ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एयरबसले चिनियाँ कम्पनीलाई ५० वटा हेलिकोप्टर बेच्ने


एबीसी / संवाददाता
चैत्र २४, २०७९ शुक्रबार  ९ : ०६ बजे

पेरिस, २४ चैत । फ्रान्सस्थित एयरबसले चिनियाँ लिजिङ फर्म जिडिएटीलाई ५० वटा हेलिकोप्टर बिक्री गर्न सहमत भएको शुक्रबार जनाएको छ । राष्ट्रपति इमानुएल म्याक्रोँको चीन भ्रमणको अन्तिम दिन उक्त सम्झौताबारे जानकारी गराइएको हो ।

एयरबस हेलिकोप्टरका प्रमुख कार्यकारी अधिकृत ब्रुनो एभनले एक विज्ञप्ति जारी गर्दै भने, “जिडिएटीले ५० वटा एच–१६० हेलिकोप्टर थप गरी एयरबसलाई बलियो बनाउने निर्णय गरेकोमा हामी गौरवान्वित छौँ ।”

म्याक्रोँले शुक्रबार चीनको दक्षिणी औद्योगिक क्षेत्र ग्वान्जाओको भ्रमण गरेका थिए ।

उनको कार्यालयले चीनसँगको व्यापार अझै पनि सम्बन्धको महत्वपूर्ण भागको रूपमा हेरिएको जनाएको थियो । फ्रान्सले यसअघि नै संयुक्त राज्य अमेरिकाले लिने प्रत्यक्ष टकरावको मार्गबाट ‘अर्को बाटो’ खोज्ने बताएको थियो ।

“यो सम्झौता फ्रान्स र चीनबीचको आर्थिक र व्यापारिक सहयोगको महत्वको ठुलो उदाहरण हो,” जीडीएटीका अध्यक्ष पिटर जियाङलाई उद्धृत गर्दै एयरबसले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सांघाईस्थित जिडिएटीले चिनियाँ आपतकालीन सेवा र सरकारी एजेन्सीसहित ग्राहकसँग हेलिकोप्टर बिक्री, र भाडा र मर्मतमा विशेषज्ञता हासिल गर्दछ । एच १६० लाई एयरबसले बहुमुखी हेलिकोप्टरको रूपमा बजारीकरण गरेको छ जुन भिआइपी यात्रादेखि सैन्य मिसनसम्मका भूमिकाहरूमा प्रयोग गर्न सकिन्छ ।

एयरबसका अनुसार सन् २०१५ मा एच १६० उत्पादन भएयता फ्रान्स लागि यो सबैभन्दा ठुलो निर्णय हो भने सम्झौताको मूल्यको बारेमा कुनै वित्तीय विवरण दिइएको छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आयोगको ठहर : सामाजिक सञ्जाल बन्दको विरोधबाट सुरु भएको आन्दोलन डिस्कर्डमा हिंसा योजना बन्दै उग्र भयो

जेनजी आन्दोलन : आयोगको ठहर – सुरक्षा संयन्त्रको समन्वय अभाव र ढिलासुस्तीले ठूलो क्षति भयो (प्रतिवेदन पूर्णपाठ)

सम्बन्धित

युद्ध तपाईंले सोचेभन्दा राम्रो चलिरहेको छ

मध्यपूर्वमा तनाव : पेन्टागनले २,००० अमेरिकी एयरबोर्न सैनिक पठाउने आदेश दियो

इरानमा ग्यास संरचनामाथि हमला भएको दाबी

कोलम्बियामा १२१ जना सवार सैन्य विमान दुर्घटनाग्रस्त, कम्तीमा ३४ जनाको मृत्यु

ट्रम्पको अल्टिमेटम सकिन लाग्दा इरानसँग वार्ताको ‘अफ-र्याम्प’

ट्रम्प प्रशासनको नयाँ ‘गेम प्लान’ : इरानी सभामुख गालिबाफलाई अमेरिकी समर्थित नेता बनाउने तयारी !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com