ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कामदारमाथि हुने शोषणमा शून्य सहनशिलता नीति लागु गर्नुपर्ने


admin

काठमाडौं, २२ माघ । संयुक्त राष्ट्रसंघीय बिशेष दूत फिलिपे गोन्जालेज मोरालेसले वैदेशिक रोजगारमा जाने कामदारसँग शुल्क लिने र शोषण गर्नेमाथि शून्य सहनशिलताको नीति लिनुपर्ने बताउनुभएको छ ।

वैदेशिक रोजगारमा जाने नेपाली कामदारको मानव अधिकारको पक्षमा नेपालले चालेका कदमको अध्ययन गर्न आएका बिशेष दूत मोरालेसले सोमबार ललितपुरमा पत्रकार सम्मेलन गरी यस्तो बताउनुभएको हो ।

उहाँले नेपालले कामदारलाई शून्य लागतमा पठाउने नीतिको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने समेत बताउनुभयो । उहाँले ७ वटा प्रमुख गन्तव्य देशमा शून्य लागतमा कामदार पठाउन लिएको नीतिलाई कमजोर रुपमा लागू गर्नुको साथै यसको अनगुमन प्रभावकारी नभएको धारणा पनि राख्नुभयो ।

कामदारसँग विभिन्न शिर्षकमा शूल्क लिने कार्यलाई पूर्णरुपमा प्रतिबन्ध गरिनुपर्ने भन्दै उहाले विभिन्न क्षेत्र र सीपमा काम गर्न जाने कामदाराको करारपत्र गुणस्तरीय बनाउनुपर्नेमा जोड दिनुभयो ।

मोरालेसले गन्तव्य देश जानुभन्दा अगाडिको पूर्व तयारी तालिमलाई सुधार र वृद्धि गर्नुपर्ने बताउदै सरकारले श्रम मन्त्रालय, वैदेशिक रोजगार विभागको कार्यक्षमता बढाउनका लागि आवश्यक बजेट व्यवस्था गर्नुपर्ने बताउनुभयो । ८ दिने भ्रमण सकेर उहा सोमबार नै राष्ट्र संघ फर्कनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com