ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोलहवामै विद्यालय खोल्ने सपना


एबीसी / संवाददाता

जनकपुरधाम, २३ वैशाख । आजभन्दा १८ वर्ष अगाडि मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ कोलहवा (तुलसियाही निकास)का स्थानीय समाजसेवी शुभकान्त झा, परमानन्द झा र फकिरी यादवले एउटा सपना देखे, आफ्नै गाउँटोलमा विद्यालय बनाउने ।

वरिपरि तीन वटा बस्ती छन्, फेचहा, कोलहवा र लबटोली तर नजिकै विद्यालय छैन । टोलछिमेकका बालबालिकाले जोखिम मोलेर टाढाको स्कुल जानुपर्छ । एकदिन शुभकान्त र परमानन्द झासँग फकिरी यादवको यस्तै कुरा भयो । त्यही दिन गाउँमा आधारभूत विद्यालय खोल्ने सपनाको जन्म भएको थियो । तीन वटा टोलको बीचमा रहेको कोलहवाको तुलसियाही निकास भन्ने ठाउँमा झा परिवारको जग्गामध्ये केही जग्गा आधारभूत विद्यालयलाई दिने सहमति पनि भयो ।

“त्यो ठाउँका बच्चाले करिब दुई किलोमिटर टाढा रहेको वैदेज मावि (वैद्यनाथ देवानन्द जनता मावि) वा अरु ठाउँमा पढ्न जानुपर्ने बाध्यता थियो । अरु बेला त ठीकै छ तर बर्सातको बेला ससाना बालबालिका विद्यालय जान समस्या हुन्थ्यो”, ७० वर्षीया फकिरी यादवले त्यो क्षण सम्झिइन्, “त्यही समस्याबाट मुक्ति र गुणस्तरीय शिक्षा दिनका लागि आधारभूत विद्यालय खोल्ने हामीले सपना देख्यौँ ।”

कुरा मात्रै भएन तत्कालै जग्गा पनि छुट्याइयो । त्यही प्रस्तावसहित तीनै जना र अरु स्थानीय समाजसेवी एवं राजनीतिकर्मी तत्कालीन जिल्ला शिक्षा कार्यालयमा जानुभयो तर सरकारको मापदण्डअनुसार आधारभूत तहका लागि राख्नुपर्ने धरौटी पुगेन । “धरौटीमा रुपैयाँ वा जग्गा राख्नुपर्ने भयो तर करिब पाँच लाख दिने दाता पनि भेटिएन र जग्गाको मूल्यांकन पनि त्यति पुगेन । निरीह भएर घर फर्कियौँ तर सपनालाई भने मर्न दिएनौँ”, बाँसको चोया र पुरानो जस्ताले छाएको टहरा देखाउँदै यादव भन्छिन्, “अनुमति कसो न पाइएला भनेर इँटा र सानो टहरो बनायौँ । वैदेज माविबाट फालिएका जस्तापाता ल्याएर छायौँ । त्यही टहरोमा करिब छ महिनासम्म पठनपाठन पनि भयो तर अनुमति लिन सकिएन । त्यहीबीचमा राजनीतिक उथलपुथललगायत विभिन्न समस्या देखिएपछि बीचैमा पढाइ रोकियो ।”

संरक्षणको अभावमा विद्यालय विद्यालयजस्तो रहेन । पक्की घर ठड्याउने उद्देश्यसहित १८ वर्ष अगाडि बनाइएको इँटाको जगमा एउटा पनि इँटा थपिएन । काम चलाउन लगाइएको बाँसका चोयामा गारो पोतिएन । खण्डहरजस्तै भयो तर सपना टुटिसकेको थिएन । यो बीचमा छ÷सात वर्ष पहिले शुभकान्त झा र करिब डेढ वर्ष पहिले परमानन्द झाले संसार छाडे । तीन जनामध्येका यादव जीवितै छन् । त्यसैले सपना मर्ने कुरो भएन । त्यसैमा दिवंगत परमानन्दका छोरा अम्रेशकान्त झा जोडिए ।

पेसाले चार्टर्ड एकाउन्टेन्ट र राजनीतिकर्मीसमेत रहेका तिनै अम्रेशको सहयोगले १८ वर्षअघिको सपना अहिले पूरा भएको छ । विसं २०८० वैशाख २१ गते कक्षा तीनसम्म अध्ययन अध्यापन गर्ने गरी ‘श्री सरस्वती परमानन्द आधारभूत विद्यालय’ को नाममा स्वीकृति प्राप्त भएको छ । “मेरो बुबाले गाउँको बीचमा एउटा विद्यालय होस् भनेर देखेको सपनालाई साकार गर्ने दायित्व मेरो पनि हो भन्ने सम्झेर यसमा जोडिएको छु । सायद आज उहाँ (बुबा) भएको भए जीवनमा सबैभन्दा बढी खुसी हुनुहुन्थ्यो होला”, झाले भने,“मान्छेको जीवन त आज छ भोली नरहन सक्छ तर सामाजिक कर्म त अमर रहन्छ । त्यसैले बुबाको सम्झनामा दुई कट्टा ६ धुर जग्गा विद्यालयलाई दान गरी सकेका छौँ । अब विद्यालयसँग मेरो परिवार र यहाँको समाज मात्रै होइन सरकार पनि जोडिएको छ । पक्कै यो सपनाले ठूलो आकार लिनेछ ।”

झाका अनुसार विद्यालयमा शिशु कक्षादेखि नै अंग्रेजी माध्यममा पठनपाठन गरी गुणस्तरीय शिक्षा प्रदान गर्ने र त्यसका लागि तत्काल गाउँपालिकाले तीन जना शिक्षकको व्यवस्था गर्ने समझदारी छ । “समाज विकासको मूल आधार भनेकै शिक्षा हो । बाध्यताले बाहेक कसैले पनि सामुदायिक विद्यालयमा बालबच्चा पढाउन नचाहिरहेको अवस्थामा हामीले गुणस्तरीय शिक्षा दिने सुनिश्चिततासहित विद्यालय सञ्चालन गर्ने योजना बनाएका छौँ”, झाले सुनाए ।

वडा नम्बर ४ का अध्यक्ष उदयचन्द्र झाले गुणस्तरीय शिक्षाका लागि स्थानीय सरकारले सकेको सहयोग गर्ने र प्रदेश तथा संघीय सरकारबाट पनि सहयोग लिन सहजीकरण गरिने बताए । गाउँपालिकाका अध्यक्ष अजयकुमार यादवले पनि तीन टोलमा रहेका करिब पाँच सयभन्दा बढी परिवारका बालबालिका लाभान्वित हुनेगरी विद्यालयको भौतिक तथा अन्य सहयोग गर्न आफ्नो पूर्ण सहयोग रहने बताए । चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रमबाट पनि ३० लाख विनियोजन गरी विद्यालयको व्यवस्थापनका लागि खर्च गर्ने तयारी भएको उनले जानकारी दिए ।

जनता समाजवादी पार्टी (जसपा) मुखियापट्टी मुसहरनिया गाउँ कार्यसमितिका अध्यक्ष अशोककुमार झाले राजनीतिकरुपमा विद्यालयलाई गर्नुपर्ने सम्पूर्ण सहयोगका लागि स्थानीय राजनीतिक दल एकमत रहेको बताए । सामुदायिक विद्यालयमै गुणस्तरीय शिक्षा दिने गरी अगाडि बढेको योजनामा सबैको सहयोग र सहकार्य जरुरी रहेको पनि उनले बताए ।

छिमेकमै विद्यालय खोल्ने सुनेपछि अहिले यहाँका बालबालिका पनि निकै खुसी छन् । घरबाट करिब दुई किलोमिटर टाढाको नीजि विद्यालयमा कक्षा ४ मा अध्ययनरत विमलेशकुमार यादवले नजिकै विद्यालय खुल्ने भएपछि आफूलाई धेरै खुसी लागेको प्रतिक्रिया दिए । “भर्खरै सुरु भएकाले मैले त यहाँ पढ्न पाउँछुकी पाउँदैन थाहा छैन तर मेरा भाइबहिनी र अरु बालबालिकाका लागि यो खुसीको कुरा हो”, विमलेशले भने ।

आफ्नो सानी बहिनीलाई बोकेर नजिकैको विद्यालयमा आउन पाउने आशाले स्थानीय निजी विद्यालयमा कक्षा १ मा अध्ययनरत चञ्चलकुमारी यादवको त खुसीको सीमा नै छैन । चञ्चल भन्छिन्, “अब त म मात्रै होइन मेरो बहिनी पनि स्कुल आउन पाउने भइन् । घरबाट टाढा हिँडेर जान पनि नपर्ने भयो ।”

शुक्रबार विद्यालय औपचारिकरुपमा सुरु हुने सन्देश दिन आयोजित कार्यक्रममा उपस्थित बालबालिकाको खुसी नजिकैबाट नियालेका संरक्षक तथा संस्थापक अम्रेशकान्तले खुसीका आँसु छचल्किन नदिँदै भने, “हेर्नुस् पढाई सुरु नहुँदै कति खुसी छन् केटाकेटीहरु । यहाँका करिब सात सय परिवारबाट एउटा÷एउटा बच्चा आउने हो भने पनि निकै चाप बढ्नेवाला छ । सुरुमा केही समस्या भए पनि गुणस्तरीय पठनपाठनबाटै हामी अभिभावकको मन जित्ने छौँ ।”

सानो ठाउँमा त्यति धेरै बालबालिका कसरी व्यवस्थापन गर्ने ? हाम्रो प्रश्नको जवाफमा झाले भने, “विद्यालय वरपर मेरो परिवारकै करिब साढे दुई बिघा जग्गा छ । विद्यार्थीको चाप धान्ने गरी जग्गाको व्यवस्थापन गर्न मेरो पहल हुन्छ । यहाँ कुनै समस्या आउन नदिने गरी हामी अगाडि बढ्छाँै तर गुणस्तरीय शिक्षण सिकाइ र त्यसका लागि उपयुक्त वातावरण निर्माणमा सबैको सहयोग अपरिहार्य छ ।”

जाँदाजाँदै विद्यालय स्थापनाको सपना देख्नेमध्येका एक फकिरी यादवले छुटेको कुरा सुनिदिन आग्रह गर्दै भने, “आज समाजसेवी परमानन्द र शुभकान्त भइदिएको भए मसँगै धेरै खुसी हुनुहुन्थो होला, अब उहाँको योगदान अमर रहने छ । अब जीवनकालमै यसको मुहार फेरिएको देख्ने रहर छ, हेरौँ के के हुन्छ ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com