ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संविधान सबैको साझा सम्पत्ति बनाउन जोड


admin
माघ १६, २०७४ मंगलबार  ६ : ४९ बजे

काठमाडौँ, १६ माघ । जनताको लामो संघर्षपछि प्राप्त भएको संविधानलाई सबै नागरिकको साझा सम्पत्ति बनाउन जोड दिइएको छ ।

नेपाल तथा एशियाली अनुसन्धान केन्द्र(सिनास), हामी नागरिक नेपाल र प्रज्ञा फाउण्डेशनले आज यहाँ आयोजना गरेको देशको इतिहास र संस्कृति अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताले संविधानमा सबै जाति समुदायको भावनालाई सम्बोधन गर्न सुझाएका हुन् ।

पूर्वप्रशासक एवं प्राध्यापक शम्भुराम सिंखडाले विभिन्न जाति र समुदायले एकअर्काका भाषा र संस्कृतिलाई स्वीकार्नुपर्नेमा जोड दिँदै सांस्कृतिक रुपमा एकताबद्ध भई सामाजिक सद्भाव कायम गर्न सकिने बताउनुभयो ।

प्रज्ञा फाउण्डेशनका अध्यक्ष आनन्द आदित्यले मुलुक स्वतन्त्र राज्यका रुपमा स्थापित भएको करिब अढाई शताब्दी (२५० वर्ष) पुगेको भए पनि यहाँका विविध जाति फरक संस्कृतिलाई एकताबद्ध गर्न नसकिएको बताउनुभयो ।

पूर्वराजदूतहरु नवलकिशोर राई, डा दुर्गेशमान सिंह र विजयकान्त कर्णले संविधान एउटा विधि र प्रक्रियाबाट निर्माण भएको भए पनि यसमा भएका केही त्रुटिलाई समयसापेक्ष सुधार गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । राज्य निर्माणका क्रममा इतिहासमा गरिएका राम्रा तथा नराम्रा सबै विषयको मूल्यांकन गरी सबै जातिका विविधतालाई सम्बोधन गर्न उहाँहरुको माग थियो ।

सिनासका कार्यकारी निर्देशक डा मृगेन्द्र कार्कीले हरेक नागरिकमा म नेपाली हुँ भनेर गर्व गर्नसक्ने भावनाको जागृत गराउन सरकार र राजनीतिक दलहरुले असफल भएको टिप्पणी गर्नुभयो ।

कार्यक्रमका संयोजक पूर्व मुख्यसचिव दामोदर गौतम, शहीद कुलदीप झाका भतिजा नवीन झा, व्यवसायी भरत बस्नेत, चतुर्थाम्स सहस्राब्दी समारोह समिति नेपालका सदस्यसचिव विनोद भट्टले संविधानलाई सबैको अपनत्व हुने गरी साझा बनाउनपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसको ‘जरा अभियान’

कपिलवस्तुमा सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कांग्रेसको ‘जरा अभियान’

संसद्‌को अघिल्लो ‘रो’ खाली, मनिष झाले भने–यो चिया पसल होइन मन लागे आउने नत्र नआउने

२१ सदस्यीय प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति गठन (नामावलीसहित)

अर्थमन्त्रीले भने– सेयर बजारमा आतंकित पार्ने काम भयो, आत्तिनु पर्दैन

कपिलवस्तुमा सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु

New Politics, Old Habits: Balen Shah’s Kitchen Cabinet Fuels Cronyism Debate

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com