ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादीको तीन महिने अभियान भदौ १६ देखि , एकैदिन ६७४३ वडामा अध्यक्षबाट उद्घाटन


ABC NEWS
श्रावण २१, २०८० आईतबार   ४ : ०१   बजे

काठमाडौं २१ साउन, । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतासंग माओवादी ( विशेष रुपान्तरण अभियान –२०८०) तीन महिने
२०८० भाद्र १६ गतेसम्म सञ्चालन गर्ने प्रस्ताव गरेका छन् । भदौ १६ गते देशभरका ६७४३ वडामा एकैदिन अभियानको उद्घाटन गरेर शुरुवात गर्ने निर्णय भएको छ ।
अभियान भदौ १६ देखि मंसिर १५ सम्म सञ्चालन गरिने छ ।

अभियान अन्तर्गत अध्यक्ष दाहाल सातवटै प्रदेशका ७ वटा वडामा जाने छन् । त्यहाँ गएर उनले जनतासँग प्रत्यक्ष साक्षात्कार गर्नेछन् । ‘नयाँ सन्दर्भमा जनयुद्धकालीन स्टाइलमामा परिचालन हुने छ । अहिलेको जनताको अपेक्षा र राष्ट्रिय आवश्यकताको प्रतिनिधित्व गर्ने काम हुनेछ’ केन्द्रीय सदस्य राजन दाहालले भने, ‘सरकारले लिएको सुशासन, समृद्धि र सामाजिक न्याय प्रदा नगर्ने अभियान छ पार्टी पङ्तीलाई सहभागी गराउन काम हुनेछ । ‘

दाहालका अनुसार पार्टी काम सरकारले लिएको सकारात्मक कामको प्रचार गर्ने रहेको बताए ।
बुधबारदेखि जारी केन्द्रीय समिति बैठकलाई आइतबार सम्बोधन गर्दै प्रचण्डले नेतृत्वविरुद्ध मुद्दा लगाउन खोजेकै कारण तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग दर्ता गर्नु परेको बताए ।

‘तिनका षड्यन्त्र परास्त गर्न राजनितिक दलले पनि सहयोग गरेर तिनलाई महाअभियोग लगाउनु पर्ने अवस्था आयो’ उनले भने, ‘हामीमाथि मुद्दा लगाउन खोज्नुको पछाडि विचार वर्ग पक्षधरता थियो र आज पनि छ ।’

उनले अघि भने, ‘आज पनि लिडरसिप र पार्टीमाथि घेरावन्दी छ, जेल हाल्ने कुरा गरेका छन् अझै ।’

यद्यपि यो बैठकबाट पार्टी मुख्य नेतृत्वको वरिपरि एकतावद्ध हुने स्थिति बनेको बताए । ‘वाद प्रतिवाद र संवादमार्फत पार्टी एकढिक्का र एकतावद्ध भयो भन्ने लागेको छ’ ३ महिना अभियान चलाएपछि पार्टी नयाँ बन्ने उनले दाबी गरे ।
माओवादीको मुल नेतृत्वमा केन्द्रित भएर हुने आरोपहरुको खण्ड गर्दै अघि बढ्न आग्रह गरेका छन् ।

पार्टीको बुधबारदेखि जारी केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै सरकारले लिएको भ्रष्टाचारविरोधी अभियानलाई साथ दिएर अघि बढ्न पार्टी पंक्तिलाई आग्रह गरे ।

उनले भने, ‘सरकारले थालेको भ्रष्टाचारविरोधी अभियानको फाइलको टुंगोमा नपुगेसम्म रोकिँदैन । हामीले सुशासनको कुरा उठाएपछि अहिले पार्टी नेतृत्वमाथि प्रहार हुन थालेको छ । अब पार्टी मूल नेतृत्वमा केन्द्रित भएका आरोपहरुको खण्डन गर्दै भ्रष्टाचारविरोधी सरकारले लिएको अभियानलाई साथ दिएर यो केन्द्रीय समिति अघि बढ्नेछ ।’

उनले आफू पार्टीभित्र अध्यक्ष र बाहिर गएपछि देशको प्रधानमन्त्री भएकाले त्यही अनुसार जिम्मेवारी सम्हाल्नुुपर्ने बताए ।

उनले बैठकमा भने, ‘प्रधानमन्त्रीले देशको नेतृत्व हुनुपर्छ, म पार्टी अध्यक्ष मात्र होइन, म त्यही अनुसार अघि बढ्नेछु ।’

अहिले पनि पार्टी र नेतृत्व घेराबन्दीमा छ, नेतृत्वप्रतिको दुष्प्रचारको खण्डन गनुस् : प्रचण्ड
प्रचण्डको प्रस्ताव : ‘आफू र नारायणकाजी ७ प्रदेशका ७ वडामा पार्टी विस्तार गर्न जाने’
माओवादी र जनयुद्धका बेलाको कुरा मात्रै गरेर पुग्दैन : प्रचण्ड
माओवादी पदाधिकारीको जिम्मेवारी हेरफेर

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनको शासन शैलीमा रविको ठप्पा : सरकार ‘रेजिम’का रुपमा अझ आक्रामक बन्ने !

रास्वपालाई जनमतको सम्मान गर्न विपक्षीको खबरदारी

सम्बन्धित

बालेनको शासन शैलीमा रविको ठप्पा : सरकार ‘रेजिम’का रुपमा अझ आक्रामक बन्ने !

बालेनले सच्याए सीमा विवादबारेको अभिव्यक्ति

रास्वपालाई जनमतको सम्मान गर्न विपक्षीको खबरदारी

एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने शक्ति अबको युगमा आउँदैन : सभापति लामिछाने

रास्वपाको पहिलो महाधिवेशनः ‘संवैधानिक समाजवाद’ कि नयाँ दक्षिणपन्थी लोकप्रियतावाद ?

रास्वपा राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group