ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मरिण गाउँपालिकाको करिब ५६ करोडको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक


एबीसी न्यूज
असार ५, २०८० मंगलबार   ६ : ११   बजे

काठमाडौं, ५ असार । संघ र प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८०/०८१ को बजेट घोषणा गरिसकेका छन् । यतिबेला देशभरका स्थानीय सरकारहरु आगामी आर्थिक वर्षका लागि बजेट तयार पार्ने र सार्वजनिक गर्ने चटारोमा छन् ।

अन्तर सरकारी वित्त व्यवस्थापन ऐनमा स्थानीय तहहरुले १० असारभित्र आगामी आर्थिक वर्षको अनुमानित आयव्ययको विवरण पेस गर्नुपर्ने व्यवस्था छ । सोहीअनुसार सिन्धुलीका स्थानीय पालिकाहरुमा पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउन  सुरु भएको छ । जिल्लाको मरिण गाउँपालिकाले मंगलबार आगामी आर्थिक वर्ष ०८०/०८१ को लागि निति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेसँगै यसको सुरुवात भएको हो ।

 

मंगलबार गाउँपालिकाको दोस्रो गाउँसभा तथा तेस्रो अधिवेशनमार्फत गाउँपालिकाका अध्यक्ष बिमर्श मोक्तान “प्रख्यात”ले आर्थिक बर्ष ०८०/०८१ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । गाउँपालिकाले सभामा करिब ५६ करोड बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाकी उपाध्यक्ष बिमला माझीले आगामी आर्थिक बर्षको लागि ५५ करोड ९६ लाख ५१ हजार ८ सय १ रुयाको बजेट प्रस्तुत गरिन् । जसमा पूँजीगत तर्फ १४ करोड ६७ लाख ५५ हजार र चालु तर्फ ४१ करोड २८ लाख ९६ हजार ८ सय १ रुपैयाँ रहेको छ ।

गाउँपालिकाको आगामी आर्थिक वर्षको निति तथा कार्यक्रममा कृषि, स्वास्थ्य, शिक्षा, रोजगा तथा सामाजिक सुरक्षाका क्षेत्रलाई प्राथमिकता दिइएको छ । विकास तथा पूर्वाधारका क्षेत्रमा खानेपानी, सडक लगायतका भौतिक पूर्वाधारका कार्यक्रम समेत प्राथमिकतामा राखिएको अध्यक्ष मोक्तानले जानकारी दिए ।

गाउँपालिकामा चालु आर्थिक वर्ष ०७९/०८० मा ६५ करोडको बजेट विनियोजित भएकोमा यस वर्ष झण्डै १६ प्रतिशतले बजेट घटेर आएको छ । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जीका अनुसार संघ र प्रदेश सरकारबाटै बजेट घटेर आएपछि गाउँपालिकामा पनि बजेटको आकार घटेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

सक्रिय राजनीतिबाट अलग भएको महराको घोषणा

पासपोर्ट छपाइ भ्रष्टाचारमा आरजु राणालाई अख्तियारले गर्‍यो म्याद तामेल

भिजिट भिसामा ओमान जान लागेका २७ जना महिला प्रहरी नियन्त्रणमा

एमालेको प्रश्न–प्रधानमन्त्रीले स्थायी रूपले अर्थमन्त्रीलाई सबै जिम्मेवारी हस्तान्तरण गरेको हो ?

सुधन गुरुङलाई हर्क साम्पाङको प्रश्न :अनलाइनमा मुख छाड्नेलाई सरकारले के कारबाही गर्छ ?

पूर्व र मध्य भेगमा वर्षा, बागमतीदेखि सुदूरपश्चिमसम्मको तराई भेगमा गर्मी बढ्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group