काठमाडौं,२३ माघ । माओवादी केन्द्रका नेता एवम् प्रदेश १ का इन्चार्ज गोपाल किराती लाई कारवाही गर्न १८ जना पोलिटब्युरो सदस्यहरुले माग गरेका छन् ।
आगामी २५ र २६ गते हुने प्रदेश सचिवालयको बैठक किरातीको नेतृत्वमा नबस्ने भन्दै उनीहरुले पार्टी अध्यक्ष प्रचण्डलाई बैठकको अध्यक्षता गरिदिन अनुरोध समेत गरेका छन् ।
१८ पोलिटब्युरो र एकजना सचिवालय सदस्य गरी १९ जना नेताहरुले प्रचण्डलाई पत्र नै लेखेर किरातीलाई अनुशासनको कारवाहीको माग गरेका हुन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीको निर्णयको उल्लंघन गरेको, जिम्मेवारी बहन नगरेको र वाम गठबन्धनविरुद्ध बिभिन्न क्रियाकलाप गर्दै हिँडेको आरोप पत्रमा लगाइएको छ ।
प्रदेश नम्बर १ का माओवादी संयोजक सावित्रीकुमार काफ्लेकी श्रीमती विना पोखरेललाई राष्ट्रियसभा सदस्य उम्मेदवार बनाएपछि असन्तुष्टि चर्किएको थियो । सहिद परिवारलाई बेवास्ता गर्दै पोखरेललाई टिकट दिलाउन किरातीेले भूमिका खेलेको स्थानीय नेताहरुको आरोप छ ।
यस्तो छ पत्र
प्रतिक्रिया दिनुहोस्