ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारत भ्रमणको घोषणा गर्दै प्रधानमन्त्री प्रचण्डले भने– ‘राष्ट्रको हितलाई व्यवस्थित तरिकाले राख्न नसके अफ्ठ्यारो आउनसक्छ’


ABC NEWS

काठमाडौं ९ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू भारत भ्रमणको तयारीमा रहेको बताएका छन्। नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले उक्त भ्रमण व्यवस्थित बनाउन आफू लागिपरेको बताए।

उनले आफ्नो विदेश भ्रमण राष्ट्रको हितमा हुनुपर्ने र राष्ट्रको स्वार्थ व्यवस्थित तरिकाले राख्नुपर्ने बताए।

‘छिटै छिमेकी देशको भ्रमण हुँदैछ। तपाईँहरू सबैलाई थाहा छ। त्यसको तयारी राम्रो गरिएन भने, राष्ट्रको हित, स्वार्थ व्यवस्थित तरिकाले राख्न सकिएन भने अफ्ठ्यारो आउनसक्छ। त्यसको हामी तयारीमा छौं,’ उनले भने।

१० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले त्यसलगत्तै भारतीय सञ्चारमाध्यममा आफ्नो पहिलो भ्रमण भारतबाट हुने घोषणा गरेका थिए।

प्रधानमन्त्री बनेयता उनले मिति तय भए पनि कतार र चीनमा आयोजित बोआओ फोरममा सहभागी भएका थिएनन्।

काठमाडौंस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री प्रचण्डलाई भेटेर भारत भ्रमणको निम्तो दिइसकेको बताइएको छ। सरकारले यसबारे औपचारिक मिति घोषणा नगरे पनि छिट्टै प्रधानमन्त्री भारत भ्रमणमा जाने बालुवाटार स्रोतको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com