ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुख्यमन्त्री शाहसमक्ष हवाई सेवा सञ्चालनको माग


एबीसी / संवाददाता

बैतडी, ८ वैशाख । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहसमक्ष बैतडीका बासिन्दाले पाटनस्थित विमानस्थलमा हवाई सेवा सञ्चालनको माग गरेका छन् ।

जिल्लाको भ्रमणका क्रममा बिहीबार यहाँ आइपुगेका मुख्यमन्त्री शाहसित भेटघाट गर्दै पाटन नगरपालिका–८, ९ र १० का बासिन्दाले तत्काल पाटन विमानस्थलमा हवाई सेवा सञ्चालनको माग गरेका हुन् । मुख्यमन्त्री शाहलाई पाटन नगरपालिकाले नगरको समग्र विकासका लागि भन्दै ११ बुँदे ज्ञापनपत्रसमेत बुझाइएको छ ।

ज्ञापनपत्रमा पाटन–पञ्चेश्वर सडकखण्डअन्तर्गत पाटन–लोर्खा खण्ड मर्मतका लागि बजेट माग, नगरपालिकाको वडा नम्बर ५ र ६ मा उपत्यका कृषि तथा फलफूल विशेष उत्पादन क्षेत्र परियोजना सञ्चालनका लागि बजेटको व्यवस्था गर्नुपर्ने उल्लेख छ । यस्तै, पाटन–१, २, ३, ४, ७, ८, ९ र १० मा आलु, मकै, लसुन, प्याज, ओखरजस्ता बाली अत्यधिक मात्रामा उत्पादन हुने भएकाले यहाँ शीतभण्डार तथा बजारीकरणका लागि आवश्यक बजेट विनियोजन गरिदिन माग गरिएको ज्ञापनपत्रमा उल्लेख छ ।

यसैगरी पाटन नगर क्षेत्रभित्रका रामेश्वरधाम, स्वर्गेनी पिपलधाम, महारुद्रधाम, विश्वनाथ वनारसीधाम, पाताल भुवनेश्वरधाम, टुणे शिवलिंगधाम, समैजी सदाफलधाम, सिद्धनाथ उदयदेवधाम हुँदै पुनः रामेश्वरधाम जोड्ने सडक निर्माणका लागि बजेट माग गरिएको सिद्धेस्वर खानेपानी उपभोक्ता समितिका अध्यक्ष मोहनसिंह विष्टले बताए ।

त्यस्तै, पाटनस्थित आँखा अस्पतालको स्तरोन्नति, बन्द अवस्थामा रहेको शिक्षा तालिम केन्द्र सञ्चालन, पाटन–पञ्चेश्वर सडकका मजदुरको ज्याला उपलब्ध गराउन, नगरपालिकामा दरबन्दीअनुसारका कर्मचारीको व्यवस्थापन गर्नेलगायत माग मुख्यमन्त्री शाहसमक्ष गरिएको विष्टले जानकारी दिए ।

मुख्यमन्त्री शाहका साथमा बैतडीबाट निर्वाचित प्रदेशसभा सदस्य शिवराज भट्ट, दार्चुलाबाट निर्वाचित प्रदेशसभा सदस्य विक्रमसिंह धामीलगायत रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कैलालीमा अवैध काठसहित ३ जना पक्राउ

ग्यास लिक भएर आगलागी हुँदा वृद्धको मृत्यु

सुदूरपश्चिममा प्रदेश सभामा एमालेको घेराउ र प्रदर्शन

सुदूरपश्चिममा गठबन्धनबीच मिल्यो भागबन्डा, कसले कति मन्त्रालय पाए ?

ढुंगाले लागेर यार्सागुम्बा संकलकको मृत्यु

डडेलधुरामा पखाला : एकको मृत्यु, एक सय ४८ प्रभावित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com