ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्ड सरकार बनाउन माहिर भएपनि नेतृत्व गर्न असफल देखिए : हिसिला यमी


ABC NEWS
चैत्र २७, २०७९ सोमबार  ४ : ४३ बजे

 

 

काठमाडौं २७ चैत । नेपाल समाजवादी पार्टीकी उपाध्यक्ष एवं पूर्वमन्त्री हिसिला यमीले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द का अध्यक्ष पुष्पकमल दाहाल सरकार मिलाउन माहिर भएपनि नेतृत्व लिन भने सक्षम हुन नसकिरहेको बताएकी छन् ।

सोमबार काठमाडौंमा आयोजित नेपालमा शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले शान्ति सम्झौतापछि बनेका १६ सरकारमध्ये नेकपा माओवादी केन्द्र १२ वटा सरकारमा सहभागी बनेपनि अपेक्षाकृत रुपमा सत्ताको नेतृत्व लिनभने नसकेको बताइन् ।

उनले शान्ति सम्झौतापछि संक्रमणकालीन न्याय टुंग्याउने विषय किन प्राथमिकतामा परेन भन्दै प्रश्नसमेत गरिन् । उनले संक्रमणकालीन न्याय सम्बन्धी विषयको टुंगो लगाउन माओवादी र प्रधानमन्त्री दाहालको किन पटकपटक ध्यान नपुगेको हो ? भन्दै प्रश्न गरिन् । उनले प्रधानमन्त्री दाहाल गणितीय वर्चश्वमा रमाएको र राज्य पुनः संरचनासँग सम्बन्धित सत्य निरुपण मेलमिलाप आयोगलाई महत्व नदिएको आरोप लगाइन् ।

उपाध्यक्ष यमीले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई ९३ दिनको विपक्षी दलको नेताको सुविधा दिन सरकार तयार भएको तर सत्य निरुपण मेलमिलाप आयोगमा रहेका पुराना कर्मचारीहरुलाई निरन्तरता दिन सरकारसँग पैसा नभएको हो भन्दै प्रश्न गरिन् ।

‘प्रचण्ड जो हुनुहुन्छ, १६ सरकारमध्ये १२ वटा सरकारको नेतृत्व उहाँले गर्नुभएको छ, उहाँले आफ्नो नेतृत्वको सरकार मिलाउन त प्रचण्डै माहिर हुनुहुन्छ । तर सत्ताको नेतृत्व गर्नमा उहाँको पुगेकै छैन । नपुगेकै कारण यो जुन निवेदन आएको छ, जुन निवेदनले गर्दा आज हामी सबै एक ठाउँमा आउन पाएका छौँ । आज यो १२ वर्षको अवधिमा कयौँ माओवादी पार्टीका नेताहरु कोही मन्त्री बने, कोही संघका कोही प्रदेशका मन्त्री बने । कोही मेयर, कोही उपमेयर बने । सबै केही न केही पदमा छौँ, हजारौँ मान्छेहरु सभासद भए तर यो विषयमा किन ध्यान गएन’, उनले भनिन्, ‘कांग्रेस एमाले लगायतको त ध्यान गएन गएन तर माओवादी पार्टी प्रचण्डको ध्यान किन गएन रु किन उहाँ गणितीय वर्चश्वमा रमाउने, किन राज्य पुनः संरचनासँग सम्बन्धित जोडिएको यो आयोगलाई किन उहाँले महत्व दिएन रु मैले सुनेको छु, आयोगमा माआवादीले नै पठाएका सदस्यहरुले हामीलई उपेक्षित गरे, समय माग्दा हामीलाई समय दिएन, यही पनि अहिले जुन संशोधन विधेयक अघि बढाउनु भन्दाअघि हाम्रो सल्लाह मागेन ? उहाँहरुका यसमा पनि केही आपत्ति छन्, आफ्नै मान्छेलाई किन विश्वास गरेन ?’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

सम्बन्धित

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

‘सामाजिक सञ्जालको भ्रममा नपर्नुहोस्, प्रश्न सोध्न नछोड्नुहोस्’ : प्रचण्डको भावुक सम्बोधनमा नयाँ पुस्ताप्रति आग्रह

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

भारतीय बजेटमा नेपाललाई ८०० करोड भारु अनुदान : भुटानलाई सबैभन्दा बढी, बंगलादेशलाई घटाइयो !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com