ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रस्तावित प्रधानन्यायाधीश कार्कीमाथि कुन सांसदले के प्रश्न गरे ?


abc tv
असार १, २०८० शुक्रबार   ११ : ०२   बजे

काठमाडौँ । संसदीय सुनुवाइ समितिमा सांसदहरूले प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रश्न गरेका छन् । संसदीय सुनुवाइ समितिको बैठकमा शुक्रबार दोस्रो दिन सुनुवाइका लागि प्रस्तुत भएका कार्कीलाई सांसदहरूले उनले बिहीबार प्रस्तुत गरेको कार्ययोजना र उनले गरेका काम तथा न्याय निरुपणका क्रममा भएका आदेश एवं क्रियाकलापलाई लिएर प्रश्न गरेका हुन् ।

संसदीय समितिमा बहालदवाला न्यायाधीशले नै उजुरी दिएको विषय पनि प्रश्न उठेको छ । उजुरीकर्ताका कुरा पनि समितिमा सांसदहरुले प्रस्तावित प्रधानन्यायाधीशलाई सोधेका छन् । सांसदहरूले मसयमा मुद्दा सुनुवाइ नहुने, राजश्वका मुद्दामा राज्यलाई मात्रै पराजित गर्ने, एउटै मुद्दामा फरकफरक फैसला र व्यवहार गर्ने गरेको भन्दै प्रश्न गरेका छन् ।

कार्ययोजना प्रस्तुत गर्ने क्रममा संसदीय सुनुवाइ समितिको औचित्यमाथि प्रश्न उठाएको विषयलाई प्रष्ट पार्न पनि सांसदहरूले कार्कीलाई भनेका छन् । संविधानले व्यवस्था गरेको संसदीय सुनुवाइ समितिमाथि किन औचित्यको प्रश्न उठाएको उनीहरूको भनाइ थियो ।

यस्ता छन् कार्कीलाई सोधिएका प्रश्नहरू

अन्तिम समयमा नेतृत्वको अवसर पाउँदा के गर्नुहुन्छ ?

पदम गिरी, एमाले सांसद

न्यायालय सुधारका लागि आफ्नै नेतृत्वमा गरेको न्यायालय सुधारका लागि गरेको प्रस्तावलाई आफ्नो ८ महिने नेतृत्व कार्यकालमा के कति कार्यान्वयन गर्नुभयो ? अन्तिम समयमा नेतृत्वको अवसर पाउँदा के गर्नुहुन्छ ? अदालतका आदेशले पूर्वाधार निर्माणमा समस्या भइरहेको छ । यसलाई कसरी सम्बोधन गर्नुहुन्छ ?

संसद् विघटनको मुद्दामा देखिएको विकृत नजिरलाई कसरी व्याख्या गर्नहुन्छ ?

देवेन्द्र दाहाल, एमाले सांसद

संसदीय सुनुवाइको औचित्यमाथि प्रश्न उठाउने जो हुनुहुन्छ । कार्ययोजनाको पहिलो प्याराग्राफमा संसदीय सुनुवाइ समितिको औचित्यमाथि प्रश्न उठाइएको छ।

अझै प्रतिबद्धता आवश्यकता देखिन्छ । एउटै प्रकृतिका मुद्दाको फैसला पनि फरकफरक हुने गरेको छ । संसद् विघटनको एउटै प्रकृतिको तर छुट्टाछुट्टै फैसला भएको छ ।

यति घण्टाभित्र फलाना व्यक्तिलाई प्रधानमन्त्री बनाउनु भन्ने राष्ट्रपतिका नाममा परमादेश जारी गर्ने । संसद् ज्युँदै थियो । संसद्ले बनाउँथ्यो । यस्तो विकृत नजिरलाई कसरी व्याख्या गर्नहुन्छ ?

न्याय सम्पादन फरक ढंगले गर्ने केही विधि बनाउन सकिन्छ कि ?

जनार्दन शर्मा, माओवादी सांसद

सडक निर्माण गर्दा गरिने निर्णयले वर्षौंसम्म जनताले दुस्ख पाउने गरेका छन् । राजश्वसँग सम्बन्धित विषयहरू तत्काल कार्यान्वयन गर्नुपर्ने हुन्छ । त्यस्ता मुद्दाहरू समयमा हुँदैनन् । भइहाले पनि सरकारको पक्षमा प्राय हुँदैनन् । सरकारको पक्षमा पनि हुनुपर्ने हुन्थ्यो होला । यस्ता कुराहरूमा ध्यान दिँदाखेरि राज्य र जनतालाई फाइदा हुने कुरा हो । यो संस्थागत कुरा हो । न्याय सम्पादनका क्रममा गरिबले न्याय पाउन कति सम्भव छ रु गरिबले कागजप्रमाण बनाउन नसक्ने भएकाले अन्यायमा पर्ने भएको छ । न्याय सम्पादन फरक ढंगले गर्ने केही विधि बनाउन सकिन्छ कि ?

न्यायाधीश नियुक्तिमा भएको ढिलाइमा तपाईंको पनि भूमिका छैन र ?

महेश बर्तौला, एमाले सांसद

यहाँप्रति आभार व्यक्त गर्न चाहन्छु । शुभकामना दिन चाहन्छु । न्यायपालिकाप्रतिको भरोसा कमजोर हुँदै गएको विश्वास टुट्दै गएको देखिन्छ । यस्तो कारण किन बन्न पुग्यो ?

अदालतमा विभिन्न प्रकृतिका मुद्दा हुन्छन् । उस्ताउस्तै मुद्दाहरूमा बेन्च छोडेर हिँड्नुहुन्छ । आफूलाई असजिलो हुने मुद्दामा बेन्चबाट भाग्नुहुन्छ भन्ने कुरा पनि छन् । कार्ययोजना प्रस्तुत गर्दा सर्वोच्चमा मुद्दाको चाङ रहेको बताउनुभयो । आवश्यक स्रोत र जनशक्तिको पनि मुख्य कारण हो । आज उच्च अदालतमा मात्रै तीन दर्जनभन्दा बढी न्यायाधीश रिक्त हुनुहुन्छ । मुख्य न्यायाधीश नै ६ जनाको हाराहारीमा खाली हुन्छ । सर्वोच्चमा मात्रै ७ जना न्यायाधीशको सिट खाली रहेको अवस्था छ ।

यति लामो समय कामु भइरहँदाखेरि प्रधानन्यायाधीश जसरी काम गर्दा के कुराले अवरोध गरेको थियो ? न्यायाधीश नियुक्तिका लागि यस प्रकारको चाङमा तपाईंको सहयोगी भूमिका रहेन र ? प्रधानन्यायाधीश छोटो समयमा हुँदै गर्दा नियुक्ति प्रक्रिया कसरी टुंग्याएर पहलकदमी लिन सक्नुहुन्छ ?

विचौलिया नियन्त्रण र मुद्दा हालेर अन्तरिम आदेश जारी गरी अनिर्णित हुने अवस्थाको कसरी अन्त्य हुन्छ ?

ज्ञानेन्द्रबहादुर कार्की, कांग्रेस सांसद

सबैभन्दा कम समय प्रधानन्यायाधीश रहनुहुने अपेक्षा छ । विचौलिया नियन्त्रण र मुद्दा हालेर अन्तरिम आदेश जारी गरी अनिर्णित हुने अवस्थाको कसरी अन्त्य हुन्छ ?

सम्भवतः अनुमोदन हुनुभयो भने छोटो समयका लागि प्रधानन्यायाधीश बन्नुहुनेछ । यो छोटो समयमा उदाहरणीय काम गरेर जानुहोस् शुभेच्छा छ ।

संसदीय सुनुवाइ समितिको प्रक्रिया नै गलत हो भन्ने बुझाइ हो ?

डीपी अर्याल, रास्वपा सांसद

नियुक्तिबाट नै भ्रष्टाचार हुन्छ भन्ने तपाईंले दिएको प्रतिवेदनमा छ । त्यो तपाईंको नियुक्ति पहिले नै भएको हो कि पछि रु न्यायाधीशहरूको नियुक्ति प्रक्रिया नै त्रुटिपूर्ण भन्ने सुनिन्छ । यहाँले समितिप्रति प्रश्न खडा गर्नुभएको छ । यसको अर्थ संसदीय सुनुवाइ समितिको प्रक्रिया नै गलत हो संविधानबाट नै हटाउनुपर्छ ? यो बुझाइ हो ?

जग्गा खाइदियो भन्ने उजुरीमा के भन्नुहुन्छ ?

रमेशजंग रायमाझी, कांग्रेस सांसद

सर्वोच्च अदालतको मुद्दा गोला सिस्टममा गएको छ । ६० प्रतिशत सकियो भन्नेभयो, ४० प्रतिशत कहिले सकिन्छ ? वहालवाला न्यायाधीशले उजुरी दिनुभएको छ कोड अफ कन्डक्ट लागू हुन्छ कि पर्दैन ? जग्गा मीनभवनमा रहेको मेरो जग्गा खाइदिएको छ । हरिकृष्ण कार्कीको आफन्त पनि यसमा छन् । ८ आना जग्गा खाएर मेरो मुद्दामा १५ दिनमा पेसी चढाएको, किर्ते गरेर मलाई सडकमा पुर्‍याएको भनेर उजुरी आएको छ , यसमा के भन्नुहुन्छ ?

संक्रमणकालीन न्याय निरुपणको कुरा सर्वोच्चको क्षेत्राधिकारमा पर्छ ?

जगप्रसाद शर्मा, माओवादी सांसद

न्यायाधीशलाई महाभियोग लगाएर पारित भएपछि मात्रै कारबाही गर्ने व्यवस्था छ । महाभियोगबाहेकको अन्य प्रणाली छ कि छैन ? गोलाप्रणालीबाट पेसी तोक्नेबाहेक अन्य सेवामा अटोमेसन प्रणालीका लागि के समस्या छ ? उजुरीकर्ताहरूको सन्दर्भमा सामान्यतः कमीकमजोरी नगर्ने अलौकिक शक्ति हुन्छ ।

मानवबाट कमीकमजोरी हुन सक्छन् । गणेशलाल अवालेका उजुरी पनि आए बहालवाला न्यायाधीशका उजुरी पनि आए । कतिपय उजुरी आग्रहपूर्वाग्रहका पनि छन् । कतिपय त्यसबाट मुक्त पनि छन् ।

संक्रमणकालीन न्यायद्वारा निरुपण गर्नुपर्ने मुद्दाहरूमा सर्वोच्च अदालत आकर्षित भएको देखिन्छ । के सर्वोच्च अदालतको क्षेत्राधिकारमा ती कुरा पर्छन् रु

सुनुवाइ समितिबारे गम्भीर प्रश्न उठाउनु भएको छ, प्रश्न धेरै भएर डराउनु भएको त होइन ?

प्रकाश अधिकारी, जसपा सांसद

सुनुवाइ समितिका बारेमा धेरै गम्भीर प्रश्न उठाउनुभभएको छ । न्यायालयका क्षेत्रबाट हो । अन्य क्षेत्रमा पनि सुनुवाइ गरिन्छ । न्यायालय क्षेत्रका बारेमा मात्रै होइन । यो गम्भीर लागेको छ मलाई । न्यायालयमा अव्यवस्था छ । २९ जनाभन्दा बढीले हामीसमक्ष उजुरी गर्नुभएको छ । यसको डर त होइन ? यसलाई कसरी प्रश्न उठाउनु भयो ? संवैधानिक प्रक्रियाअनुसार आउनुपर्ने पनि छ । संवैधानिक पदमा आसिनहरूबाट उठेका प्रश्नको प्रभाव कस्तो पर्छ ? आफूमाथि आउने प्रश्नको डर त होइन ? वर्षौंदेखिको मुद्दाको बारेमा सुनुवाइ भएको छैन तर २ महिना अगाडिको मुद्दा फैसला भएको छ । देवानी मुद्दामा पनि त्यस्तो छ । राज्यका महत्त्वपूर्ण मुद्दा त हुन्छ तर अन्य मुद्दामा पनि त्यस्तो हुन्छ । तर २ महिना अगाडिको मुद्दा नै कागजात बनाएर मिलाएर फैसला गर्नुहुन्छ ।

प्रधानन्यायाधीश भएपछि यसलाई कसरी प्रणालीमा ल्याउनुहुन्छ ? २ महिनाको मुद्दा फैसला हुने तर १० वर्षदेखिको नहुने कसरी हुन्छ ? यसलाई कसरी व्यवस्थापन गर्नुहुन्छ ?

भूमाफियाको खेल पनि चलेको छ । धेरै अन्यायमा परेको जस्तो छ । गणेश अवालेको कुरा सुन्दा उहाँ अन्यायमा परेको हो कि जस्तो पनि छ । न्याय परिषद्मा रहेका वर्षौंदेखिका उजुरीबारे पनि सुनुवाइ भएको पाइएन । यिनलाई कसरी फर्छ्यौट गर्नुहुन्छ ?

भावी प्रधानन्यायाधीशले संसदीय सुनुवाइ समितिमाथि प्रश्न उठाउने ?

ईश्वरी न्यौपाने, कांग्रेस सांसद

गरिबले त न्यायालयमा न्याय नै पाउँदैन भन्ने परेको छ । तपाईंले संसदीय सुनुवाइ समितिमाथि प्रश्न उठाउने रु सर्वसाधारण मान्छेले भनेको भए केही हुने थिएन । तर भावी प्रधानन्यायाधीशले यसरी लेख्नुभएको छ । यसबारे प्रस्ट पार्नुहुनेछ ।

छोटो समयको प्रधानन्यायाधीश तर यति धेरै उजुरी आएको पहिलो घटना हो । बहालवाला न्यायाधीशले नै नेतृत्व गर्नुभएको थियो । भित्र आएर नारा पनि लगाउनुभएको थियो । आफ्नो न्यायाधीशले त्यसो गर्दा कसरी अगाडि बढ्नुहुन्छ ? आफ्ना कलिगहरूलाई कसरी अनुशाशनमा राख्नुहुन्छ ?

सार्वजनिक सरोकारको मुद्दाहरू पर्ने गरेका छन् । सार्वजनिक सरोकारका मुद्दा भनेर मुद्दा हाल्ने र जनताका विकासका कुरा रोकिने घटना भएका छन् । यसलाई कसरी रोक्नुहुन्छ ? तपाईंमाथि ‘कुनै पार्टीको कार्यकर्ता हुनुहुन्थ्यो, कार्यकर्ता भएर सेटिङमा न्यायाधीश हुनुभयो’ भन्ने प्रश्न छ । सार्वजनिक जग्गा व्यक्तिको नाममा सार्ने, गणेश अवालेको जग्गा अर्कै व्यक्तिको नाममा गर्नुभएको र त्यसमा तपाईंले अंश पाएको कुरा पनि छ ।

अदालतमा हड्ताल गरेर न्यायपालिकाको ढोका बन्द गराएको कुरा छ । इजलास बहिष्कार गर्नुभएको थियो तर सो समयको तलबभत्ता पनि लिनुभएको थियो । संसदीय सुनुवाइ समितिलाई प्रश्न के कारणले उठाउनुभएको हो ? यो कुराले अप्ठ्यारो लाग्यो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

असममा खस्यो भारतीय वायुसेनाको विमान

पाराग्वेमाथि अमेरिकाको प्रभावशाली ४–१ को जित, विश्वकप अभियानमा दमदार सुरुआत

तेहरान–वासिङ्टनबीच बर्फ पग्लिँदै : दशकौँको शत्रुता अन्त्यको दिशामा ?

एल निनो: पृथ्वीलाई तर्साउने अदृश्य ‘राक्षस’ कि प्रकृतिको चेतावनी?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group