ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी पक्षले दबाव दिएपछि पत्रकारको प्रश्नको जवाफ दिन बाध्य भए मोदी


ABC NEWS

काठमाडौं (एजेन्सी) ८ असार । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पत्रकार सम्मेलन नगर्ने, प्रश्नको जवाफ नदिने र अन्तर्वार्ता पनि विरलै दिने नेताका रुपमा बदनाम छन्। सत्तामा आएयता विरलै उनले पत्रकारको प्रश्नको जवाफ दिएका छन्।

तर, अमेरिका भ्रमणका बेला पत्रकारको प्रश्नको जवाफ दिन मोदी बाध्य भएका छन्।

अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको संयुक्त पत्रकार सम्मेलनमा उनलाई यस्तो बाध्यता आइपरेको हो।

धार्मिक अल्पसंख्यकमाथि उनको सरकारले दमन गरेको विषयमा प्रश्न सोधिएपछि मोदीले लोकतन्त्र भारतको डीएनएमा भएको बताएका थिए।

‘लोकतन्त्र हाम्रो आत्मामा छ। हाम्रो नसामा लोकतन्त्र बहन्छ। त्यो हाम्रो डीएनएमा छ। हामी लोकतन्त्र जिउँछौँ,’ ह्वाइट हाउसको इस्ट रुममा मोदीले भने, ‘भारतको लोकतान्त्रिक मान्यतामा कुनै भेदभाव छँदैछैन। लोकतन्त्रको कुरा गर्दा यदि त्यसमा मानवीय मूल्य र मानवता छैन भने त्यो लोकतन्त्र होइन।’

तर, अमेरिकी पक्षले निकै जोड गरेपछि मात्रै मोदी संयुक्त पत्रकार सम्मेलनमा प्रश्नको जवाफ दिन तयार भएका थिए। सीएनएनका अनुसार यस विषयमा दुई पक्षबीच लामो मोलमोलाइ भएको थियो।

सुरुमा भारतीय पक्ष संयुक्त पत्रकार सम्मेलन नै नगर्ने अडानमा थियो।

पत्रकार सम्मेलनमा बाइडेन भारतको आलोचना गर्नबाट बचे। उनले दुवै देश लोकतन्त्रप्रति प्रतिबद्ध रहेको बताए।

खासगरी युक्रेन युद्ध र मानवअधिकार विषयमा अमेरिका र भारतबीच विमति छन्।

तर, कंग्रेसको संयुक्त सदनलाई सम्बोधन गर्दा मोदीले रुस र चीनको नाम लिएनन्। त्यहाँ पनि उनले एक घण्टाको भाषणमा लोकतन्त्रको उच्चारण १७ पटक गरे।

भारतले पछिल्ला वर्षहरुमा गरेका प्रगतिको सूची मोदी प्रस्तुत गरिहँदा हल तालीले गुञ्जायमान भएको थियो। तर, उनको भाषणलाई कतिपय अमेरिकी सांसदहरुले बहिष्कार गरेका थिए।

मोदीले अमेरिका भ्रमणका क्रममा दुरसञ्चार, सेमिकन्डक्टर, एआईसहित प्रविधिका क्षेत्रमा कयौँ सम्झौता गरेका छन्। त्यस्तै ३ अर्ब डलरको रिपर ड्रोन किन्ने प्रक्रिया पनि अघि बढेको छ।

PM Modi & US President Joe Biden at the Joint Press Conference at White House

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मोदीको एघार वर्ष; चौतर्फी असफलता र निराशा एक समीक्षा : पी चिदम्बरम

सहकारी ठगी प्रकरणमा रविसहित २९ जनाविरुद्ध पर्सामा मुद्दा दर्ता

सम्बन्धित

मोदीको एघार वर्ष; चौतर्फी असफलता र निराशा एक समीक्षा : पी चिदम्बरम

रोष्ट्रमबाटै प्रभु साहले गरे सभामुखसँग सवालजवाफ

लुम्बिनीको बजेट ३८ अर्ब ९१ करोड

सहकारी ठगी प्रकरणमा रविसहित २९ जनाविरुद्ध पर्सामा मुद्दा दर्ता

इजरायलमा ५५ सय र इरानमा रहेका १२ जना नेपाली सुरक्षित छन्- परराष्ट्र मन्त्रालय

काठमाडौँको पासिकोटमा भारतीय नागरिकसँगै नेपाली युवती मृत फेला

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com