ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नवजोत सिंह सिद्धु जेलबाट रिहा


एबीसी / संवाददाता

एजेन्सी, १९ चैत । पूर्वक्रिकेटर तथा भारतीय कंग्रेसका नेता नवजोत सिंह सिद्धु जेलबाट रिहा भएका छन् । शनिबार उनी पटियाला जेलबाट रिहा भएको बिबिसी हिन्दीले जनाएको छ ।

भारतीय सर्वोच्च अदालतले उनलाई तीन दशकअघिको एउटा घटनामा एक वर्ष जेल सजाय सुनाएको थियो । उनी १० महिना जेल बसेर छुटेका हुन् । उनलाई सर्वोच्चले जेल सजाय सुनाएपछि सिद्धुले आत्मसमर्पण गरेका थिए ।

जेलबाट रिहा भएपछि उनले कंग्रेस नेता राहुल गान्धीको विषयमा टिप्पणी गरेका छन् । कंग्रेसका नेता गान्धीलाई सुरतस्थित अदालतले २ वर्ष जेल सजाय सुनाएको र लोकसभा सदस्य खारेज गरेको विषयमा टिप्पणी गरेका हुन् । “देशमा जबजब तानाशाही आएको छ । तब एउटा कान्ती पनि आएको छ । र यसपटक क्रान्तीको नाम राहुल गान्धी हो,” उनले भने, “हामी सरकारलाई हल्लाउँछौँ ।”

के थियो घटना ?
सन् १९८८ डिसेम्बर २७ का दिन पटियालाको एउटा पार्किङमा सिद्धुको ६५ वर्षीय गुरनाम सिंहसँग मारपिट भएको थियो । पछि गुरनामको मृत्यु भयो । सिद्धुलाई गैरनियतवश हत्याको आरोप लागेको थियो । त्यो बेला सिद्धुलाई जिल्ला अदालतले निर्दोष ठहर्‍याएको थियो । तर, उच्च न्यायालयले दोषी ठहर्‍याउँदै तीन वर्ष सजाय सुनाइदियो ।

सरकारको तर्फबाट मुद्दा लडेका वकिलका अनुसार उक्त दिन सिद्धु र उनका साथी रूपिन्दर सिंह संधु पटियालाको शेरनवाला गेटनजिकै गाडीमा जाँदै थिए । त्यहीँ पीडित गुरनाम सिंह र अरू दुई जना कारमा थिए । सवारी हटाउने विषयमा सिद्धु र उनका साथीको गुरनामसँग विवाद भयो । उनीहरूबीच कुटाकुट पनि भयो । यसबीच गुरनाम सिंह लडे । पछि अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भयो ।

पुलिस रेकर्डका अनुसार घटनापछि सिद्धु र उनका साथी फरार थिए । पछि मृतकका परिवारको आग्रहमा सिद्धु र उनका साथीविरूद्ध मद्दा दर्ता भयो ।

जिल्ला अदालतपछि यो मुद्दा उच्च न्यायालयमा पुगेको थियो । सन् २००६ मा सिद्धु र उनका साथीलाई ३–३ वर्षको सजाय सुनाइयो । दुवैलाई जनही एक–एक लाख जरिवाना पनि तोकियो । पछि गुरनामको मृत्युबारे डाक्टरहरूको राय स्पष्ट नभएको भन्दै यो मुद्दा सर्वोच्चमा पुर्‍याइएको थियो ।

सर्वोच्चले सन् २०१८ मा सिद्धुलाई निर्दोष सावित गरेको थियो । तर, पीडित परिवारले यसविरूद्ध फेरि अपिल गरेको थियो । यसमै अदालतले अहिले आएर सिद्धुलाई दोषी ठहर्‍याउँदै एक वर्षको सजाय सुनाएको हो ।

पहिले सिद्धुविरूद्ध यो मुद्दा चलेका बेला उनी क्रिकेटमा सक्रिय थिए । सन् १९९९ उनले क्रिकेटबाट सन्यास लिए र कमेन्टेटरको रूपमा काम थाले । उनी अमृतसरका सांसद भए र पञ्जाबमा कंग्रेसका अध्यक्ष पनि भइसकेका छन् । अहिले उनी पन्जाब कंग्रेसका वरिष्ठ नेता हुन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com