ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिंगो महाकाली नेपालको हो, भारतले बलियोपन देखाएर हेप्यो (भिडियो) – वरिष्ठ पत्रकार रिसाल


ABC NEWS
जेष्ठ २१, २०८० आईतबार  १० : ३८ बजे

काठमाडौं, २१ जेठ ।

रासस प्रवेश ः
पत्रकारिताको दौरानमा २०२० सालमा भैरव रिसाल राष्ट्रिय समाचार समिति (रासस) मा प्रवेश गर्नुभयो । नेपाली राजनीतिमा शिखर पुरुष भनेर समेत चिनिने नेपाली कांग्रेसका संस्थापक बीपी कोइरालाले उहाँसँग भन्नुभएछ, ‘राजाले ठूलो झ्यालबाट हेर्दा जस्तो देखिन्छ, मैले सानो झ्यालबाट हेर्दा पनि त्यही नेपाल देखिन्छ ।’ । दक्षिण एसियाकै पहिलो निर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीसहित कम्युनिष्ट नेतासँग भएको भेट एवम् संवादको आफ्नै महत्व छ । इमानदार मान्छे टिक्छ, बेइमान धेरै टिक्दैन । कति जना मान्छे जस्तै पुष्पलाल, बीपी मरेर पनि बाँचेका छन्, उहाँले भन्नुभयो । बीपीसँग अन्डरस्ट्याण्डिङ् थियो, मेन्टेन गरेकोले मलाई माया पनि गर्नुहुन्थ्यो, उहाँले आफ्नो आत्मकथा हामीलाई सुनाउनुभयो । उहाँले राजनीतिज्ञसँग हुने गोप्य समाचारको इमानदारपूर्वक सन्तुलन राख्ने भएकाले बीपी र मनमोहन जस्ता नेताले आफूलाई विश्वास गरेको बताउनुभएको हो ।

म्यारिज् लब !
उहाँको विवाहको रोचक प्रसंग छ । दोस्रो विवाह सुशीला रिसालसँग हुँदा गहना सबै मागेर ल्याएको कुरा पहिले नै दुलहीलाई लेखेर भनिदिनुभएछ । मेरो लब म्यारिज् होइन, म्यारिज् लभ हो, उहाँले ठट्यौली पाराले आफ्नो विवाहको कुरा भन्नुभयो । अर्थात्, विवाहपछि एकअर्कामा साथ, सहयोग बढ्दै गएको उहाँले भन्नुभयो ।

घर वास्ता नगर्ने भैरव ः
भैरव रिसालकी पत्नी सुशीला रिसाललाई लाग्छ, कमसेकम एक, दुई घण्टा वा आधा–आधा घण्टाको समयमा श्रीमान्सँग केही न केही कुरा गर्नुपर्छ । तर पटक्कै बोल्नुहुन्नँ, उहाँ सधैं लेखपढमै व्यस्त । उहाँले आफ्नो मनको कुरा हामीलाई भन्नुभयो । अब त, घरमा झगडा गर्ने मान्छे पनि छैन, भैरव र सुशीलाले एउटा सहमति गर्नुभएको छ रे, चित्त नबुझेको कुरामा एकले आफ्नो सबै कुरा राखुन्जेल अर्को चुप लाग्ने ।

पत्रकारितामा संघर्षको कुरा गर्दै सुशीला भन्नुहुन्छ, ‘उहाँको बानी सबै राम्रो छ । अहिले त घरमै बसिन्छ । त्यो बेला त घरै वास्ता नगर्ने । घरको भान्सा कसरी चलिरहेको छ, छोराछोरी कसरी पढिरहेको छ वास्तै नगर्ने । एक प्रकारले त फ्रि छोडिदिएको हो । तर, अब त्यस्तो गुनासो केही छैन ।’

सिंगो महाकाली नेपालको ः

यस्तै घरव्यवहारको आवश्यकताले पनि होला २०१७ सालपति उहाँलाई सरकारी जागिर खान मन लागेछ । त्यसपछि २६ महिना नेपाल भारतको सीमा क्षेत्रमा लिपुलेक, लिम्पियाधुरा, कालापानी क्षेत्रमा जनगणना अधिकृतको रुपमा काम गरेको अनुभव उहाँसँग छ । तर, त्यो क्षेत्रमा त्यतिबेला मानवबस्ती त्यति बाक्लो थिएन । त्यो नेपालको भूमि नेपालले नै पाउनुपर्ने उहाँले बताउनुभयो । सो सीमा विवादको विषयमा उहाँले भन्नुभयो, ‘सिंगो महाकाली हाम्रो हुनुपर्छ, भारतले बलियोपन देखाएर हामीलाई हेपेको हो ।’

उहाँले महाकवि लक्ष्मीप्रसाद देवकोट, बालकृष्ण सम र लेखनाथ पौड्याल समावेश नेपाली वाङ्मयका तीन नक्षत्र, जीवन कथामा आधारित सुशीला भैरव, त्यो बेलाको नेपाल, छानएिका रचना नामका पुस्तक प्रकाशन भइसकेका छन् । अबको जन्मदिनमा एउटा पुस्तक निकाल्ने योजनामा उहाँ हुनुहुन्छ । आफूले लेखेको लेखको सन्दर्भमा उहाँले नेपालमा एशियाली मापदण्डको अवधारणा नभएको बेलामा एशियाली मापदण्ड मन्त्रीमण्डलको ठगी खाने भाँडो भनेर लेख लेख्नुभएकै कारण तत्कालीन समयमा दश महिना जेल पर्नुभयो । उहाँको जेल डायरी छ, साँधुलाई सुली ।

जीवन भनेको सक्रियता ः
तर, वर्तमान अवस्थाको पत्रकारिताप्रति उहाँ चिन्तित देखिनुहुन्छ । अहिले पत्रकारिता छैन, पैसाकारिता छ । पत्रकारितालाई साहुले किनिदिएको गुनासो उहाँ गर्नुपर्छ । दरबार आइस्कुलमा संस्कृति पढेका भैरवलाई यो उमेरमा पनि अध्यात्ममा भने विश्वास लाग्दैछ । भन्नुहुन्छ, जीवन भनेको सक्रियता, क्रियाशीलता हो निष्क्रिय जीवनको काम छैन ।’

कुनै व्याख्या, परिभाषा नै नभएको समयको पत्रकारितामा इमानदारीता, लगनशीलता अझ भन्नुपर्दा सत्य र तथ्यको स्थान सधैं उचो रहन्छ भन्ने एउटा जिउँदो इतिहासको रुपमा बुझ्न सकिन्छ, वरिष्ठ पत्रकार भैरव रिसालको अन्तरकथा । संकट पर्दछ मानिसलाई ढुंगालाई के पर्दछ, असिना आई फुलबारीकै फुल पहिले झार्दछ । युग कवि सिद्धिचरण श्रेष्ठले भनेझैं मान्छेको जीवनमा स्वभाविक रुपमा आइपर्ने दुख, अभाव र विभिन्न चुनौतीलाई चिर्दै पत्रकारिता क्षेत्रमा एउटा खम्बा बन्न सफल हुनुभयो भैरव रिसाल ।

 

 

फोटो÷भिडियो ः ध्रुव अधिकारी

(एबीसी टेलिभिजनको कार्यक्रम आत्मवृतान्तका लागि वरिष्ठ पत्रकार भैरव रिसालसँग गरिएको संवादमा आधारित )

पहिलो अंशको लागि यो पनि हेर्नुहोस्  https://www.abcnepal.tv/posts/19649

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मिडियाले नरसंहारलाई कसरी ‘बेचिरहेको’ छ? : गाजा संहारको कथा

जनतालाई न्याय दिन अध्यादेश ः रास्वपा नेता, आले । भिडियो

सम्बन्धित

मिडियाले नरसंहारलाई कसरी ‘बेचिरहेको’ छ? : गाजा संहारको कथा

विपक्षीले छाडेनन् अवरोध दोस्रो बैठक पनि स्थगित

एमाले नेता थापाको रास्वपालक्षित अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सभामुखको रुलिङ

राष्ट्रिय सभामा काँग्रेसको प्रश्नः प्रधानमन्त्रीले अपनत्व नै नलिएको नीति तथा कार्यक्रममाथि छलफल किन गर्ने ?

सरकारसँग सांसदहरुको मागः किसानलाई मलको अभाव नहोस्, अवरुद्ध चिया निर्यात सहज गरियोस्

सरकारलाई सांसद अधिकारीको प्रश्तावः विश्वको सर्वोच्च शिखर सगरमाथाको शीतलतालाई मुलुकको अर्थतन्त्रको बलियो आधार बनाऔं

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com