ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बचतकर्ताको डेढ अर्ब फिर्ता गर्न नसकेपछि सहकारीका अध्यक्षसमेत रहेका ढोरपाटनका एमाले मेयर फरार


एबीसी न्यूज

 

काठमाडौं ९ जेठ । बचतकर्ता र सेयर सदस्यको करिब डेढ अर्ब फिर्ता गर्न नसकेपछि बागलुङको इमेज बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्षसमेत रहेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली सम्पर्कविहीन भएका छन् । भाग्न सक्ने आशंकामा अध्यागमन विभागले नेपालीसहित सहकारीका कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन, सञ्चालक चित्रबहादुर भण्डारी तथा सदस्यद्वय रूपा विक र झगबहादुर शाहीलाई विदेश जान रोक लगाएको छ ।

‘सहकारीले बचतकर्ता र सेयर सदस्यको रकम फिर्ता गर्न नसकेको रहेछ, विदेश भाग्न सक्ने भनेर जिल्ला प्रशासनबाट सोमबार पत्र प्राप्त भएसँगै विदेश जान रोक लगाएका छौँ,’ अध्यागमन विभागका सूचना अधिकारी खिमराज भुसालले भने ।

सहकारीका सञ्चालक नै फरार भएपछि बचतकर्ता र सेयर सदस्यले संघर्ष समिति बनाएका रकम फिर्ताका लागि पहल गरिरहेका छन् । ६ सयभन्दा बढी सेयर सदस्य जम्मा भएर बचतकर्ता डिलबहादुर कार्कीको संयोजकत्वमा समिति गठन गरिएको छ । ‘बचतकर्ता र सेयर सदस्यहरूको गरी सहकारीले करिब डेढ अर्ब फिर्ता गर्नुपर्नेछ । तर, सञ्चालक नै फरार भएपछि हाम्रो विचल्ली भएको छ,’ कार्कीले भने, ‘सहकारीमा सेयर सदस्यभन्दा गैरसेयर सदस्यको कारोबार बढी देखिएको छ । हामीले प्रशासनमा उजुरी दिएका छौँ । हेरौँ के हुन्छ ?

मेयर नेपालीले सहकारीको रकम घरजग्गामा लगानी गरेका थिए । तर, घरजग्गा व्यवसायमा गिरावट आएपछि रकम फिर्ता गर्न नसकेपछि उनी फरार भएका हुन् । उनले पछिल्ला वर्षमा मात्र पोखरा, बाग्लुङ बजार र ढोरपाटको बुर्तिवाङमा घर किनेका थिए ।

जिल्ला प्रहरी कार्यालय बाग्लुङका इन्सपेक्टर योगेन्द्र खड्काका अनुसार मेयर नेपाली ५ जेठदेखि परिवारसहित सम्पर्कविहीन छन्, उनको मोबाइल पनि स्विचअफ छ । सहकारीका अन्य सञ्चालकले पनि मोबाइल अफ गरेका छन् । १ जेठमा बाग्लुङ बजारबाट बुर्तिबाङ हिँडेका नेपाली ५ जेठमा सपरिवार बुर्तिबाङ बजारबाट सम्पर्कविहीन भएका हुन् ।

बचतकर्ताले पैसा फिर्ता माग्न थालेपछि सहकारीले तरलता अभाव रहेको भन्दै गत ६ वैशाखमै कारोबार बन्द गरेको थियो । मेयर नेपालीले १ जेठमा सेयर सदस्य र बचतकर्तालाई बाग्लुङ बजारमा भेला गराएर ‘आफ्नो सम्पत्ति बेचेर भए पनि पैसा फिर्ता गर्ने’ भन्दै ६ महिनाको समय मागेका थिए । तर, आफू सुरक्षित नरहेको र स्वास्थ्यमा पनि समस्या आएको भन्दै उनले केही दिनअघि मात्र इलाका प्रहरी कार्यालय बुर्तिबाङमा निवेदन दिएका थिए । त्यसपछि बचतकर्ता उजुरीसहित प्रशासन र प्रहरीमा पुगेका थिए ।

सहकारीको पछिल्लो बचत र सम्पत्तिबारे यकिन विवरण खुलेको छैन । तर, आर्थिक वर्ष ०७८र७९ मा सहकारीको कुल सम्पत्ति एक अर्ब १४ करोड ५८ लाख थियो । त्यतिखेर आठ सय २० सेयर सदस्य रहेको र तीन करोड ३३ लाख सेयर पुँजी तथा ९५ करोड २४ लाख बचत संकलन थियो । जसमा ७१ करोड ऋण लगानी थियो ।

तर, सहकारीले पछिल्लोपटक बचतमा १८ प्रतिशत ब्याजको स्किम ल्याएपछि गैरसदस्यले धमाधम बचत गरेका थिए । कतिपयले बैंकबाट निक्षेप झिकेर सहकारीमा जम्मा गरेका थिए ।

बाग्लुङका सहायक सिडिओ चित्रांगत बरालका अनुसार उजुरी गर्नेको तथ्यांक यकिन नभए पनि सहकारीमा झन्डै दुई हजार पाँच सय सेयर सदस्य र बचतकर्ता रहेका थिए । मेयर नेपालीलाई समात्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित अन्य नाकामा पनि प्रहरी संयन्त्र परिचालन गरिएको उनले बताए ।

भुक्तानी खोज्ने बचतकर्ताले गत वैशाख पहिलो सातादेखि नै सहकारीको शाखामा धाइरहेका छन् । छिटफुट रूपमा प्रतिव्यक्ति पाँच हजार मात्रै रकम फिर्ता दिएको सहकारीले करोडौँ रुपैयाँ बचत संकलन गरेको छ ।

०६९ देखि बाग्लुङ सदरमुकाममा सञ्चालनमा आएको सहकारीले पछिल्लोपटक बुर्तिबाङ र पोखराबाट पनि कारोबार गर्दै आएको थियो । सञ्चालक समितिका सदस्य रहेका चित्रबहादुर भण्डारीले भने सोमबार साँझ विज्ञप्ति जारी गर्दै आफू सहकारीमा संलग्न नरहेको दाबी गरेका छन् । तर, बचतकर्ताका अनुसार सञ्चालक समितिको बैठक पुस्तिकामा भण्डारीको नाम छ ।

उपमेयरलाई कार्यवाहक
मेयर नेपाली फरार हुनुअघि उपमेयर धनबहादुर कायतलाई कार्यवाहकको पत्र थमाएका थिए । कायतका अनुसार कार्यवाहक तोकिएको पत्र पनि कार्यकक्षको टेबुलमा भेटिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com