ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतमा पहिरोले पुरिएर नेपालका एकै परिवारका तीन जनाको मृत्यु


एबीसी न्यूज
असार २५, २०८० सोमबार  ८ : ४० बजे

काठमाडौँ । भारतको हिमाञ्चल प्रदेशस्थित सिम्ला जिल्लाको क्यारामा गएको पहिरोमा पुरिएर तीनजना नेपालीको मृत्यु भएको छ। रूकुम पश्चिमको त्रिवेणी गाउँपालिका–९ का एकै परिवारका तीन जनाको मृत्यु भएको वडाध्यक्ष हरिबहादुर खड्काले जानकारी दिए।

सोमबार बिहान १० बजेतिर आएको पहिरोमा पुरिएर त्रिवेणी–९ खहरेका ५० वर्षीय देबबहादुर वली, उनकी श्रीमती ४८ वर्षीय भिमा वली र १६ वर्षीय कान्छो छोरा मोहन वलीको मृत्यु भएको हो।

उनीहरूको परिवार नै रोजगारीको सिलसिलामा भारत गएका थिए। देबबहादुर र भिमाका जेठा छोरा लोकेन्द्र वली पनि भारतमै उनीहरूसँगै बस्दै आएका थिए।

तर, सोमबार बिहान पहिरो आउँदा बाहिर भएकाले जोगिएको खबर आफूले पाएको वडाध्यक्ष खड्काले बताए।

‘उहाँहरूको परिवार नै भारतमा रोजगारीका लागि गएको थियो। आर्थिक अवस्था कमजोर भएर ऋण लागेपछि परिवार नै उठेर भारत गएको थियो,’ वडाध्यक्ष खड्काले भने, ‘जेठा छोरा लोकेन्द्रलाई लिनका लागि यहाँबाट २ जना मान्छे पठाएका छौं।’ उनीहरू कोठाभित्रै रहेको बेलामा पहिरो खसेको थियो।

कान्छा छोरा मोहन भने यसै वर्षमात्र एसईई परीक्षामा सहभागी भएर भारत गएका थिए। अहिले गाउँमा भने बुहारीमात्रै रहेको खड्काले बताए। क्यारामा विगत तीन–चार दिनदेखि निरन्तर अविरल वर्षा भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र

७ तले घरमा डोजर चलेपछि के भन्छन् घरधनी चाम्लिङ?

सम्बन्धित

लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र

राष्ट्पतिले् संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता गर्नुका कारण

अध्यादेशको बचाउमा कानुनमन्त्री सोविता गौतमको ‘भ्रमपूर्ण दाबी’

निजामती कर्मचारीको ट्रेड युनियन खारेज, अध्यादेशमार्फत नयाँ व्यवस्था लागू

सरकारको ४० दिन: निर्णयमा आक्रामकता, नीतिमा अन्योल र सुकुम्बासी संकटले बढायो दबाब (भिडियो सहित)

७ तले घरमा डोजर चलेपछि के भन्छन् घरधनी चाम्लिङ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com