ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिहीबार मन्त्रिपरिषद् विस्तार, नेका–८, माके ५, रास्वपा सरकार बाहिरै


ABC NEWS

काठमाडौँ १५ चैत । सरकार विस्तारका लागि सत्तारुढ गठबन्धन दलहरूबीच सहमति जुटेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन दलहरूको म्याराथुन बैठकले मन्त्रालय बाँडफाँटको टुंगो लगाएको हो ।

बैठकमा सहभागी जसपाका नेता राजेन्द्र श्रेष्ठका अनुसार कांग्रेसलाई ८ मन्त्रालय, माओवादी केन्द्र ५, नेकपा एकीकृत समाजवादीलाई २, जसपालाई २, लोसपालाई १, नागरिक उन्मुक्तिलाई १, आमजनता पार्टीलाई १, जनमतलाई राज्यमन्त्रीसहित १ मन्त्रालय, नेसपालाई १ मन्त्रालय बाँडफाँटको सहमति जुटेको छ ।

दलहरुबीच सहमति भएससंगै बिहीबार नै मन्त्रिपरिषद्‍ विस्तार गरी मन्त्रीहरूलाई शपथग्रहण पनि गराउने तयारी भएको श्रेष्ठले जानकारी दिए ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई स्वतन्त्रसहित १० दलले विश्वासको मत दिएका थिए ।

गठबन्धन दलहरुबीच अझै पनि कुन दलले कुन कनु मन्त्रालय भन्ने टुंगो लागिनसकेको बताइएको छ । मुख्य मन्त्रालय मध्ये अर्थ, परराष्ट्र, रक्षा र स्वास्थ्य लगायतका मन्त्रालयले कांग्रेले पाउने भएको छ ।

माओवादीले भौतिक योजना मन्त्रालय नेकपा एसलाई दिएर आफूले गृहमन्त्रालय राख्ने भएको छ । लाल माओवादीका तर्फबाट प्रधानमन्त्री बाहेक , भौतिक योजना, सञ्चार, नागरिक तथा पर्यटन, सामान्य प्रशासन मन्त्री रहेका छन् । माओवादीले थप एक उर्जा मन्त्रालय पाउने छ ।

त्यसैगरी माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले दुई मन्त्रालय पाउने भएको छ। उसका उपाध्यक्ष वेदुराम भुसाल र उपमहासचिव प्रकाश ज्वाला मन्त्री हुने पक्का भएको छ।

उनीहरु दुवैको नाम बुधबार बसेको समाजवादी आकस्मिक सचिवालय बैठकले मन्त्रीका लागि सिफारिस गरिसकेको छ। समाजवादीले अझै अर्को मन्त्रालय मागे पनि अब राज्यमन्त्री पाउने सम्भावना छ।

त्यसैगरी जनता समाजवादी पार्टीबाट दुईजना मन्त्री बन्ने भएका छन्। एकजना अशोक राईको नाम पक्का भएको छ। अर्को नाम राजकिशोर यादव या प्रदीप यादवमध्ये एक हुनेछ।

त्यसैगरी मंसिरको चुनावअघि एमाले छाडेर स्वतन्त्रबाट जितेपछि आमजनता पार्टी खोलेका प्रभु साह पनि मन्त्री बन्ने भएका छन्।

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले पनि एक मन्त्रालय पाउने भएको छ। उसका शरतसिंह भण्डारी मन्त्री बन्ने निश्चित छ।

रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी पनि सरकारमा जाने भएको छ। उसले पाउने एउटा मन्त्रालयमा अध्यक्ष श्रेष्ठ आफैँ मन्त्री हुँदैछिन्।

अर्कातिर डा. सीके राउत नेतृत्वको जनमत पार्टीले एक मन्त्रालय पाएको छ। उसका समानुपातिक सांसद अब्दुल खान अहिले नै खानेपानी मन्त्रीका रुपमा कार्यरत छन्।

त्यसैगरी मंसिर ४ मा माओवादीको चुनाव चिह्न लिएर निर्वाचनमा होमिएको डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले पनि एक मन्त्रालय पाएको छ।

यो भागबन्डासँगै २२ वटा मन्त्रालयको हिसाब मिलेको छ। अब बाँकी तीनवटा मन्त्रालयमा राज्यमन्त्री नियुक्त गरेसँगै प्रचण्ड नेतृत्वको सरकारमा २५ मन्त्री पग्नेछन्।

संख्या बाँडफाँट मिलेकाले अब मन्त्रालय पनि तोकेर बिहीबार नै सबै मन्त्रीको शपथ हुने जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठलेबाएका छन्।

शुरु देखिनै सरकारमा जान मरिहत्तै गरेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई गठबन्धन दलले सरकारमा सहभागी गराउन तयार नभएपछि उसको प्रयास असफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com