काठमाडौं १ साउन ।
कर निर्धारणमा अनियमितता गरेको अभियोगमा आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मासहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार शर्मासहित कर फस्र्योट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालविरुद्ध १० अर्ब २ करोड १९ लाख १ हजार ८ सय ४२ रुपैया बिगो माग दावी गर्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
भ्रष्टाचार निवारण ऐनको व्यवस्था अनुसार राजश्व चुहावटसम्बन्धी आरोप पुष्टि भए बिगो र त्यसको दोब्बर बराबर जरिवाना हुने व्यवस्था छ ।
कर निर्धारणमा अनियमितता गरेको दावी गर्दै शर्मासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको विशेष अदालतका प्रवक्ता जगन्नाथ पौडेलले जानकारी दिनुभयो ।
अख्यियार दुरुपयोग अनुसन्धान आयोगले विस्तृत छानबिन थालेदेखि कर फस्र्योट आयोगका अध्यक्ष महत र सदस्य ढकाल फरार छन् भने आयोगका सदस्यसचिव समेत रहेका शर्मा अख्तियारको हिरासतमा रहेका छन् ।
अख्तियारले कर फस्र्योट आयोगको सबै फाइल झिकाएर अनुसन्धान गरेको हो ।
अनुसन्धानका क्रममा अर्बाै रुपैया“ंको भ्रष्टाचार भएको पाइएको अख्तियारको दावी छ । अख्तियारले कर छली गरेका कम्पनीहरुको विवरण समेत दायर मुद्दामा उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्