ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुलुकका सबै क्षेत्रमा छिट्टै टेलिफोन सेवा पुर्‍याउँछौँ : मन्त्री शर्मा


एबीसी / संवाददाता
चैत्र २५, २०७९ शनिबार   ६ : ३२   बजे

काठमाडौँ, २५ चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको सबै भू–भागमा यथाशीघ्र टेलिफोन र सूचना प्रविधिको सेवा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

प्रतिनिधिसभाको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग उठेका जिज्ञासाको सम्बोधन गर्दै उनले जनशक्ति र कार्यक्षमता बढाएर टेलिफोन र प्रविधि क्षेत्रको विकासलाई राष्ट्रहितका पक्षमा अघि बढाउने विश्वास दिलाइन् ।

मन्त्री शर्माले भनिन्, “देशमा टेलिफोन र सूचना प्रविधिको गुणस्तरीय सेवा पुर्‍याउन अझै चुनौती छ, मोबाइललगायत सर्भरमा आएको समस्या हटाउँदै सुलभ र गुणस्तरीय सेवा प्रवाहका लागि प्रयास भइरहेको छ ।”

अहिले पनि मुलुकका मुख्य राजमार्गका कतिपय स्थानमा टेलिफोन सेवाको सहज पहुँच नभएको उल्लेख गर्दै उनले राजमार्गमा देखिएका समस्या छिटो समाधान गरी अघि बढ्ने प्रयास भइरहेको जानकारी दिइन् ।

काठमाडौँ उपत्यकालगायत कतिपय सहरी क्षेत्रमा घरधनीले टावर राख्न नदिएका कारण टेलिफोन सेवा विस्तारमा चुनौती देखिएको बताउँदै मन्त्री शर्माले सरोकारवाला पक्षसँग छलफल गरी दूरसञ्चार ऐन, २०५३ लाई संशोधन गर्न बनेको विधेयक कार्यान्वयनमा ल्याइने बताइन् ।

मन्त्रालयका काम–कारबाही र विधेयकसँग जोडेर भ्रम फैलाउने काम नगर्न आग्रह गर्दै उनले नयाँ बन्ने कानुनमा पनि कसैको फोन टेप गर्ने प्रावधान नराखिने स्पष्ट पारिन् ।

मन्त्री शर्माले भनिन्, “राष्ट्रहित र कानुनभन्दा बाहिर गएर कुनै काम गरिने छैन । दूरसञ्चार क्षेत्रको विकास र विस्तारका लागि नयाँ कानुन बनाउनुपर्ने आवश्यकता छ, पुराना कानुन हटाएर नयाँ कानुनको मस्यौदा निर्माण गर्ने क्रममा सरोकारवालालाई बोलाएर सल्लाह र सुझाव लिनेछौँ ।”

हुलाक सेवालाई पुनःसंरचना गर्ने विषयमा कुनै विवाद नरहेको उल्लेख गर्दै मन्त्री शर्माले सरकारले सबै पक्षमा काम गर्दा कानुन र नियममा टेकेरमात्र गर्ने स्पष्ट पारिन् । उनले आमसञ्चार, सूचना प्रविधि, चलचित्र, टेलिकमलगायत क्षेत्रमा देखिएका समस्या समाधान गर्दै नयाँ कार्यक्रमको दायित्वलाई व्यवस्थित रूपमा अघि बढाउन मन्त्रालय सक्षम रहेको बताइन् । मन्त्री शर्मासँग सांसद रघुजी पन्त, गगनकुमार थापा, रामहरि खतिवडा र ज्ञानबहादुर शाहीले प्रश्न सोधेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी

बागलुङको ढोरपानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

कतार–इरान गोप्य कूटनीति: ‘रास लाफान’ ग्यास उत्पादन केन्द्रलाई जोगाउन इरानसँग गोप्य रूपमा वार्ता गरेको खुलासा

काभ्रे बस दुर्घटना अपडेट: ८ जनाको घटनास्थलमै मृत्यु

प्रश्न गर्ने सांसदलाई अर्थमन्त्री वाग्लेको चेतावनीः तपाईंका काण्ड पनि खुल्नेछन्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group