ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुदूरपश्चिममा गठबन्धनबीच मिल्यो भागबन्डा, कसले कति मन्त्रालय पाए ?


एबीसी / संवाददाता

धनगढी, ५ जेठ । सुदूरपश्चिम प्रदेशमा सत्तारुढ गठबन्धनबीच भागबण्डा मिलेको छ । यससँगै मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।

भागबण्डाअनुसार गठबन्धनमा आवद्ध दल नेकपा (माओवादी केन्द्र) २, नेपाली कांग्रेसले थप एक र नागरिक उन्मुक्ति पार्टीले एक मन्त्रालय पाउने गरी सहमति जुटेको माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्टले जानकारी दिए ।

कांग्रेस, माओवादी र नागरिक उन्मुक्ति पार्टी तीन वटै दलले एक–एकजना राज्यमन्त्री पनि पाउनेगरी भागबण्डा टुंगिएको उनले बताए । उनले भने, ‘अढाइ वर्षपछि माओवादी केन्द्रले सरकारको नेतृत्व गर्ने पनि सहमति भएको छ ।’

माओवादी केन्द्रले टुंगो लगायो नाम
भागबण्डा मिलेसँगै माओवादी केन्द्रले सरकारमा पठाउने प्रदेशसभा सदस्यको नाममा समेत सहमति भइसकेको जनाएको छ ।

दलका नेता भट्टले कैलालीबाट निर्वाचित रमेश धामी र अछामबाट निर्वाचित झपट साउदलाई मन्त्री तथा समानुपातिक सांसद गितादेवी माललाई राज्यमन्त्री बनाउने गरी नाम टुंगिएको बताए । तर माओवादी केन्द्रले औपचारिक निर्णय गर्न भने बाँकी रहेको छ ।

यसअघि कञ्चनपुरका ओमविक्रम भाट, अछामका अक्कल रावल र दार्चुलाकी लक्ष्मी विक सरकारमा जाने सहमती भएको नेताहरुले बताउने गरेका थिए ।

सरकार विस्तारको तयारी
यसैबीच दलहरुबीच भागबण्डा टुंगिएसँगै मुख्यमन्त्री कमलबहादुर शाहले सरकार विस्तारको तयारी थालेका छन् । शुक्रबार प्रदेश सरकारको एक सय दिन पुगेको अवसर पारेर शाहले सरकारलाई पूर्णता दिने तयारी गरेको उनको सचिवालयले जनाएको छ ।

माओवादी केन्द्रले सरकारमा पठाउने व्यक्तिको नाम टुंगो लगाए पनि कांग्रेसले टुग्याउन बाँकी छ । कांग्रेसमा प्रदेशसभा सदस्य शिवराज भट्ट, पृथ्वीराज जोशी र मेघराज खड्का मन्त्रीका आकांक्षी छन् ।

नागरिक उन्मुक्ति पार्टीले रामेश्वर चौधरी र लक्ष्मणकिशोर चौधरीलाई सरकारमा पठाउने निर्णय गरेको थियो । तर एउटा मात्र मन्त्रालय पाउने भएपछि अब कसलाई सरकारमा पठाउने भन्ने विषयमा छलफल भइरहेको नाउपाका एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com