ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नक्कली भुटानी प्रकरणमा मुछिएकालाई कारबाही गर्न शरणार्थीको माग


एबीसी / संवाददाता
जेष्ठ ९, २०८० मंगलबार  ८ : ३३ बजे

पथरी, ९ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकालाई कारबाहीको माग गर्दै सक्कली भुटानी शरणार्थी सडकमा निस्किएका छन् । मोरङको पथरी शनिश्चरे शिविर क्याममा रहेका भुटानी शरणार्थीले उक्त प्रकरणमा संलग्नलाई कारबाहीको मागसहित आफूहरुको व्यवस्थापनमा ध्यान दिन सरकारलाई आग्रह गरेका छन् ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोह पक्राउ परेसँगै देशभर व्यापक विरोध भइरहेको छ । पथरी शनिश्चरे–१० मा रहेका भुटानी शरणार्थीले भुटानीप्रति भएको बैमानी, शरणार्थीको नाम बेचेर गरिएको मानव तस्कर, छुटेका भुटानीको पुनःस्थापना गर्नुपर्ने माग राख्दै शान्तिपूर्ण आन्दोलन गरेका छन् । सोझा जनतालाई अमेरिका पठाउने प्रलोभनमा पारेर नेपालका विभिन्न स्थानबाट करोडौँ ठगी गर्ने गिरोह धमाधाम पक्राउ पर्न थालेपछि यसको प्रतिकारस्वरुप विभिन्न क्षेत्रमा विरोध आन्दोलन भइरहेका छन् ।

नक्कली शरणार्थीका कारण सक्कली शरणार्थीको पुनर्मिलन कार्यमा ढिलासुस्ती गरेको भन्दै भुटानी शरणार्थीले विरोधमा उत्रिएका हुन् । आज वाइएफसी पथरी शनिश्चरे क्याम्पको आयोजनामा भएको विरोध र्‍यालीमा शरणार्थी समस्या समाधान गर, कि गरेर खाने अधिकार देउ नत्र गाँस बाँस कपास देउ, जनता बेच्न पाइँदैन, यस्ता नेता चाहिँदैन, भुटानीलाई न्याय दे, शरणार्थीलाई पुनःस्थापना गरलगायतका नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका थिए ।

पथरी शनिश्चरे शिविरको होम केयर सेन्टरबाट सुरु भएको र्‍यालीले भुटानी शरणार्थी शिविर परिक्रमा गरी वडा नम्बर १० को वडा कार्यालय अगाडि कोणसभा गरेको छ । कोणसभामा सामाजिक अभियान्ता प्रदीपकुमार राई, शान्ति पाख्रिनले शरणार्थीको समस्या हल गर्नुको साटो उल्टै पुनःस्थापनको बाटो बन्द गर्ने कोसिस गरेको बताए ।

शनिश्चरे शिविर क्यामका सहसचिव राम बानियाँले देशमा बेतिथिले पराकाष्ठा पार गरेको भन्दै यो अन्त्य गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिए । उनले भुटानीको समस्या र यस्तो बेथिति न रोकेसम्म संघर्ष जारी राख्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

७२ वर्ष पुगेँ, अझै केही वर्ष भिड्छु : प्रचण्ड

चुनावी मैदानबाहिर देउवा समूह : मौनता, असन्तुष्टि र ‘इनभिजिबल रोल’ को राजनीति

सम्बन्धित

फागुन २१ मा चुनाव हुने नहुने ठेगान छैन,उच्च पहाडी र हिमाली जिल्लामा मतदान हुँदैन– ओली

तोड्ने होइन, जोड्ने राजनीतिमा विश्वास गर्छु : गगन थापा

नक्सामा समेटेको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा यो वर्ष पनि मतदानको अवसर नपुग्ने

सुनसरी–१: घण्टी र माटो भिड्दा पुराना दल गठजोडको तयारीमा

बालेनको घरको गेटमा तोडफोड

कोशीको चुनाव : हेभीवेट बिदा, नयाँ पुस्ताको परीक्षा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com