ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टोपबहादुरले भने : ‘हर्नियाले सताएको छ, बिरामी छु’


abc tv

काठमाडौं । नेपालीलाई भुटानी शरणार्थी बनाउने नाममा करोडौं लिएर ठगी गरेको आरोप लागेका नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीलाई सोमबार अदालतमा उपस्थित गराइएको छ।

आइतवार राति बूढानीलकण्ठबाट पक्राउ परेका उनलाई सोमबार दिउँसो जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ।

अदालतमा उपस्थित गराएर तीन दिन म्याद थपका क्रममा केहीबेर बहस भएको छ।

पक्ष विपक्षको बहसका पक्राउ परेका रायमाझीले पनि न्यायाधीश केशव अधिकारीको इजलासमा उपस्थित भएर आफ्ना कुरा राखेका थिए।

अर्घाखाँचीबाट निर्वाचित सांसद रायमाझीले म्याद थपका क्रममा आफू हर्नियाको बिरामी भन्दै केही सहुलियत न्यायाधीशसँग खोजेका थिए।

उनले आफू बिरामी रहेको भन्दै त्यसअनुसार अस्पतालमा बस्ने गरी सुविधा दिनुपर्ने आशय उनले न्यायाधीशसँग राखेका थिए।

तर बहसका क्रममा सरकारी वकिल लक्षमण घिमिरेले आफू पनि हर्नियाकै बिरामी रहेको भन्दै काममा कुनै समस्या नरहेको जवाफ रायमाझीलाई दिए।

‘म पनि त्यस (हर्निया) कै बिरामी हो। म अहिले पनि म बेल्ट बाँधेर हिँडिरहेको छु, २४ घण्टा खटिरहेको छु’, उनले बहसका क्रममन भने।

टोपबहादुरले बिरामी परेकाले त्यसअनुसारको सुविधा खोजेपछि इजलासबाट न्यायाधीश केवश अधिकारीले आफू पनि त्यसकै बिरामी रहेको जवाफ उनलाई फर्काए।

‘म आफैं पनि त्यही बिरामी हुँ,’ उनले आफू सामान्य रहेको आशयसहित टोपबहादुरलाई जवाफ फर्काउँदै भने।

त्यसक्रममा टोपबहादुरको तर्फबाट बहस गर्दै एकजना अधिवक्ताले अलिकति बिरामी भएकाले हेरिदिनुपर्ने धारणा राखेका थिए। ‘बिरामी भएकाले केही समसया हुनसक्छ, साह्रोगाह्रो हुन सक्छ’, उनले इजलासमा भनेका थिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन, सशस्त्रका दुई डीआईजीको पदावधि थप्ने

बालुवाटारमा मन्त्रिपरिषद् बैठक, के गर्ला निर्णय ?

सम्बन्धित

भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन, सशस्त्रका दुई डीआईजीको पदावधि थप्ने

बालुवाटारमा मन्त्रिपरिषद् बैठक, के गर्ला निर्णय ?

प्रधानमन्त्री ओलीसँग देउवाले गरे एक घण्टा छलफल

बालमन्दिर जग्गा हिनामिना प्रकरणमा मुछिएका तत्कालीन महासचिव श्रेष्ठ ५ लाख धरौटीमा रिहा

प्रधानमन्त्री र अर्थमन्त्रीलाई देउवाको दूरभास चेतावनी – ‘टेक एण्ड पे’को व्यवस्था नहटाए बजेट पारित हुँदैन

देउवासँग एक घण्टा छलफल गरेर ओली मन्त्रिपरिषद् बैठकमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com