिर्मित भवनमा स्थापित भएका छन् भने उद्योग, पर्यटन र वन मन्त्रालय क्षेत्रीय वन निर्देशनालयको भवनमा, भौतिक पूर्वाधार मन्त्रालय शहरी विकास डिभिजन कार्यालयको भवनमा र सामाजिक विकास मन्त्रालय क्षेत्रीय शिक्षा निर्देशनालयको भवनमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बैतडीमा जन्ती बोकेको बस दुर्घटना:१३ जानको मृत्यु

जाँचबुझ आयोगको कामप्रति ओलीले किन र के के विषय उठाए ?

सम्बन्धित

झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु

झापा–५ : उम्मेदवारको भिडभन्दा बाहिर उभिएको जनताको प्रश्न

जेनजी आन्दोलनमा सिंहदरबार जलाएको अभिव्यक्ति दिने व्यक्ति पक्राउ

सप्तरी–३ का रास्वपा उम्मेदवारमाथि भ्रष्टाचारको आरोप, ९ जनालाई बयानमा बोलाइयो

अमेरिकाबाट बोलाएर रास्वपाले धोका दियो भन्दै श्री कुँवरद्वारा पार्टी परित्याग

निर्वाचन तोकिएको मितिमा एकैपटक हुन्छः प्रधानमन्त्री कार्की

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com