ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पशुपंक्षीको कलेजो खादा स्वास्थ्यमा फाईदा कि बेफाइदा जानीराखौं


एबीसी न्यूज
असार १४, २०८० बिहीबार  ५ : ३२ बजे

 

काठमाडौं

मासुमा रुची हुनेहरुका लागि पशुपंक्षीको मुटु, कलेजो, फोक्सो पनि निकै स्वाद लाग्ने गर्दछ साथै स्वास्थ्यका लागि पनि त्यतिकै लाभदायक मानिन्छ । यस्तो परिकार बनाउने काइदा पनि फरक हुन्छ ।

यद्यपी मन खोलेर भने खान हच्किन्छन् । कारण, यस्ता खानेकुराले स्वास्थ्यमा असर गर्छ कि भनेर । खासगरी कलेजोको सन्दर्भमा धेरैले डर मान्छन् । पशुपंक्षीको कलेजो धेरैको मनपर्ने परिकार हो ।

तर, यसको सेवन गर्दा हानी गर्छ भन्ने डर धेरैलाई छ । उनीहरुलाई लाग्छ, पशुपंक्षीको सबै रोग एवं विषक्त तत्व कलेजोमा जमेर बसेको हुन्छ । जब हामी कलेजो सेवन गर्छौं, साथसाथै त्यसमा रहेको विषाक्त तत्व पनि ।

कलेजोले कस्तो काम गर्दछः

– कलेजोको काम शरीर विभिन्न प्रकारका विषादीलाई शरीरबाट निष्कासन गर्नु हो । यही कारण पनि मानिसहरुमा यस्तो भ्रम हुन स्वभाविक हो ।

– कलोजोले शरीरमा जम्मा हुने विषाक्त तत्वलाई निष्कासन गर्ने भएपनि यसले सञ्चय गरेर राख्दैन । अर्थात विष कलेजोमा जमेर बस्दैन ।

– उदाहरणका लागि, मदिरा सेवन गर्दा त्यसमा रहेको हानिकारक तत्वले कलेजोलाई क्षति गर्छ । तर, मदिराको विषाक्त तत्व कलेजोमा जमेर भने बस्दैन ।

– बुझ्नैपर्ने अर्को कुरा त के पनि भने, विषाक्त रसायनहरुलाई शरीरबाट निष्कासन गर्नका लागि कलेजोले त्यस्ता रसायनलाई पानीमा घुलनसिल बनाउँछ । ती रसायनहरु रगत हुँदै मिर्गौलामार्फत पिसाबको माध्ययमबाट वाहिरिन्छन् । स्वास्थ्य परीक्षणमा रगत र पिसाब जाँच गर्नुको कारण पनि यही हो । यसबाट शरीरमा बन्ने र प्रवेश गरेका विषधीहरुको वारेमा पत्ता लाग्ने गर्छ ।

कलेजो एक ‘सुपरफुड’

– समाजमा पनि कलेजोलाई उर्जा प्रदान गर्ने पदार्थको रुपमा लिइन्छ । त्यसैले मानिस कमजोर हुँदा कलेजो सेवन गरेको पाइन्छ ।

– कलेजोमा प्रचुर मात्रामा पोषक तत्व हुन्छ । त्यसैले कलेजोलाई पोषणविद्हरुले ‘सुपरफुड’ पनि भन्ने गर्छन् ।

– कतिपय रोग निको पार्नकै लागि पनि कलेजोको सेवन गरिन्छ । क्यान्सर, मुटु, टि।बी। जस्ता रोगबाट ग्रसित मानिसहरुले कलेजोको नियमित सेवन गर्नुपर्छ । यस्ता रोग निको पार्नका लागि कलेजोले विशेष भूमिका खेल्छ ।

– कलेजोलाई यसलाई विभिन्न थेरापीमा पनि प्रयोग गरिदै आइएको छ । कलेजोको सेवनबाट गराईनेमध्येको एउटा थेरापी हो, ग्रेसन थेरापी । यस्तो थेरापीमा कलेजोलाई जुुसको रुपमा सेवन गराइन्छ ।

– कलेजोलाई स्याउ र गाँजर भन्दा बढी पोषिलो खाद्यपदार्थको रुपमा लिइन्छ ।

अत्याधिक भिटामिनबी १२

– विशेषगरी भिटामिन बी १२ को कमी साकाहारीमा हुने गर्छ । कलेजोमा भने यसको मात्रा अत्याधिक हुन्छ । भिटामिन बी १२ ले रक्त कोष निर्माणमा मद्दत गर्छ ।

– भिटामिन बी १२ को कमिले रक्तअल्पताको समस्या निम्तन सक्छ । यो भिटामिनले शरीरको कोषहरुमा हुने डि।एन।ए लाई उचित ढंगबाट काम गर्न प्रेरित गर्छ । त्यस्तै यसले मष्तिस्कको कार्यक्षमता चुस्त बनाउन, अल्जाइमरबाट बचाउन पनि महत्वपूर्ण भूमिका खेल्छ ।

अन्य भिटामिन

– कलेजोमा भिटामिनबी ६, बायोटिन र फोलेट प्रचुर मात्रामा हुन्छ । फलेटको कमीले पनि रक्तअल्पता हुने गर्छ ।

– खानाबाट शरिरमा प्रवेश गरेको भिटामिन ए कलेजोमा जम्मा भएर बस्ने गर्छ । जसलाई चाहिएको अवस्थामा पछिसम्म पनि प्रयोग गर्छ । त्यसैले हामीले कलेजो सेवन गर्दा सँगै भिटामिन ए पनि लिन्छौँ ।

भिटामिन एको कमीले हामी धेरैलाई थाहभएको काम भनेको यसले रतन्धोको समस्या निम्त्याउछ । यो भिटामिनले शरिरको प्रतिरक्षा प्रणालीलाई पनि बलियो बनाउँछ । यसले छालाको बृत्तिविकास गर्नुका साथै छालाई चमक दिने काम गर्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसको ३४ बुँदे चुनावी ‘ब्लूप्रिन्ट’ : एकता, डिजिटल अभियान र गगन थापाको उम्मेदवारी केन्द्रमा

महानगरमध्ये कार्यसम्पादनमा ‘भावी प्रधानमन्त्री’ को काठमाडौं सबैभन्दा कमजोर

सम्बन्धित

बालेन शाहको राजनीतिक उदय: र्‍यापरदेखि प्रधानमन्त्री उम्मेदवारसम्मको यात्रा

हिमाल शर्मा: विद्यार्थी राजनीतिबाट पुस्तान्तरणका योद्धा, काठमाडौं–६ को उम्मेदवार

आज ‘गाईजात्रा’ पर्व, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

घिस्लेन म्याक्सवेल जेफ्री एप्स्टाइनको एकमात्र सहयोगी नभएपनि उनलाई मात्र किन जेल ?

अटिजम स्पेक्ट्रम डिसअर्डर

आधुनिकतावादी वास्तुकलाको मक्का: के तपाईलाई थाह छ ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com