ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाकिस्तानमा  बाढीपहिरोमा परी ६७ जनाको मृत्यु, १२५ घाइते


एबीसी न्यूज
असार २३, २०८० शनिबार  ७ : ५६ बजे

पाकिस्तानमा  बाढीपहिरोमा परी ६७ जनाको मृत्यु, १२५ घाइते

काठमाडौं २३ असार । पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) का अनुसार पाकिस्तानमा मनसुन सुरु भएयता वर्षाका कारण भएका छुट्टाछुट्टै दुर्घटनामा परी ६७ जनाको मृत्यु हुनुका साथै १२५ जना घाइते भएका छन् ।

देशको पूर्वी पञ्जाब प्रान्तमा वर्षाका कारण सबैभन्दा बढी ४३ जनाको मृत्यु हुनुका साथै ८२ जना घाइते भएको र प्रान्तीय राजधानी लाहोरसहित प्रान्तमा आएको भारी वर्षाका कारण ३१ घर पनि भत्किएको एनडीएमएले जनाएको छ ।

लाहोरका कार्यवाहक मुख्यमन्त्री मोहसिन नकवीले ‘अहिलेसम्मकै उच्च’ मानिएको लाहोरको वर्षाका कारण शहरको नगर क्षेत्रमा बाढी आएको र धेरै क्षेत्र जलमग्न भएका थिए र घण्टौंसम्म सडक यातायात अवरुद्ध भएको बताएका छन् ।

पानी तथा सरसफाई निकायले सार्वजनिक गरेको तथ्याङ्कअनुसार जुलाई ४ मा शहरका केही भागमा २९१ मिलिमिटरसम्म वर्षा भएको थियो ।

वर्षा र डुबानका कारण नगर क्षेत्रमा केही घर भत्किएका थिए ।

लाहोरका आयुक्त मोहम्मद अली रन्धावाले विगत ३० वर्षदेखि शहरमा यति ठूलो वर्षा नभएको बताएका छन् ।

देशको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा वर्षासँग सम्बन्धित छुट्टाछुट्टै दुर्घटनामा परी १८ जनाको मृत्यु हुनुका साथै अन्य ३५ जना घाइते भएका छन् ।

मुसलधारे वर्षाका कारण ४४ घरमा क्षति पुगेको छ भने १४ पशुचौपाया मरेका छन् ।

दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा पाँच जनाको मृत्यु भएको छ भने अन्य आठ जना घाइते भएका छन् । पाकिस्तान प्रशासित काश्मिरमा एक जनाको मृत्यु भएको छ ।

पाकिस्तानको मौसम विज्ञान विभागका अनुसार खैबर पख्तुनख्वाका केही क्षेत्रका पहाडी धारमा अझै आकस्मिक वर्षा हुने र बाढी आउने अनुमान गरिएको छ भने जुलाई ९ मा देशका दुई नदीमा अत्यधिक धेरै बाढी आउने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

७ तले घरमा डोजर चलेपछि के भन्छन् घरधनी चाम्लिङ?

पुर्जा नभएकालाई हटाए ५० लाख नागरिक गरिबीको चक्रमा : अर्थतन्त्र र सामाजिक स्थायित्वमै गम्भीर असरको खतरा

सम्बन्धित

चीन र अमेरिका आणविक विनाशको जोखिम निम्त्याउँदै

ट्रम्पद्वारा युरोपेली गाडीहरूमा कर बढाउने घोषणा: व्यापार युद्धको खतरा

इरान युद्धमा मतभेद: ट्रम्पद्वारा जर्मनीबाट अमेरिकी सेना कटौतीको घोषणा

बुद्ध पूर्णिमाको अवसरमा म्यानमारमा १५ सयभन्दा बढी कैदीलाई आममाफी

हाम्रो आधुनिक समस्याको ९०० वर्ष पुरानो समाधान

ट्रम्पको नाकाबन्दी संकेतपछि २४ घण्टामै तेल मूल्य १३% भन्दा बढी वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com