ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टोपबहादुर फरार भएर छानविनलाई झन सजिलो भएको छ : उपप्रधाानमन्त्री श्रेष्ठ


ABC NEWS

काठमाडौँ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजान बनेको संगठित गिरोहमा संलग्नहरू धमाधम पक्राउ पर्न थालेका छन् । यस प्रकरणमा बहालवाला सचिवदेखि पूर्वमन्त्रीका सल्लाहकारसम्म पक्राउ परिसकेका छन् पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी रहस्यमय ढंगले फरार भएका छन् । पूर्व गृहमन्त्री बालकृष्ण खाण यो प्रकरणमा मुछिएपनि पक्राउ गर्ने कानुनी प्रक्रिया शुरु भएको छ ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले यो प्रकरणमा जोडिएका जोकोहीमाथि पनि छानबिन हुने र कारबाहीको दायरामा ल्याइछाड्ने प्रतिबद्धता जनाएका छन् ।गृहमन्त्री श्रेष्ठ भन्छन् : ‘टोपबहादुरजी फरार भए पनि निकाल्छौं’
वैशाख २३, २०८०कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजान बनेको संगठित गिरोहमा संलग्नहरू धमाधम पक्राउ पर्न थालेका छन् । यस प्रकरणमा बहालवाला सचिवदेखि पूर्वमन्त्रीका सल्लाहकारसम्म पक्राउ परिसकेका छन् भने केहीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

बिहीबार मात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी सचिव एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीको पक्राउ पुर्जीलाई लिएर ‘बारम्बार मन्त्री भएको उच्चस्तरको नेतालाई यसरी पक्राउ गर्न नमिल्ने’ आशयको मन्तव्य दिनुभयो । रायमाझी बचाउमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर पुकारा गर्नुभयो । यो अवस्था कस्तो हो ?

उहाँहरूको भेटघाटको विषयमा शरणार्थी कुरा पनि थियो भन्ने मैले थाहा पाएँ । तर उहाँ (ओली) ले कुनै संगठित अपराधको घटनामा दोषी देखाइएको वा भएको अथवा दोषी देखेको कसैलाई कारबाही नगर्न भन्न सक्नुहोला जस्तो लाग्दैन । त्यसो भन्न पनि मिल्दैन । अब कसैले भन्नुभा’छ भने पनि सरकारले, गृह प्रशासनले त्यसलाई आधार मानेर दोषीलाई छुट दिने कुरा आउँदैन ।

बहालवाला सचिव नै पक्राउ परी अनुसन्धानमा रहेको कुरा सामान्य होइन । यो गिरोह सञ्चालनको पछिल्लो ५ वर्षमा यत्रो गतिविधि भएको रहेछ । यसबेला कुनै प्रकारको दबाब/प्रभाव रहेको छैन भने पनि राजनीतिक तहमा तपाईंले कसरी ‘फेस’ गरिरहनुभएको छ ?

मैले बारम्बार भनेको छु कि भ्रष्टाचार र भ्रष्टाचारीलाई, अपराध र अपराधीलाई, तस्करी र तस्करलाई, ठग र ठगीलाई कुनै पनि कोणबाट दबाब वा यसप्रकारको कुनै अनुरोधको कोणबाट हेरिँदैन, हेरिनेछैन । हामीले अनुसन्धानलाई अन्तिम निष्कर्षमा पुर्‍याएर दोषी र अपराधीलाई कारबाहीको विन्दुमा पुर्‍याउँछौं । त्यसमा ढुक्क हुनका लागि म आग्रह गर्न चाहन्छु ।

नक्कली शरणार्थी प्रकरण चलेको ५ वर्षमा दुई जना गृहमन्त्री हुनुभयो, ३ जना सचिव । यति लामो समयसम्म गिरोह सक्रिय भइरहँदा हाम्रो राज्यसंयन्त्र कहाँ थियो ? किन पत्तो पाएन ?

मैले यसबारेका सम्पूर्ण पाटापक्षबारे गहिराइमा अध्ययन–अनुसन्धान गरिरहेको छु । जहाँजहाँ यथास्थितिवाद छ, अपराध वा भ्रष्टाचारमैत्री प्रवृत्ति छ, त्यसप्रति सरकारी संयन्त्रभित्रै पनि कडा रूप अपनाइनेछ ।

जुन समस्या समाधानका लागि भनेर प्रतिवेदन बनाइएको थियो, अब त प्रतिवेदनको औचित्यमाथि पनि अनुसन्धान हुन्छ होला नि ?

त्यो म हेर्दै छु, गम्भीरतासाथ हेर्दै छु ।

यो मामलामा धेरै व्यक्ति संलग्न भएको देखिन्छ । पूर्वमन्त्री टोपबहादुर रायमाझी त फरार नै हुनुभयो । यो स्थितिलाई कसरी हेर्नुभएको छ ?

यसरी ‘फरारी’ भएपछि त त्यसले हामीलाई मद्दतै गर्छ नि । एक/दुई दिन फरार भए पनि हामीले निकाल्न त निकाल्छौं नै । इन्डिया गएकै भए पनि कति बसिरहने र ? निगरानी त हामीले गरिरहेकै छौं ।

अब आत्मसमर्पण गर्दैमा पनि कसरी गर्ने भनेर ‘फेस–सेभिङ’ उपाय खोजिँदै छ भन्ने सुनिन्छ नि ?

मलाई त्यस्तो लागिरा’छैन । हाम्रो प्रहरी निकाय पनि लागिरहेको छ, तत्काल चाहिँ फोन ‘ट्र्याकिङ’ गरेर पत्तो लागेन, फोन अफ रहेछ । उसको गाडीको ड्राइभरको ‘ट्र्याकिङ’ गरेका थियौं, गाडी र ड्राइभर भेटियो तर ऊ (टोपबहादुर) छैन । त्यस्तो स्थिति भयो । त्यसकारण मान्छे लगाएर, सिभिलहरूले खोजिरहेका छन् ।

तपाईंले त एउटा मान्यता बनाउनुभएको रहेछ, ठग–भ्रष्टाचारीलाई नछाडिने अर्थमा । यो नाराको कति अर्थ रहला ?

ठग, भ्रष्टाचारी, तस्कर, कालाबजारियाले स्वयं कानुनको अगाडि आएर समर्पण गर्ने वातावरण बन्छ भन्ने कुरामा म विश्वस्त छु । त्यो ढंगले काम गरिएको छ ।

यसको सुरुवात टोपबहादुरजीबाटै हुन्छ कि ?

त्यो त तपाईंहरूलाई नै थाहा होला ।
(कान्तिपुर दैनिकबाट)

https://www.abcnepal.tv/posts/193511भुटानी शरणार्थी प्रकरणमा एकपछि अर्काे गर्दै ठुला नेताहरु मुछिने क्रम जारी : नेता जोगाउन चलखेल (भिडियो)

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com