ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

७१ हजार टन मल मौज्दात रहेकाले यसपटक किसानलाई अभाव नहुने प्रधानमन्त्रीको आश्वासन


ABC NEWS
असार ८, २०८० शुक्रबार  ३ : ३३ बजे

काठमाडौँ ८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न बिक्री डिपोहरुमा ७१ हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रतिनिधि सभा सदस्य अब्दुल खानको प्रश्नको जवाफ दिँदै दाहालले गत वर्षको साउन महिनादेखि हालसम्म ३ लाख ५१ हजार टन रासायनिक मल आयात भएको बताए ।

प्रधानमन्त्री प्रचण्डले सोमध्ये ७१ हजार टन रासायनिक मल विभिन्न डिपोमा मौज्दात रहेको बताए । यही महिनाभित्र भारतको कलकत्ताबाट ४५ हजार टन डीएपी मल आउने उनको भनाइ छ । प्रधानमन्त्री दाहालले यो वर्ष धान रोप्ने सिजनमा विगतको जस्तो मल अभाव नहुने दाबी गरेका छन् ।

‘रासायनिक मलको आपूर्ति व्यवस्था विगतका वर्षमाभन्दा सुदृढ भएको जानकारी गराउन चाहन्छुु उनले भने ‘रासायनिक मलका लागि १५ अर्ब विनियोजन भएपनि थप २३ अर्बको स्रोत सुनिश्चित गरी मल आपूर्ति व्यवस्थालाई सुदृढ गरिएको छ ।’ मलको आयातमा संघीय मन्त्रालयलाई जिम्मेवार बनाइएको र वितरणकार्यमा प्रदेश र स्थानीय तहहरुलाई परिचालन गरिएकाले सहजता भएको उनको भनाइ छ । मल वितरण प्रणालीलाई पारदर्शी बनाउन आपूर्ति र वितरणमा डिजिटल प्रणाली प्रयोगमा ल्याइएको दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डिजेल र मट्टितेलको मूल्य बढ्यो

बालेन शाहको राजनीतिक उदय: र्‍यापरदेखि प्रधानमन्त्री उम्मेदवारसम्मको यात्रा

सम्बन्धित

डिजेल र मट्टितेलको मूल्य बढ्यो

Communist Unity is Today’s Imperative: Coordinator Prachanda

बालेन शाहको राजनीतिक उदय: र्‍यापरदेखि प्रधानमन्त्री उम्मेदवारसम्मको यात्रा

ओलीको बालेनप्रति व्यंग्य: ‘बतासे अण्डा र बतासको खेती’ – झापा–५ मा चुनावी आगो बल्यो !

फागुन २१ मा चुनाव हुने नहुने ठेगान छैन,उच्च पहाडी र हिमाली जिल्लामा मतदान हुँदैन– ओली

७२ वर्ष पुगेँ, अझै केही वर्ष भिड्छु : प्रचण्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com