ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश ३ को पहिलो अधिवेशन आजबाट हेटौंडामा सुरु, बिहानैदेखि बैठक बस्ने अभ्यास सिक्दै


एबीसी न्यूज

काठमाडौं, १८ माघ । प्रदेश ३ को पहिलो प्रदेशसभा अधिवेशन आजबाट हेटौंडामा सुरु हुँदैछ । सात प्रदेशमध्ये प्रदेश नं ३ को अधिवेशन सबै प्रदेश भन्दा पहिले हुन लागेको हो ।

बैठकमा सहभागी हुन प्रदेश प्रमुख, १३ जिल्लाका प्रदेश सांसद् बैठक स्थल पुगिसकेका छन् । अधिवेशन हुने क्षेत्रीय शिक्षा निर्देशनालयको भवन झकिझकाउ पारिएको छ । पहिलो बैठक हेर्न र त्यसको समाचार सम्प्रषण गर्न पुगेका सञ्चारकर्मी लगायतको उपस्थिती निकै बाक्लो रहेको छ ।

विहानै देखी बैठक वस्ने अभ्यास सिक्दै

बुधबार साँझ बसेको सर्वदलीय बैठकले अधिवेशनको कार्यसूची तयार पारेको थियो । कार्यसूचीअनुसार बैठकको सुरुमा प्रदेश सांसदका ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्ने छन् । जेष्ठ सदस्य भएकाले डोरमणि पौडेलले बैठकको अध्यक्षता गर्नेछन् । त्यसपछि उनले प्रदेश प्रमुख अनुराधा कोइरालाबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने छन् ।

प्रदेश प्रमुखको पत्र पढिसेकपछि प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरुले संसद बैठकमा मन्तव्य प्रस्तुत गर्ने कार्यसूची छ ।
दलका प्रतिनिधिहरुको सम्वोधनपछि आगामी बैठक सञ्चालनका लागि प्रदेशसभा सञ्चालन अन्तरिम कार्यविधि २०७४ पारित गरिने छ ।
त्यसैगरी कार्यविधि पारित गरिसकेपछि सभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्न बैठकको अध्यक्षता गर्ने सदस्यहरुको टीम घोषणा गरिने प्रदेश संसदको कार्यसूचीमा उल्लेख छ ।

बैठकको अन्तिममा अन्तरिम कार्यविधि २०७४ को दफा ९६० को उपदफा–१ अनुसार प्रदेशसभाको सभामुखको निर्वाचनको मिति तोकिने छ र त्यसपछि विहीबारको बैठक समाप्त हुनेछ । प्रदेश ३ मा काठमाडौं उपत्यकाका तीन जिल्लाका साथै यस प्रदेशमा सिन्धुली, रामेछाप, मकवानपुर, सिन्धुपाल्चोक, काभ्रे, दोलखा, नुवाकोट, धादिङ, रसुवा र चितवन जिल्ला समेटिएका छन् ।

यो प्रदेशसभामा एमालेको एकल बहुमत छ भने संसदमा कांग्रेस, एमाले, माओवादी, विवेकशील साझा, नयाँशक्ति, राप्रपा, नेमकिपा र राप्रपा प्रजातान्त्रिक समेत ८ दलको प्रतिनिधित्व छ भने प्रदेश ३ मा ११० सदस्यीय संसद छ ।र यो सातैवटा प्रदेशमध्ये सबैभन्दा ठूलो प्रदेशसभा हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com