ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्डको नौ महिने कार्यकाल पूरा हुँदै गर्दा कैलाश पर्वतको दर्शन, चिनिया सत्कार


ABC NEWS

बेइजिङ १० असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रो पटक प्रधानमन्त्री भएको बेला पहिलो पटक नौ महिना पूरा गरेका छन् ।

प्रचण्ड कार्यकालको तेस्रो पटकको नवौं महिना पूरा भएको दिन प्रचण्ड चिनिया कम्युनिष्ट पार्टीका पोलिटव्युरो सदस्य च्या चुवानको रात्रीभोजमा सरिक भएका छन् । असोज ९ गते प्रचण्ड चीन भ्रमणको क्रममा चीनको महत्वूर्ण मध्येको एक नगरिपािलका छोङ्छिङ का पार्टी सचिवको निम्तो मानिरहेका थिए ।

प्रधानमन्त्री प्रचण्ड ल्हासा विमानस्थलमा

प्रचण्ड यसअघि पनि दुई–दुई पटक प्रधानमन्त्री त बने पनि उनका दुवै कार्यकाल ९ महिनाभन्दा कम समयमै सकिएका थिए । २०६५ मा पहिलो पटक र २०७३ मा दोस्रो पटक प्रधानमन्त्री बन्दा उनी नौ महिना पनि पूरा गर्न नपाउंदै बाहिरिनु परेको थियो ।अघिल्ला कार्यकालमा जस्तै नौ महिनाका बीचमा नै प्रधानमन्त्री प्रचण्डले भारत, अमेरिका र चीनको भ्रमण भने गर्न भ्याएका छन्। । रेकर्डको रहर हुने नेताहरुका लागि यो अर्को संयोग हो ।

१० पुस २०७९ मा प्रधानमन्त्री बनेका प्रचण्डले यो जिम्मेवारी प्राप्त गरेको मंगलबार (९ असोज) ९ महिना पूरा भएको छ।

२ सय ७५ सदस्यीय प्रतिनिधि सभामा प्रचण्ड नेतृत्वको माओवादी केन्द्रको प्रत्यक्षतर्फ १८ र समानुपातिकबाट १४ गरी जम्मा ३२ सिट मात्र छ।

प्रचण्ड प्रधानमन्त्री बन्दा चीनकै दबावमा एमालेको सहयोगमा ( प्रतिनिधि सभामा ७८ सिट रहेको एमाले) पदासिन भएका थिए । राष्ट्रपति निर्वाचन (२५ फागुन २०७९) पछि भ प्रचण्डलाई नेपाली कांग्रेसले साथ दिएर एमालेलाई प्रचण्डको सहयोगीबाट विस्थापित गरेको थियो ।

२०७०–०७४ को संसदमा ६ सय १ सदस्यीय संविधान सभामा माओवादी केन्द्रको जम्मा ८४ सिट थियो। तुलनात्मक रुपमा यो अहिलेको सिटसंख्या भन्दा बढी हो। त्यो बेला उनी नेकाको सहयोगमा करिब ९ महिना मात्रै प्रधानमन्त्री बनेका थिए ।

पहिलो संविधान सभामा माओवादी सबैभन्दा ठूलो दल थियो। १ सय १३ सिटमा विजयी नेपाली कांग्रेस र १ सय ९ सिटमा विजयी एमालेको सिटसंख्याको जोडभन्दा समेत बढी सिट अर्थात २४० सिट माओवादीको थियो।

पहिलो पार्टी भएर पनि त्यो बेला प्रचण्ड प्रधानमन्त्री पदमा ९ महिनाभन्दा बढी टिक्न सकेनन्।

पहिलो पटक प्रधानमन्त्रीका रुपमा प्रचण्डले २ भदौ २०६५ मा शपथग्रहण गरेका थिए। सरकारले बर्खास्त गरेका तत्कालीन प्रधानसेनापति रुकमाङ्गद कटवाललाई राष्ट्रपति डा. रामवरण यादवले पुनर्बहालीको गरिदिएपछि प्रचण्डले २० वैशाख २०६६ मा राजीनामा दिएका हुन् ।


आन्तरिक राजनीति, भूराजनीतिक सन्तुलन, परिवर्तित राजनीतिक स्वभाव र प्रचण्डको व्यवहारबाद हावी हुँदा यसपटक प्रचण्डको प्रधानमन्त्रीय अवधि अलिक लामो हुने निश्चित छ ।

प्रधानमन्त्री बनेपछि प्रचण्ड नयाँदिल्ली अर्थात भारतको भ्रमण ४ दिन (१७–२० जेठ २०८०) गरे। उनको जारी चीन भ्रमणको अवधि भने ७ दिन (६–१३ असोज) को छ। तर उनले यसपटक चीन जान अमेरिकाको बाटो रोजेर नयाँ कीर्तिमान राखेको व्याख्या गरिरहेका छन्। यसलाई चिनिया राष्ट्रपति सीले सहज रुपमा लिइदिएपछि देशभित्र प्रचण्डले गलत गरेको भन्नेहरु नाजबाफ भएका छन् ।

हाङ्जाओ र बेइजिङमा उनले पाएको सम्मान हेर्दा प्रचण्ड–बेइजिङबीचको मित्रता पूर्ववत् स्थितिबाट नविग्रेपनि दुई देशबीचको सम्वन्धन भने निकै कमजोर बन्दै गएको छ ।
प्रधानमन्त्री प्रचण्डले कार्यकाल नौ महिना पुगेको अवसरमा भगवान शिवको उद्मगस्थल मानिने कैलाश पर्वतको दर्शन गर्ने भएका छन् । यो अर्को रेकर्ड हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com