ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बैतडीमा बस दुर्घटना, एक जनाको मृत्यु, २६ जना गम्भीर


एबीसी न्यूज

 

काठमाडौं २५ असार । बैतडीमा यात्रुबाहक बस दुर्घटना भएको छ। जिल्लाको मेलौरी नगरपालिका–७ सुवाखालीमा सोमबार दिउँसो बस दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार बस दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ।

पञ्चेश्वर गाउँपालिका–६ रन्तोलीका २७ वर्षीय उमेश भण्डारीको उपचारको क्रममा केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।
उनका अनुसार बसमा ३९ जना यात्रु सवार रहेका थिए।

सोमबार दिउँसो पञ्चेश्वरको चिरचौरबाट कञ्चनपुरको महेन्द्रनगरका लागि छुटेको लु २ ख २०११ नम्बरको बस सुवाखालीमा सडकबाट ३ सय मिटर तल खसेको थियो।

दुर्घटनामा २६ गम्भीर घाइते भएका छन्। उनीहरुलाई उद्धार गरेर थप उपचारका लागि प्रहरीले डडेल्धुरा अस्पताल पठाएको छ। अन्य सामान्य घाइतेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।

तीव्र गतिमा रहेको बस अनियन्त्रित भएर सडकबाट तल खसेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इजरायलले इरानसँग ट्रम्प घोषित युद्धविराम स्वीकार गर्‍यो

नोबेल अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

सम्बन्धित

बुवाको नाममा धेरै बजेट छुट्याएको भन्ने आरोपबारे सहरी विकासमन्त्रीको स्पष्टीकरण

स्थानीय तह संघीयताको मेरुदन्ड हुन्- मन्त्री  गुप्ता

स्वास्थ्य मन्त्रालयको प्रस्तावित ‘ओएनएम’को विरोधमा रेडियोलोजिकल सोसाइटीको प्रदर्शन

विदेशी सामाजिक सञ्जालले नेपाललाई हेप्छन्- सञ्चारमन्त्री

चार भुटानी शरणार्थीलाई ५ हजार जरिवाना तिराएर डिपोर्ट गर्ने अध्यागमनको निर्णय

सरकारले लागू गर्‍यो दुईपांग्रेमा युरो ५ र चारपांग्रेमा युरो ६ प्रदूषण मापदण्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com