ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

छालाको सुरक्षा कसरीगर्ने सौन्दर्यबिद अनिलकुमार भट्ट के भन्नुहुन्छ


एबीसी न्यूज

 

काठमाडौं । गर्मी मौसमको सुरुवातसँगै धेरैलाई आफ्नो छालाको चिन्ता हुन थाल्छ । किनकि चर्को घामको हानिकारक किरणले छालामा सनर्बन, दागधब्बा र चिल्लोपनजस्ता समस्या देखा पर्छ । छालामा हुने यस्ता समस्याबाट बच्न विशेष ध्यान पुर्‍याउनुपर्छ ।

छालालाई घामको सम्पर्कबाट बचाउन सनस्क्रिनको प्रयोग गर्नुपर्ने कुरा त धेरैलाई जानकारी हुन्छ । तर कस्तो सनस्क्रिम लगाउने र कसरी लगाउने भन्ने कुराको भने दुविधा हुन्छ ।

यस्तोमा गर्मीमा सनस्क्रिन किन्दा के के कुरामा ध्यान दिने कसरी प्रयोग गर्ने लगायत विषयमा के भन्नुहुन्छ छाला तथा सौन्दर्यरोग विशेषज्ञ डा अनिलकुमार भट्ट

किन लगाउने सनस्क्रिन

सूर्यबाट आउने किरणमा यूबीए, यूबीबी, यूबीसी, भिजिबल लाइट लगायत विभिन्न लाइट हुन्छन् । जसमध्ये पराबैजनी किरण जसमा यूबीए र यूबीबीले छालालाई केही नकारात्मक असर गर्छ । यी पराबैजनी किरणबाट बच्न हामीले सनस्क्रिन लगाउनुपर्ने हुन्छ ।

गर्मी मौसममा मात्र होइन बाह्रै महिना सनस्क्रिन लगाउनु उत्तम हुन्छ । किनकि जाडोमा पनि सूर्यबाट आउने किरणमा यूबीए र यूबीबीजस्ता हानिकारक किरण आइरहेको हुन्छ ।

कति एसपीएफको सनस्क्रिन लगाउने

एसपीएफ ३० र एसपीएफ ५० कतिको सनस्क्रिन लगाउने भन्ने प्रश्न धेरैको हुन सक्छ । एसपीएफ ३० र एसपीएफ ५० मा खासै धेरै फरक हुँदैन । साधारणतया ३० एसपीएफ लगाउँदा पनि हुन्छ । तर जसको अनुहारमा चाया, पोतो, कालो दाग छ, जसलाई दिनभरि घाममा काम गर्नुपर्छ उनीहरूले एसपीएफ ५० लगाउँदा राम्रो हुन्छ । घामको एलर्जी हुनेले एसपीएफ ८० भएको सनस्क्रिन लगाउन सक्छन् ।

कस्तो सनस्क्रिन लगाउने

सबैभन्दा पहिले आफ्नो छाला कस्तो प्रकारको हो त्यो थाहा पाउनुपर्छ । आफ्नो छालाअनुसारको सनस्क्रिनको प्रयोग गर्नुपर्छ । आफ्नो छाला कुन प्रकारको हो भन्ने कुरा थाहा पाउन छालारोग विशेषज्ञको सल्लाह लिनुपर्छ ।

चिल्लो छाला छ भने पानी तथा जेल बेस सनस्क्रिनको प्रयोग गर्नुपर्छ । सामान्य छाला छ भने जुनसुकै लगाउँदा पनि हुन्छ । सुख्खा छाला छ भने क्रिम बेस सनस्क्रिनको प्रयोग गर्नुपर्छ । त्योबाहेक कसै(कसैको छाला धेरै संवेदनशील छ भने मिनिरल्स सनस्क्रिनको प्रयोग गर्नुपर्छ ।

कसरी लगाउने

घरबाट निस्कनुभन्दा १०–१५ मिनेटअघि सधैं सनस्क्रिन लगाउनुपर्छ । अतिरिक्त सुरक्षाको लागि प्रत्येक दिनमा दुईदेखि तीन पटक लगाउनु राम्रो हुन्छ । वाटर प्रुफ सनस्क्रिन पानीमा भएको लगभग ४० देखि ८० मिनेटको लागि प्रभावकारी हुन्छ, त्यसैले पानीबाट बाहिर निस्केपछि यसलाई पुनः लगाउनुपर्छ । घरबाट बाहिर निस्कँदा मात्र होइन घरभित्र हुँदा पनि सनस्क्रिन लोसन लगाउनुपर्छ ।

सनस्क्रिन लगाउँदा के के कुरामा ध्यान दिनुपर्छ

एसपीएफ कति छ र तपाईं कति घामको सम्पर्कमा आउनुहुन्छ भन्ने कुरा ध्यान दिएर मात्र सनस्क्रिन किन्नुपर्छ । सनस्क्रिन किन्दा एसपीएफ मात्र नभइकन पराबैजनी किरण ए पनि भएको हेर्नुपर्छ । यदि ९पीएं अथवा चारवटा प्लस भएको सनस्क्रिन छ भने त्यो अझ राम्रो हुन्छ ।

घाममा निस्कनुअघि टोपी, चस्मा र पूरा बाहुला लुगा पनि लगाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

युद्धविरामका लागि ट्रम्पसँग समन्वय गरिदिन ओमान, कतार र साउदीलाई इरानको आग्रह

इजरायल–इरान द्वन्द्व चर्किएपछि भारत सतर्क, बनायो ‘कन्ट्रोल रुम’

सम्बन्धित

अटिजम स्पेक्ट्रम डिसअर्डर

आधुनिकतावादी वास्तुकलाको मक्का: के तपाईलाई थाह छ ?

हामी किन अप्रिय कुराहरू गर्छौं

ट्रम्प म्याकिन्लेसँग किन यति धेरै मोहित छन्?

जापानको शौचालय मजाक ! नवप्रवर्तन फस्टाइरहेको छ!!

इलन मस्क नोबेल शान्ति पुरस्कारका लागि एक बलियो उम्मेदवार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com