ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चापाकोट नगरपालिकाको बजेट झण्डै चालीस करोड


admin

वालिङ, १ साउन । स्याङ्जाको चापाकोट नगरपालिकाको प्रथम नगरसभाले आर्थिक वर्ष २०७४÷७५ का लागि रु ३९ करोड ९६ लाख ३१ हजार रकम विनियोजन गरेको छ ।
नगर प्रमुख शिवकुमार गिरीले प्रस्तुत गर्नुभएको बजेटमा चापाकोट नगरमा शुद्ध खानेपानी र सवारीसाधन चल्ने बाटोलाई उच्च प्राथमिकता दिइएको छ ।

चापाकोट नगरपालिकामा लोपोन्मुख अवस्थामा रहेको माझी समुदायको कला र संस्कृतिलाई समेटेर माझी होमस्टे, ९घरवास० कालीगण्डकीको धार्मिक पर्यटकीय महत्वलाई परिचित गराउन धार्मिक एवम् पर्यटकीय महोत्सवका रुपमा विकास गर्ने, कुमाल संग्रहालय निर्माण, दुनाटपरी उद्योग सञ्चालन, अगरबत्ती उद्योग सञ्चालन, दलितका लागि सशक्तिकरण कार्यक्रम तथा परम्परागत दलित समुदायका लागि नौमती बाजा संरक्षण अभियान थालनी गरिने भएको छ ।

चापाकोट उर्वरभूमि भएकाले लिची, आँप, कटहरजस्ता फलफूलको व्यासायिक खेती गर्ने र पकेट क्षेत्रको रुपमा विकास योजना छ ।

स्याङ्जाका चार सहकारी गाभिए

स्याङ्जाको पुतलीबजार नगरपालिकाका चार वटा सहकारी एक आपसमा गाभिएका छन् । जनजागृति बहुउद्देश्यीय सहकारी संस्था, कृषक उदय बंगुरपालन कृषि सहकारी संस्था, जुग्ले उपभोक्ता सहकारी संस्था र ‘सूर्योदय साकोस’ एक आपसमा गाभिएका हुन् ।

चारवटा सहकारी एक आपसमा गाभिएपछि सूर्योदय बचत तथा ऋण सहकारी संस्था लिमिटेड नामकरण गरिएको छ । सहकारी एकीकरण पश्चात् कूल चार हजार ४६१ संस्थापक सदस्य रहेका उक्त संस्थाको कूल दायित्व रु २९ करोड ९८ लाख पुगेको संस्थाका संस्थापक अध्यक्ष अनन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

डिभिजन सहकारी कार्यालयका प्रमुख परशुराम भट्टराईले सहकारी एकीकरणले सकारात्मक सन्देश दिनुकासाथै जनताको हितमा काम गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com