ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालुवाटारमा तीन शीर्ष नेताको बैठक लगत्तै ओली र प्रचण्डबीच छलफल


ABC NEWS

काठमाडौं २४ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दुई सातादेखि अवरुद्ध गरेको संसद् बैठक मंगलबार सञ्चालन भए पनि पुनः एमालेले अवरोध गरेपछि प्रमुख तीन दलका नेताहरुले संसद खुलाउने बारे छलफल गरिरहेका छन् ।

बुधबार बिहान ११ बजेदेखि १ घण्टा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार तीन दलका शीर्ष नेताहरुबीच वार्ता भएको थियो ।

सामूहिक छलफलका क्रममा कांग्रेस नेताहरु कृष्ण सिटौला र रमेश लेखक पनि सहभागी थिए। बुधबार बिहान १ बजे बस्ने गरी संसद् बैठक बोलाइएको छ। त्यसअघि सहमति खोज्न छलफल भएको हो।

गत साउन ३ गते बरामद भएको १०० केजी सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति माग गर्दै एमालेले संसद अवरोध गरिरहेको छ।

तर मंगलबार संसद्‍मा जवाफ दिने क्रममा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले तत्काल उच्चस्तरीय समिति बनाउन नसकिने जवाफ दिएका छन्।

अहिले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गरिरहेकले अर्को समिति बनाउँदा समस्या हुने उनको तर्क थियो। तर गृहमन्त्रीको जवाफमा चित्त नबुझाएको एमालेले बुधबार पनि संसद्‍ अवरोध गरेको थियो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी थिए।

तीन नेताबीचको वार्तापछि बालुवाटारमै प्रचण्ड र ओलीबीच अलग्गै संवाद भएको बताइएको छ। तर यी दुई नेताबीचको संवादको विस्तृत विवरण दुवै पक्षले सार्वजनिक गरेका छैनन्।

पछिल्लो समय ललिता निवासको सरकारी जग्गा हडप्नेहरुविरुद्ध सीआईबीले नै अनुसन्धान गरिरहेको छ।

त्यहीक्रममा सीआईबीले असार १२ गतेयता १९ जनालाई हिरासतमा लिएको छ। तर यसबीचमा सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा नीतिगत निर्णय गर्नेविरुद्ध पनि छानबिन अघि बढाउन आदेश दिएपछि चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ।

सर्वोच्चको आदेशअनुसार नीतिगत निर्णय गर्नेमाथि छानबिन हुँदा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई माथि छानविन गर्ने बाटो खुलेको छ ।

सर्वोच्चले आइतबार आदेश दिएलगत्तै युरोप भ्रमणमा निस्किएका अध्यक्ष नेपाले स्विटजरल्यान्ड पुगेर आफूले कुनै गल्ती नगरेको भन्दै अनुसन्धानमा सहयोग गर्ने बताएका थिए।
भट्टराईले त समाजिक समितिको सिफारिश अनुसार समरजंग कम्पनीको नाममा रहेको जग्गा पशुपति टिकिन्छा गुठीमा दिने निर्णय गरेको भन्दै आफूले जिम्मेवारी नलिने अनौठो प्रतिक्रिया दिंदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com