ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुरक्षा परिषद्को अध्यक्ष रसिया बनेपछि युक्रेनको प्रतिक्रिया– संसारको सबैभन्दा खराब ‘अप्रिल फूल जोक’


एबीसी / संवाददाता

एजेन्सी, १९ चैत । संयुक्त राष्ट्रसंघको सबैभन्दा शक्तिशाली मानिएको सुरक्षा परिषद्को नेतृत्व अब रसियाले गर्ने भएको छ । विश्वमा शान्ति र सुरक्षा स्थापना गर्नु मुख्य दायित्व बोकेको यो परिषद्को अध्यक्षता गर्ने पालो यो महिना रसियाले पाएको हो ।

अप्रिल १ तारिसमा रसियाले अध्यक्षता ग्रहण गरेको हो । तर, युक्रेनसँग युद्धमा रहेको रसियाले सुरक्षा परिषद्कै नेतृत्व गर्ने भएपछि युक्रेनले त्यसलाई संसारको सबैभन्दा खराब ‘अप्रिल फूल जोक’ भनेको छ ।

युक्रेनका विदेशमन्त्री डिमिट्री कुलेबाले रसियाको अध्यक्षता पाउने विषयलाई ‘अप्रिल फूल जोक’ संज्ञा दिएका हुन् । उनले भने, अन्तर्राष्ट्रिय सुरक्षाको नियमहरू उल्लंघन गर्ने राष्ट्र नै त्यो निकायको अध्यक्ष बनेको छ जसको मुख्य उद्देश्य नै विश्वमा शान्ति सुरक्षा स्थापना गर्नु हो ।”

सुरक्षा परिषद्को अध्यक्षता देशको नामको सुरूको अक्षरको आधारमा १५ सदस्यले राष्ट्रले पालैपालो गर्ने गर्छन् । यो परिषद्को नियन्त्रण भने पाँच जना स्थायी सदस्य राष्ट्रहरूकोमा छ । जसमा रसिया र अमेरिका समेत छन् ।

सुरक्षा परिषद्को अध्यक्ष तटस्थ बस्नुपर्ने मान्यता छ । तर, अब भने रसियाले यो पदको गलत फाइदा उठाउँदै युक्रेनको समर्थनमा आउने प्रस्तावहरू अघि नबढाउन सक्ने अनुमान गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनविरूद्ध युद्ध अपराधमा अन्तर्राष्ट्रिय फौजदारी अदालतले पक्राउ पुर्जीसमेत जारी गरिसकेको छ । यस्तो अवस्थामा परिषद्को नेतृत्वमाथि नै प्रश्न उठेको विश्लेषकहरू बताउँछन् ।

रसियाको समर्थकहरूले भने सन् २००३ मा परिषद्को अनुमति बिना नै अमेरिकाले इराकमाथि आक्रमण गरेको भन्दै बचाउ गरिरहेका छन् । अमेरिका परिषद्को स्थायी सदस्य हो ।

युक्रेनमाथि आक्रमण पश्चात रसियालाई सुरक्षा परिषद्को स्थायी सदस्यबाट हटाउनुपर्ने माग उठेको थियो । तर, युएन चार्टरले सजिलै स्थायी सदस्यलाई हटाउने परिकल्पना गरेको छैन । भिटोको प्रयोग गरेर रसियाले अन्य राष्ट्रको प्रस्ताव सजिलै अस्वीकार गर्न सक्छ । अझ परिषद्को स्थायी सदस्यमा चीनसमेत छ । रसियाको समर्थनमा चीन रहेकाले यस्तो दृष्य परिकल्पना बाहिर रहेको कूटनीतिज्ञ बताउँछन् ।

रसिया र युक्रेनबीच युद्ध सुरू भएको ४०० दिनभन्दा बढी भइसकेको छ । तर, युद्ध अन्त्यको पहल हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

शरणार्थी प्रकरणमा थुनछेक बहस आज दोस्रो दिन

प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै

सम्बन्धित

भारतको ओडिसामा भएको रेल दुर्घटनामा परेकाको उद्धार सकियो

मणिपुर जातीय हिंसामा मृत्यु हुनेको संख्या ९८ पुग्यो, करोडौँको सम्पत्ति नष्ट

भारतमा रेल दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या २ सय ३३ पुग्यो, ९ सय जति घाइते भएको अनुमान

अमेरिकामा पढेका जोर्डनका युवराज र साउदी युवतीबीचको विवाहको विश्वभर यसकारण चर्चा

१५ वर्षदेखि भारतीय सुरक्षा संगठनले खोजी गरिरहेका दिनेश विराटनगरमा एक वर्षदेखि ढावा चलाइरहेका थिए

गुजरातलाई हराउँदै चेन्नाई फाइनलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com